अन्तर्राष्ट्रिय
-
२०७६ माघ ९, बिहिबार
अस्ट्रेलियामा अग्निनियन्त्रक बिमान दुर्घटना, चालक दलका तीन अमेरिकीको मृत्यु
अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु भएको छ । न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमानसँग स्थानीय समयअनुसार बिहीबार अपराह्न १।३० बजे सञ्चार सम्पर्क बिच्छेद भएको बताउनुभयो ।...
-
२०७६ माघ ९, बिहिबार
चीनमा कोरोना भाइरसका ५७१ संक्रमित– चीन
चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको सङ्ख्या ५७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् । बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको सङ्ख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र...
-
२०७६ माघ ८, बुधबार
बर्लिन सम्मेलनको सुरक्षा परिषदद्वारा स्वागत
जर्मनीको बर्लिनमा सम्पन्न लिबिया सम्मेलनबाट निक्लिएको निष्कर्षलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले स्वागत गरेको छ । बर्लिन सम्मेलनको निष्कर्षलाई अनुसरण गर्न आगामी दिनहरुमा थप छलफल गर्ने गत जनवरीमा परिषद्को अध्यक्षता सम्हाल्नु भएका संयुक्त राष्ट्रसंघका लागि भियतनामका राजदूत दाङ दिन्ह क्वेले बताउनु भएको छ । स्थायी युद्धविराम सहित राजनीतिक समाधानका लागि सहजीकरण गर्न तोकिएका लिबियाका लागि...
-
२०७६ माघ ७, मंगलबार
रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु
रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए । आगलागीको कारण आपराधिक हो वा...
-
२०७६ माघ ७, मंगलबार
अस्ट्रेलियामा तीस हजार घरमा विद्युत लाइन अवरुद्ध
मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ । मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो । राज्य आपतकालीन सेवा एसईएस का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए । मुख्यतया यी...
-
२०७६ माघ ६, सोमबार
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू
चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्तराज्य अमेरिकाबीच प्रविधि युद्ध जारी रहेको सङ्केत गरेको छ । क्यानडाले सन् २०१८ मा अमेरिकाको अनुरोधमा हुवावेका संस्थापककी छोरी एवं हुवावेकी मुख्य वित्तीय अधिकारी मेङ वेनझाउको गिरफ्तारीले बेइजिङलाई चकित पारेको...
-
२०७६ माघ ५, आइतबार
क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए
यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गर्नु भएको छ । यस घटनामा परी...
-
२०७६ माघ ५, आइतबार
बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय
बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघनले शाही उपाधि परित्याग गर्नुभएको औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उहाँहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो । ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन विताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गर्नुभएको थियो । शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका...
-
२०७६ माघ ३, शुक्रबार
समोआमा दादुराको माहामारी बढ्यो
दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित एक सानो देश समोआमा दादुराको प्रकोप कम नभएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । करिब दुई लाखमात्र जनसङ्ख्या रहेको यो सानो मुलुकमा केही दिनअघि देखि दादुराको प्रकोप बढेको र यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएको बताइएको थियो । यस देशमा अहिलेसम्म कम्तीमा पनि पाँच हजार ८०० दादुराका बिरामीले विभिन्न अस्पतालमा उपचार गराएका यहाँका स्वास्थ्य अधिकारीले...
-
२०७६ माघ ३, शुक्रबार
चिनियाँ राष्ट्रपति सि म्यानमार प्रस्थान
चीनका राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि शुक्रबार म्यानमार प्रस्थान गर्नुभएको छ । म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणका लागि उहाँ शुक्रबार बेइजिङबाट म्यानमार प्रस्थान गर्नुभएको हो । उहाँसँगै अन्य प्रभावशाली नेताहरु पनि भ्रमण टोलीमा सहभागी हुनुभएको छ । टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीअन्तर्गतको राजनीतिक विभागका सदस्य डिङ क्षेछिङ,...
-
२०७६ माघ २, बिहिबार
ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव सिनेटमा पठाउने प्रस्ताव पारित
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सिनेटमा पठाएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ । यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा उहाँमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुदा २२८ जनाले माथिल्लो सदनमा पठाउने...
-
२०७६ माघ २, बिहिबार
रुसी राष्ट्रपति पुटिनद्धारा नयाँ प्रधानमन्त्री नियुक्त
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा उहाँले नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो । उहाँले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नुभएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले बुधबार जनाएको छ । “भ्लादिमिर पुटिनले संघीय कर सेवा...


