STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ माघ १, बुधबार

    पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते

    पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । उनीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ । प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र...

  • २०७६ पौष २९, मंगलबार

    विद्यालयमा पसेर तीन शिक्षकको हत्या, एकको अपहरण

     पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतङ्क जारी राखेको समूह अल सबाबले उक्त विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको हत्या गरेको र अर्का एकजनालाई अपहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केन्यामा सो समूहले विगतदेखि नै आतङ्ककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले यहाँका...

  • २०७६ पौष २९, मंगलबार

    लिबियामा युद्धविराम गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

    फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानका लागि आवश्यक वातावरण निर्माण गर्न र युद्धविरामका लागि लिबियाको संकटका सबै पक्षलाई तयार पार्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको बताइएको छ । लिबियामा बढ्दै गइरहेको संकटका बारेमा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले...

  • २०७६ पौष २८, सोमबार

    स्पेनका प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद् विस्तार

    स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रीपरिषद्का सदस्यहरुको नामावली सार्वजनिक गर्नुभएको छ । आइतबार सार्वजनिक गरिएका २२ मन्त्रीहरु मध्ये ११ जना महिला र ११ जना पुरुष रहेको समाचारमा जनाइएको छ । उहाँले आफू नेतृत्वको गठबन्धन सरकारले बहुपक्षीय सुझाव सल्लाहलाई आधार मानेर स्पष्ट मार्गमा हिड्ने बताउनु भएको छ । प्रथम उपाध्यक्षमा कार्मेन काल्भो, गृहमन्त्रीमा फेर्नान्डो ग्रानड मार्लास्का र अर्थ...

  • २०७६ पौष २८, सोमबार

    सिरियाको इद्लिबमा हवाई आक्रमण जारी, सात जनाको मृत्यु

    सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध सेनाले हवाइ आक्रमण गरेको स जनाइएको छ । सो आक्रमणमा परी कम्तीमा सात जना सर्वसाधारण मारिएका सोमबार बिहान प्राप्त समाचारमा जनाइएको छ । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् । ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले उक्त इद्लिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको...

  • २०७६ पौष २७, आइतबार

    ओमनका सुल्तानको निधनप्रति गुटेर्रेसको समवेदना

    ओमनका सुल्तानको निधनप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो समवेदना व्यक्त गर्नु भएको संयुक्त राष्ट्रसंघका प्रवक्ताले शनिबार जानकारी दिनु भएको छ । ‘ओमनका सुल्तान काबोस बिनको मृत्यु भएकोमा गहिरो शोक व्यक्त गर्दछौं,” गुटर्रेसका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्तिमार्फत बताउनु भएको छ । सुल्तानको नेतृत्व बारे प्रकाश पार्दै उहाँले सुल्तानले ५० वर्ष ओमनको नेतृत्व गर्दा...

  • २०७६ पौष २७, आइतबार

    लेबनानमा नयाँ प्रधानमन्त्री विरुद्ध हजारौँको प्रदर्शन

    लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ । प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरुले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उहाँ प्रधानमन्त्री भएकाले उहाँलाई अस्विकार गरिएको उनीहरुको भनाई छ । अहिलेको सरकारले पनि देशको आर्थिक...

  • २०७६ पौष २७, आइतबार

    तनावको ’समाधान’ मात्र सहमति कतारी अमीर

    क्षेत्रीय द्वन्द्वलाई कम गर्नु नै एकमात्र समाधान रहेको ठहर कतार र इरानका अधिकारीहरूले गरेका छन् । अमेरिका–इरानबीचको द्वन्द्व कसिलो बन्दै गर्दा कतारी अमीर शेख तमीम बिन हमद अल–थानीले तेहरान भ्रमण गरी इरानका राष्ट्रपति हसन रौहानीलाई भेट गरेपछि अल–थानीले सञ्चारकर्मीसँग आइतबार उक्त कुरा बताउनुभएको हो । उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो भ्रमण मध्यपूर्वमा देखिएको सङ्कटबीच भएको र मेरा इरानी...

  • २०७६ पौष २४, बिहिबार

    ट्रम्पद्धारा संकटकालको घोषणा

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गर्नुभएको छ । अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गर्नुभएको हो । उहाँले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन समेत आदेशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावितस्थलमा सवै प्रकारका राहत,...

  • २०७६ पौष २४, बिहिबार

    अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

    अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताउनु भएको छ । संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ । अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा...

  • २०७६ पौष २३, बुधबार

    इरानमा विमान दुर्घटनामा परेका सबैको मृत्यु

    इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । यस विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य रहेका थिए । ती सबै जनाको मृत्यु भएको अधिकारीले पुष्टी गरेका छन् । इस्लामिक रिपब्लीक न्युज एजेन्सीले विमानस्थलका प्रवक्ता अलि कसानीलाई उद्धृत गर्दै उनीहरु...

  • २०७६ पौष २३, बुधबार

    अमेरिकी सैन्य आधार शिविरमा इरानद्धारा क्षेप्यास्त्र आक्रमण

    इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी र इरानी दुवै तर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण भने आउन बाँकी रहेको जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । “इरानी पक्षले इराकस्थीत कम्तीमा पनि...

Pages