अन्तर्राष्ट्रिय
-
२०७६ पौष १, मंगलबार
खानीमा विस्फोट चौधको मृत्यु
चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन् । मङ्गलबार बिहानको समयमा भएको यस विस्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका...
-
२०७६ मङ्सिर २९, आइतबार
चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित
चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो । चीनले अमेरिकाका केही सामानको आयातमा १० प्रतिशत र ५ प्रतिशतको करवृद्धि गर्ने योजना हाललाई स्थगित गरेको छ, र “अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप करवृद्धि स्थगित गरिएको छ,”...
-
२०७६ मङ्सिर २९, आइतबार
दक्षिण फिलिपिन्समा ६।८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६।८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् । अमेरिकी भौगर्भिक सर्भेले सुनामीको खतरा भने...
-
२०७६ मङ्सिर २७, शुक्रबार
सडक दुर्घटनामा तेह्रको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । बताइएअनुसार यसरी ती दुई सवारी साधन ठोक्किँदा आगलागी भएको थियो । सो दुर्घटनामा परी तेह्र जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।...
-
२०७६ मङ्सिर २७, शुक्रबार
बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गर्नुभएको छ । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ ९ ईयू०बाट बाहिर निकाल्न “शक्तिशाली नयाँ जनादेश” प्राप्त भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले अब तोकिएकै मिति अर्थात् आगामी जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिन्छ र कुनै “हुन्छ, हुन्न” भन्ने द्विविधा...
-
२०७६ मङ्सिर २६, बिहिबार
श्रीलङ्काले डेङ्गु प्रतिरोधी ब्याक्टेरिया‘वोल्बाचिया’ को प्रयोग गर्दै
श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मुल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, “सरकारले अब डेङ्गुको सङ्क्रमणलाई रोक्न विशेष प्रकारको ब्याक्टेरियाको प्रयोग तथा परीक्षण गर्न लागेको छ ।” मन्त्रालयका उप–महानिर्देशक पावा पालिहवादानले भन्नुभयो, “डेङ्गु सङ्क्रमणलाई रोक्न ‘वोल्बाचिया’ नामक...
-
२०७६ मङ्सिर २६, बिहिबार
बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु
बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीलाई भन्नुभयो, “एक...
-
२०७६ मङ्सिर २५, बुधबार
पाकिस्तान–श्रीलंका टेस्ट क्रिकेट, कडा सुरक्षा व्यवस्था
श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा साङ्घातिक हमला भएयता श्रीलंकाली टोली पहिलो पटक टेस्ट खेल्न पाकिस्तान गएको हो । श्रीलंकाली टोलीले यस पटक रावलपिन्डी र कराँचीमा दुई टेस्ट खेल्दैछ । श्रीलंकाली टोलीको यस भ्रमणबाट अन्य मुलुकलाई पनि पाकिस्तान भ्रमणमा निम्त्याउन...
-
२०७६ मङ्सिर २४, मंगलबार
चिलीमा सैनिक बेपत्ता, खोजी तथा उद्धारमा राष्ट्रपति पनि सहभागी
चालक दलका सदस्य सहित ३८ जना सवार चिलीको सैनिक बिमानसँग सोमबार “रेडियो सञ्चार” सम्पर्क विच्छेद भएको सेनाले जनाएको छ । चिलीको वायुसेनाका अनुसार “अन्टार्कटिका हवाई अखडा”का लागि चिलीको दक्षिणी क्षेत्रबाट उडान भरेको केही क्षणमै बिमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । यसमा सवार व्यक्तिमध्ये १७ जना चालक दलका सदस्य र अन्य २१ यात्रु थिए । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले “निराशा” मिश्रित एक...
-
२०७६ मङ्सिर २३, सोमबार
दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज
एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी ९मिस युनिभर्स०को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जित्नु भएको छ । पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न...
-
२०७६ मङ्सिर २२, आइतबार
नयाँ दिल्लीमा भिषण आगलागीः कम्तीमा ४३ जनाको मृत्यु
केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ । “घटनास्थलबाट हामीले कम्तीमा ५० जनालाई...
-
२०७६ मङ्सिर २०, शुक्रबार
अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु
अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए । त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकजना कर्मचारी मारिएका छन् । त्यस लगत्तै उनीहरुले अपहरण गरी लगेका...


