STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ आषाढ १९, शुक्रबार

    जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बन्यो ललितपुरको वडा

    विजयरत्न असंबरे ललितपुर महानगरपालिका– ३ वडा जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बनेको छ । ढल सफा गर्न उच्च प्रविधियुक्त जेट मेसिन सञ्चालनमा ल्याइए पछी ललितपुरको वडा नं ३ जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बनेको हो । वडाले चालू आर्थिक वर्षको बजेटबाट ७७ लाख तिरेर सो जेट मेसिन खरिद गरिएको वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो । जेट मेशिन बहुप्रयोजनको लागि उपयोगी रहेको छ ।...

  • २०७७ आषाढ १८, बिहिबार

    टुटल र पठाओले आफ्नो सेवा सुरु गरे

    काठमाडाैं - काेराेना महामारी र जारी लकडाउनका कारण बन्द रहेको टुटल र पठाओले अब आफ्नो सेवा सुरु गरेका छन्। सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राहकलाई सेवा दिन मात्र सेवा सुरु गरिएको जनाइएकाे  छ । महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन नलिई सेवा शुल्क घटाएकाे टुटलले जनाएकाे छ । त्यस्तै राइडरलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड पनि ल्याएकाे छ । त्यस्तै पठाओले...

  • २०७७ आषाढ १८, बिहिबार

    भक्तपुरमा विपद् व्यवस्थापनको तयारी पूरा

    भक्तपुर : जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ । कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा निकायले विगतका वर्षमा झैँ आउनसक्ने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो । भक्तपुरका प्रमुख...

  • २०७७ आषाढ १८, बिहिबार

    टाेखाले दिने सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ

    काठमाडौँ : टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप...

  • २०७७ आषाढ १८, बिहिबार

    कोरोना सङ्क्रमण पुष्टि भएसँगै ललितपुर गोदावरीका बजार तथा पसल बन्द

    ललितपुर : गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ । गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले सो आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनले भन्नुभयो, “सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिको आज स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । परीक्षणको रिपोर्ट...

  • २०७७ आषाढ १७, बुधबार

    नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प

    काठमाडौँ - नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको...

  • २०७७ आषाढ १७, बुधबार

    भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाइने

    भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताउनुभएको छ । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उहाँले भक्तपुरमा चोरी र सडक दुर्घटना न्यूनीकरण चुनौतीको विषय रहेको आफूले जानकारी पाएको चर्चा गर्दै यसलाई नियन्त्रण गर्न आफू फरक ढङ्गले लाग्ने बताउनुभयो । कार्यक्रममा परिसरका सूचना अधिकृत एवं...

  • २०७७ आषाढ १६, मंगलबार

    चाँगुनारायणमा बृहत् वृक्षरोपण अभियान

    भक्तपुर : सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेको छ । वनलाई विकास, सम्बृद्धि र स्थानीयको जीवनस्तर उकास्ने गरी आयश्रोतसँग जोड्ने उद्देश्यले यहाँका ती वनमा वृहत् वृक्षरोपण अभियान सुरु गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । सो नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक...

  • २०७७ आषाढ १६, मंगलबार

    कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा

    कीर्तिपुर : कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले रु एक करोड दश लाख खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच यन्त्र, फर्निचरलगायत उपकरण खरीद गरी सेवा सञ्चालन गरिएको हो । “कीर्तिपुरमा डायलाइसिस सेवा...

  • २०७७ आषाढ १६, मंगलबार

    काठमाडौंको आकाशमा पनि सलह देखियो

    काठमाडौैं – काठमाडौंको आकाशमा पनि सहलको एक बथान देखिएको छ । मंगलबार साँझ ५ः३० को समयमा सहलको बथान काठमाडौंको आकाशमा देखिएको हो । काठमाडौंको भित्री सहरस्थित जैसीदेवल, मञ्जुश्री टोल, लगन, ओमबहालको आकाशमा सहलको एक बथान उड्दै गरेको देखिएको हो । उडिरहेका सहललाई समात्न कागको बथान पनि सक्रिय देखिन्थ्यो । सलहलाई कागले आफ्नो आहारा बनाइरहेको थियो । [video width="1024" height="576" mp4="http://janjatikhabar...

  • २०७७ आषाढ १६, मंगलबार

    खाेकनामा प्रहरीकाे जबर्जस्ती • स्थानीयलाई राेपाइँ गर्न दिइएन • घम्साघम्सीबीच राेपाइँ सम्पन्न

    काठमाडौं । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने असार १५ मा ललितपुरको खोकनामा भने फरक दृश्य देखियो । काठमाडौं–तराई फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले रोपाइँ गर्न लागेपछि पुगेको प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि स्थानीयले प्रतिवाद गर्न थालेपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी हुन पुगेको थियो । स्थानीयले आफूहरुले रोपाइँ गर्न पाउनुपर्ने अडान लिएपछि प्रहरीको केही चलेन र सोही...

  • २०७७ आषाढ १६, मंगलबार

    बन्दाबन्दीमा जारी छ भित्री सडकका काम

    काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी रहेका बेला पनि भित्री सडक निर्माणका काम भने भइरहेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित कोलमती खोला किनारबाट उत्तरवाहिनी जाने करिब दुई किमी सडकमा निर्माण कार्य जारी रहेको छ । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको ठेक्कामा यो सडक निर्माण भइरहेको छ । कार्यालयले यो सडकमा रु २६ लाख बराबरको कामका...

Pages