STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ भाद्र २२, आइतबार

    चीनको अमेरिकासँगको व्यापार खुम्चियो

    संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ करवृद्धिका कारण अगस्ट महिनामा अमेरिकाबाट करिब १० अर्ब डलर बराबरको सामान मात्र आयात भएको छ । चिनियाँ भन्सारका अनुसार संयुक्तराज्य...

  • २०७६ भाद्र २२, आइतबार

    जापानका पूर्व महारानीलाई स्तन क्यान्सर, शल्यक्रिया गर्ने तयारी

    जापानका पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ । आइतबार ८४ बर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रुपमा राज्यसत्ता त्याग गर्नुभएको थियो । विश्वमा विगत झण्डै २०० वर्षको राजतन्त्रको इतिहासमा जीवित रहेका राजाले स्वेच्छाले राजकाज त्याग गरेको पहिलो घटना...

  • २०७६ भाद्र २१, शनिबार

    डोरियन आँधीबाट बहमासमा ४३ को मृत्यु

    संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको छ । उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छा्डेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार नै बहमास द्वीपका जनताका...

  • २०७६ भाद्र २१, शनिबार

    भारतको चन्द्रयान २ सम्पर्कबिहीन

    चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु¥याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ । सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ इसरोका प्रमुख के। सिभनले बताउनुभयो । उहाँले शनिबार दिएको जानकारी अनुसार शुक्रबारराति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान—२ को...

  • २०७६ भाद्र २०, शुक्रबार

    जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन

    जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित हुनु भएको थियो । उहाँले करिब चार दशक देशमा शासन गर्नु भएको थियो । केही समयदेखि बिरामी अवस्थामा रहनु भएका उहाँको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उहाँका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका छन् । सन्...

  • २०७६ भाद्र २०, शुक्रबार

    चीनमा ४० लाख नर्स

    चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई छ । पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो भने सन् २०१८ को अन्त्यसम्ममा ४० लाख पुगेको छ । आयोगद्वारा शुक्रबार बेइजिङमा...

  • २०७६ भाद्र १९, बिहिबार

    चीनमा पहिरो नौ जना बेपत्ता

    दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन् । भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सुचना विभाग जनाएको छ । यस पहिरोमा फसेकाहरुको उद्धारकार्य जारी रहेको बताइएको छ ।

  • २०७६ भाद्र १९, बिहिबार

    पटाका कारखाना विस्फोट २२ को मृत्यु

    भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो । पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय...

  • २०७६ भाद्र १८, बुधबार

    पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारती प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ । रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी आर्थिक मञ्च ९इस्टर्न एकोनमिक फोरम० को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी हाल रुस पुग्नुभएको छ । रुसको आयोजनामा सन् २०१५ देखि...

  • २०७६ भाद्र १८, बुधबार

    न्युजिल्याण्डमा बस दुर्घटनामा छ जना चिनियाँ पर्यटकको मृत्यु

    न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ । न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले सो दुर्घटना भएको र त्यसमा परी छ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् । चिनियाँ पर्यटक चढेको यो बस चीनको सिचुआन प्रान्तको पर्यटक समूहसँग आवद्ध भएको चिनियाँ राजदूतावासले दिएको जानकारीमा...

  • २०७६ भाद्र १७, मंगलबार

    डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु

    दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय...

  • २०७६ भाद्र १७, मंगलबार

    “भर्चुअल” मुद्रा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

    मध्य अफ्रिकी मुलुक बुरुन्डीको केन्द्रीय बैंकले नागरिकलाई भर्चुअल मुद्रा प्रयोग नगर्न चेतावनी दिएको छ । बैंकले यस्तो मुद्राको कारोबार अवैध हुने जनाएको छ । बुरुन्डीका गभर्नर जाँ सिजाले एक वक्तव्य प्रकाशन गरी यस्तो मुद्रालाई सरकार वा बुरुन्डीको केन्द्रीय बैंकले मान्यता नदिएको जनाउनुभएको छ । “कुनै पनि निकाय वा वित्तीय संस्थालाई विप्रेषण कारोबार वा अरु कुनै किसिमको भुक्तानी गर्दा यस्तो मुद्रामा गर्न...

Pages