STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ भाद्र २७, शुक्रबार

    ठगीको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ

    फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ । अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरु मनिलास्थित चिनियाँ...

  • २०७६ भाद्र २७, शुक्रबार

    अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

    अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ । जापानको निक्की २२५ मा १।१ प्रतिशतले वृद्धि भई २१,९८९।२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०।६ प्रतिशत वृद्धि भई २७,२६२।८० विन्दुमा पुगेको छ । सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९।२० विन्दुमा पुगेको छ । शाङ्घाई, ताइवान र दक्षिण कोरियाको शेयर बजारमा भने विदाका कारण...

  • २०७६ भाद्र २६, बिहिबार

    स्वास्थ्य जोखिम बढेपछि अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

    संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट विद्युतीय चुरोटको सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् । सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला...

  • २०७६ भाद्र २५, बुधबार

    भक्तपुरमा डेङ्गुको उच्च जोखिम

    देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिनुभयो । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको...

  • २०७६ भाद्र २५, बुधबार

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन बर्खास्त

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मङ्गलबार पदबाट बर्खास्त गर्नुभएको छ । अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याई छ । बोल्टनका नीतिसँग आफू असहमत रहेको भनाई राख्दै राष्ट्रपति ट्रम्पले ट्वीटमा भन्नुभएको छ, “मैले जोनलाई राजिनामा दिन भनेको थिएँ, उहाँले...

  • २०७६ भाद्र २५, बुधबार

    दक्षिण अफ्रिकामा हिंसा, ७५५ विदेशीलाई सुरक्षित स्थलमा राखियो

    दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ । पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न शहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भडकिएको छ । विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका थिए । रक्षामन्त्री नोसिभिवे मापिसाले राजधानी...

  • २०७६ भाद्र २४, मंगलबार

    उत्तर कोरियाद्वारा हतियार परीक्षण

    उत्तर कोरियाले मंगलबार दुई वटा साना क्षेप्यास्त्र पूर्वी कोरियाली द्वीपमा परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । संयुक्तराज्य अमेरिकासँग वार्ताका लागि आह्वान गरेको केही घण्टा नतिब्दै उत्तरले नयाँ हतियार समुद्री तटतर्फ प्रहार गरेको हो । उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्धहरु कम्तीमा आंशिक फुकुवा हुनुपर्ने आग्रह अमेरिकासमक्ष राख्दै आएको छ । प्रतिबन्धहरु फुकुवा गर्नेतर्फ कुनै कदम नचालिए...

  • २०७६ भाद्र २४, मंगलबार

    तालिबानसँग वार्ताको औचित्य छैन– ट्रम्प

    संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताउनु भएको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अब वार्ताको तत्काल सम्भावना छैन भन्नुभयो । संयुक्तराज्य अमेरिका र तालिबानबीचको वार्ता सम्झौतानजिक पुगेका खबरहरु दुबैतर्फबाट सार्वजनिक भइरहेका थिए । तर गत साता काबुलमा अमेरिकी दूतावासनजिकै भएको कारबम...

  • २०७६ भाद्र २३, सोमबार

    हवाई आक्रमणमा परी १८ जनाको मृत्यु

    पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ । इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका...

  • २०७६ भाद्र २३, सोमबार

    राफेल नाडाललाई युएस ओपनको उपाधि

    यसवर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औं ग्रान्डस्लाम उपाधि हो । नाडालले रुसका डानील मेडभेडेभलाई संघर्षपूर्ण ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए । नाडालले अन्तिम सेटमा नाटकीय रुपमा विजय हासिल गरेका थिए । तेत्तीस वर्षीय बायाँहाते खेलाडी नाडाल अर्का स्टार खेलाडी रोजर फेडेररसँगै ग्रान्डस्लामको उपाधि होडमा छन् । फेडररले २० वटा ग्रान्डस्लाम...

  • २०७६ भाद्र २२, आइतबार

    चीनको सिचुवानमा भूकम्पः एकको मृत्यु, २९ घाइते

    चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ६।४२ बजे आएको उक्त भूकम्प ५।४ म्याग्नीच्युडको रहेको थियो । भूकम्पका कारण कम्तीमा...

  • २०७६ भाद्र २२, आइतबार

    अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द”

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताउनुभएको छ । शनिबार ट्वीट गर्दै उहाँले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन...

Pages