उपत्यका
-
२०७७ भाद्र २२, सोमबार
सम्पदा अभियन्ताहरुकाे रिहाइ माग्दै नागबहालमा जनप्रदर्शन
काठमाडौं – रातो मछिन्द्रनाथको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेका सम्पदा अभियन्ताहरुको रिहाइको लागि टोल–टोलमा जनस्तरबाट दबाबमूलक प्रदर्शनहरु हुने क्रम यथावत छ । यसैक्रममा ललितपुरको नागबहालमा पनि स्थानीयले सम्पदा अभियन्ताहरुको रिहाइ माग्दै प्रदर्शन गरेका छन् । यसअघि शंखधर चोक थिमि, हरिसिद्धि ललितपुरमा जनप्रदर्शन भइसकेका थिए भने अहिले ललितपुरको खोकनामा प्रदर्शन जारी छ ।
-
२०७७ भाद्र २२, सोमबार
पुल्चोक घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ : गुथि विधयेकविरुद्ध एकीकृत आन्दोलन
काठमाडौं – रातो मछिन्द्रनाथ बुंगद्यःको रथयात्रा सम्पन्न गर्ने गराउने सम्बन्धमा हालै ललितपुरको पुल्चोकमा भएको अप्रिय घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने गुथि विधयेकविरुद्ध एकीकृत आन्दोलनले जनाएको छ । सोमबार जारी गरिएकाे गुथिका संयोजक डा. महेशमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा मूलतः राज्य, स्थानीय प्रशासन तथा गुठी संस्थानको अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण उक्त घटना घटेको उल्लेख छ ।...
-
२०७७ भाद्र २२, सोमबार
पक्रिएकालाई छोड्न गृहमन्त्रीलाई पनि भनिसक्यौं : मल्ल के सुन्दर
काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा पक्राउ परेकालाई विनाशर्त रिहा गर्न गृहमन्त्रीसमक्ष माग राखिसकेको नेवार अगुवा मल्ल के. सुन्दरले बताउनुभएको छ । जनजातिखबरका प्रतिनिधिसँग कुराकानी गर्नुहुँदै सुन्दरले उक्त कुरा बताउनुभएको हो । मल्ल के. सुन्दरले यस सन्दर्भमा अन्य नेवार अगुवा, सांसद्, जनप्रतिनिधि एवं नेपालभाषा मंकाः खलःलगायतका संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल भइरहेको र पक्राउ परेकाको...
-
२०७७ भाद्र २२, सोमबार
रातो मछिन्द्रनाथलाई बुंगमति लगिने साइत भदौ २९ गते
काठमाडौं – कोरोनाको कारण लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथको जात्रा सांकेतिक रथयात्रा पछि अब समाप्त हुने साइत पनि जुरेको छ । रथयात्रा पछि रातो मछिन्द्रनाथलाई बुंगमति लगिनुपर्नेमा ज्योतिषहरुले सोमबार बुंगमति लाने साइत भदौको २९ गतेलाई जुराएको बुंगःद्यः जात्रा व्यवस्थापन समितिका संयोजक एवं ज्यापु समाज ललितपुरका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभएको छ । महर्जनले दिनुभएको जानकारी अनुसार...
-
२०७७ भाद्र २२, सोमबार
रिहाइ माग्दै सिडिओ कार्यालय पुगेकालाई प्रहरीले रोके, साँझ खोकनामा मसाल जुलुस
काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाको रिहाइको माग गर्दै सोमबार ललितपुर जिल्ला प्रशासन कार्यालय (सिडिओ) घेराउ गर्न गएका स्थानीयको समूहलाई प्रहरीले रोकेको छ । बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बस्ने मनशायले जम्मा भएका स्थानीय युवाहरुलाई प्रहरीले रोकेपछि उनीहरु प्रशासनविरुद्ध नाराबाजी गरेर फर्केका थिए । साथै, पक्राउ परेका सम्पदा अभियन्ताहरुको रिहाइको माग...
-
२०७७ भाद्र २२, सोमबार
नेवार अभियन्ताहरुलाई रिहा गर्न संघीय गठबन्धनको माग
काठमाडौं – मच्छिन्द्रनाथको रथयात्राको क्रममा पक्राउ गरिएका नेवार अभियन्ताहरुलाई तुरुन्त रिहा गर्न पहिचानमा आधारित संघीय गठबन्धन २०६५ ले माग गरेको छ । आज भदौ २२ गते सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गत भदौ १८ गते ललितपुरको पाटन पुल्चोकमा नेवार समुदायको परम्परागत मछिन्द्रनाथको रथयात्रा गर्ने क्रममा नेवार अभियन्ताहरु असोज महर्जन, यादवलाल कायस्थ, महेश बज्राचार्य, पृथबिन्दु महर्जन, रवि शाक्य, रविन...
-
२०७७ भाद्र २२, सोमबार
चौतर्फी दबाबपछि थप सातजना सम्पदा अभियन्तालाई सरकारले रिहा गर्यो
काठमाडौं– रातो मछिन्द्रनाथ रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुमध्ये थप सातजनालाई सरकारले सोमबार साँझ रिहा गरेको छ । रिहा हुनेहरुमा ललितपुरका महेश वज्राचार्य, पृथविन्दु महर्जन, सुविन शाक्य, रवि शाक्य धु्रवराज वज्राचार्य र थिमिका श्यामकुमार श्रेष्ठ र निराज वादे रहेका छन् । पक्राउ परेका अभियन्ताहरुको रिहाइको लागि चौतर्फी दबाब बढ्न थालेपछि सरकारले केहीलाई आज रिहा गरेको हो । उनीहरुको रिहाइको...
-
२०७७ भाद्र २१, आइतबार
आज रातो मछिन्द्रनाथको रथ तानिने
काठमाडौं – सुरक्षा मापदण्ड अपनाउँदै रातो मछिन्द्रनाथको रथलाई आज तानिने भएको छ । गत बिहीबार केही मिटर तानिएपछि झडप भएपछि पुल्चोकको बीच बाटोमै रथ रहेको थियो । त्यहींबाट सुरु गरेर आज सोह्रखुट्टे पाटीसम्म रथ तानिने भएको छ । ललितपुरबासीले आज आइतबार छ्वयलाभू र सोमबार भुज्या गर्नेछन् । यसअघि रथ जता पुग्यो त्यस स्थानका बासिन्दाले छ्वय्लाभू र भुज्या मनाइने गर्दथ्यो । सोमबार नै साइत निकालेर मछिन्द्रनाथलाई...
-
२०७७ भाद्र २१, आइतबार
आज यसरी तानिन्दैछ रातो मछिन्द्रनाथको रथ
काठमाडौं – कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले जारी गरेको निषेधाज्ञा र लकडाउनले प्रभावित रातो मछिन्द्रनाथको जात्राको क्रममा आज सांकेतिक रुपमा रथयात्रा गरिँदैछ । त्यसको लागि आज (आइतबार) दिउँसो ३ बजे पाटनको गाःबहालमा भक्तजनहरु जम्मा हुने र रथ तान्नको लागि १६० जनाको समूह हुने जनाइएको छ । रथ तान्नको लागि गाःबहाः जात्रा व्यवस्थापन समिति, वछुत्वाः नुगः जात्रा व्यवस्थापन समिति, लगनखेलको बुंगःद्यः...
-
२०७७ भाद्र २१, आइतबार
रातो मछिन्द्रनाथको रथयात्रा 'लाइभ' हेर्नुहोस्
काठमाडौं – लामो समयदेखि हुन नसकेको रातो मछिन्द्रनाथको जात्रा आज सांकेतिक रुपमा रथयात्रा हुँदैछ । पुल्चोकमा रहेको रथलाई आज सोह्रखुट्टेपाटीसम्म तानेर सांकेतिक रुपमा रथयात्रा गरिँदैछ । रथयात्राको प्रत्यक्ष प्रशारणको लागि तलको लिंकमा क्लिक गर्नुहोला । रातो मछिन्द्रनाथको रथयात्रा 'लाइभ' हेर्नुहोस्
-
२०७७ भाद्र २१, आइतबार
राताे मछिन्द्रनाथकाे सांकेतिक रथयात्रा सम्पन्न
काठमाडौं – कोरोना महामारीबाट अलपत्रमा रहेको रातो मछिन्द्रनाथको रथयात्रा सांकेतिकरुपमै भए पनि सम्पन्न गरिएको छ । कोरोना महामारीको कारण जारी निषेधाज्ञा र लकडाउनको कारण लामो समयदेखि हुन नसकको रथयात्रा आज सांकेतिक रुपमा सम्पन्न गरिएको छ । पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई सोह्रखुट्टे पाटीसम्म तानिएपश्चात यात्रा सम्पन्न गरिएको हो । रथयात्रा पछि अब पानेजुहरुसँग छलफल गरेर केही दिनपछि...
-
२०७७ भाद्र २१, आइतबार
नेपाः च्यानलका संचारकर्मीको तत्काल रिहाइको माग
काठमाडौं – डेल्टा मल्टिमिडिया प्रोडक्सनद्वारा प्रबद्र्धित नेपाः च्यानल टेलिभिजनमा आबद्ध संचारकर्मी क्यामरापर्सन अमन महर्जनको गिरफ्तारीलाई लिएर डेल्टा मल्टिमिडियाले ध्यानकर्षणसहित निःशर्त रिहाइको माग गरेको छ । डेल्टा मल्टिमिडिया, नेपाः च्यानलका अध्यक्ष भाइकाजी महर्जन नयनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संचारकर्मी महर्जनको रिहाइको माग गरेका छन् । गत शुक्रबार ललितपुरबाट गिरफ्तार भएका महर्जन...


