STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७७ बैशाख १०, बुधबार

    कोरोना भाइरसविरुद्धको खोप मानिसमा परिक्षण गरिँदै

    काठमाडौं (एजेन्सी)– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण भएपछि यसको लागि निश्चित खोपको आविष्कार भएकै छैन । चिकित्सकले यसको संक्रमण देखिएका लक्षणअनुसार उपचार गरिरहेका छन् । विश्वकै वैज्ञानिकहरु कोरोनाविरुद्धको खोप आविष्कारमा जुटिरहेका छन् । यसैक्रममा बेलायतमा यसविरुद्धको खोपको परिक्षण मानिसमा गरिनेभएको छ । अक्सफोर्ड विश्वविद्यालयमा भोलि बिहीबारदेखि उक्त परीक्षण हुन लागेको हो...

  • २०७६ चैत्र २९, शनिबार

    हतारमा लकडटाउन नहटाऔं : विश्व स्वास्थ्य संगठन

    काठमाडौं (एजेन्सी) – विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमण रोक्न विश्वभरि चलाइरहेको लकडाउनलाई हतारमा नहटाउन आह्वान गरेको छ । हतार गरी हटाइएमा यसले मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी पनि संगठनले दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भएको बताएका छन् । जेनेभामा एक पत्रकार सम्मलेन आयोजना गरी...

  • २०७६ चैत्र २९, शनिबार

    विश्वभरी कोरोनाबाट मृत्यु हुने १ लाख नाघे, इटलीमा लकडाउन लम्ब्याइयो

    एजेन्सी – विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ । शुक्रबार साँझसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख १ हजार ५ सय २६ पुगेको छ । त्यस्तै संक्रमित हुनेहरुको संख्या १६ लाख ७५ हजार ७ सय ६७ पुगेको छ । शुक्रबार सबैभन्दा बढी अमेरिकामा १ हजार ३ सय १८ जनाको ज्यान गएको छ भने योे सहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ९ पुगेको छ ।...

  • २०७६ चैत्र २७, बिहिबार

    कोभिड–१९’ बाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङ्क्रमित

    कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो । कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य । देश मृतक सङ्क्रमित निको...

  • २०७६ चैत्र २६, बुधबार

    कोराना संक्रमणः अमेरिकामा एकै दिन एक हजार ९०० सयको मृत्यु

    न्यूयोर्क, २६ चैत विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म १२ हजार ८५७ जनाको ज्यान गइसकेको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा कूल ४ लाख मानिस संक्रमित भएको भेटिएको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित...

  • २०७६ चैत्र २६, बुधबार

    उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड

    साम म्याकनिल उहान, चीन, २६ चैत (रासस–एपी) –– कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक हुनुहुन्थ्यो । “म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइनँ,” भावुक मुद्रामा झेङकुनले बताउनुभयो । शहरको मध्यभागबाट बग्ने विशाल याङ्जी नदीको पुलबाट शहरको...

  • २०७६ चैत्र २१, शुक्रबार

    हजारौँ मानिसले गम्भीर असर भोगिरहेकोप्रति एम्नेस्टीको ध्यानाकर्षण

    एम्नेस्टी इन्टरनेशनल नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सीमानाका बन्दका कारण हजारौँ मानिसले गम्भीर असर भोगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । एम्नेष्टीले जारी गरेको प्रेस विज्ञप्तिमा आप्रवासी श्रमिकहरू आफूले काम गरिरहेको मुलुकमा अपलत्र परिरहेका र नेपालमा गरिबीको अवस्थामा रहेका जनताले आफ्ना आधारभूत आवश्यकता परिपूर्ति गर्न सङ्घर्ष गरिरहेको उल्लेख छ ।...

  • २०७६ चैत्र २१, शुक्रबार

    कोरोनाभाइरसबाट निको भएकी महिलाः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

    लाउरान नीगार्ड र मार्शल रिजेल न्यूयोर्क, २१ चैत (रासस–एपी) – कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रच्नुभयो । उहाँले अन्य गम्भीर बिरामीहरूको उपचारमा सहयोग पु–याउन आफ्नो रगत दान गर्नु भएको छ । पिन्क्नीले...

  • २०७६ चैत्र २१, शुक्रबार

    भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को मृत्यु

     भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८ अस्पतालमा उपचाररत रहेका छन् भारतको महाराष्ट्रबाट ३३५ व्यक्ति सङ्क्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ । त्यसैगरी तामिल नाडुका ३०९ व्यक्ति सङ्क्रमित...

  • २०७६ चैत्र १९, बुधबार

    ‘कोभिड–१९’बाट विश्वमा ४२ हजार ३४४ को मृत्यु र आठ लाख ६० हजार १६६ सङक्रमि

    १९ चैत (रासस÷एपी)ः कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही...

  • २०७६ चैत्र १९, बुधबार

    महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका

    विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुईजस्तै अनवरत मेशिनको लयमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका थिए र विश्वलाई...

  • २०७६ चैत्र १७, सोमबार

    कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या

    बर्लिन, १७ चैत (रासस–एपी) –– जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गर्नु भएको छ । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो । थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्य समेत हुनुुहुन्थ्यो । कोरोनाभाइरसबाट...

Pages