STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ मङ्सिर २०, शुक्रबार

    चार सन्दिग्ध अपराधी “प्रहरी इन्काउन्टर’ मा मारिए

     दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरू “प्रहरी इन्काउन्टर”मा मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक हप्तासम्म हिरासतमा रहेका ती सदिग्ध आरोपी व्यक्तिहरु शुक्रवार बिहान दक्षिणी भारतीय शहर हैदराबादमा भाग्न खोज्दा गोली हानिएको प्रहरीले जानकारी दिएको छ । ती सदिग्ध आरोपीहरु सुरक्षा अधिकारीबाट हतियार लिन खोज्दा सुरक्षाबलले...

  • २०७६ मङ्सिर १९, बिहिबार

    पोल्याण्डमा ग्यास विस्फोट, चारको मृत्यु

    पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ । यस विस्फोटपछि करिब १ सय अग्निनियन्त्रकहरु बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि परिचालन गरिएका थिए । विस्फोट भएको यस घरमा आठ व्यक्ति...

  • २०७६ मङ्सिर १९, बिहिबार

    मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु

    अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ । गाम्बियाबाट एक साताअघि हिँडेको उक्त डुङ्गामा कम्तीमा १५० जना यात्रु रहेको अनुमान गरिएको छ । यस डुङ्गामा महिला र बालबालिका पनि सवार थिए । यो डुङ्गा मौरिटानियाको तटीय इलाका केनरी द्वीपतर्फ आवश्यक इन्धन र खाद्यान्नका लागि आउँदै गरेको अवस्थामा...

  • २०७६ मङ्सिर १८, बुधबार

    फिलिपिन्समा कामुरी आँधीबाट ११ जनाको मृत्यु

     फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् । फिलिपिन्सको मौसम विज्ञान विभाग ९पागासा० का अनुसार स्थानीय समयानुसार बुधबार बिहान ४ बजे कामुरी आँधी दक्षिणपश्चिम समुद्रबाट २० किलोमिटर प्रति घण्टाका दरले दक्षिण चीन सागरतर्फ सरेको छ । यो शक्तिशाली...

  • २०७६ मङ्सिर १७, मंगलबार

    भारतमा बलात्कारीलाई कठोर सजाय माग

     भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । भारतको संसदमा बोल्दै मङ्गलबार सांसदहरुले ती व्यक्तिलाई सार्वजनिक स्थलमा राखेर मार्नुपर्ने बताएका हुन् । भारतीय सासंद जया बच्चनले संसद्मा बोल्दै सो धारणा राख्नुभएको हो । सामूहिक बलात्कार र हत्याको विभिन्न राजनीतिक दलका अन्य कैयौँ सांसदहरूले निन्दा गर्नुभएको छ । हराइरहेकी ती पशु...

  • २०७६ मङ्सिर १६, सोमबार

    भारी वर्षापछि भत्किएको संरचनाको कारण सत्रको मृत्यु

    भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ । मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी...

  • २०७६ मङ्सिर १६, सोमबार

    हेलिकप्टर दुर्घटनामा तीनको मृत्यु

    अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो । एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ । सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा...

  • २०७६ मङ्सिर १५, आइतबार

    अमेरिकाको डकोटामा बिमान दुर्घटना, नौ जनाको मृत्यु

    संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् । मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन् । एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    जापानमा भूकम्प

    टोकियो, १३ मङ्सिर राससरसिन्ह्वा स् जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५।५ म्याग्नीच्युडको भूकम्प गएको छ । यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । यस...

  • २०७६ मङ्सिर १२, बिहिबार

    अल्बानियामा भूकम्प पीडितको उद्धार जारी, ३५ जनाको मृत्यु भएको पुष्टी

     पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको उद्धारकर्मीहरुले बताएका छन् । अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म भूकम्पका कारण ३५ जनाको मृत्यु भइसकेको जनाएको छ । अझै पनि हराइरहेका व्यक्तिको खोज तथा उद्धारको कार्य जारी रहेको छ । मङ्गलबार बिहान अल्बानियालाई केन्द्र बनाएर ६।३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।...

  • २०७६ मङ्सिर १२, बिहिबार

    अमेरिकामा पेट्रोलियमको आयात, निर्यात बढ्यो

    अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ । केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको थियो । यो अघिल्लो साताको तुलनामा प्रतिदिन २ लाख १७ हजार ब्यारेल बढी हो । साप्ताहिक पेट्रोलियम स्थिति प्रतिवेदनका अनुसार गत साता दैनिक सरदर ३४ लाख ८० हजार ब्यारेल तेल निर्यात भएको थियो । यो अघिल्लो साताको तुलनामा दैनिक...

  • २०७६ मङ्सिर ११, बुधबार

    बग्दादमा तीन बम विस्फोट ः ६ को मृत्यु, १७ घाइते

    इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन् । “हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्,” एक प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा भने । बग्दादमा मङ्गबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले...

Pages