STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ श्रावण ७, बुधबार

    समृद्धिकालागि प्रभावकारी काम गर्नु होस् - कामनपा प्रमुख शाक्य

    विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ । आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो । ‘बार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईहरुको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘...

  • २०७७ श्रावण ७, बुधबार

    कपनको सडक र पसल बर्सेनि डुबानमा

    date_line: शङ्खरापुर, ७ साउन (रासस) : news_content: बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ । सडकको किनारबाट उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस...

  • २०७७ श्रावण ६, मंगलबार

    खोकनाको संस्कृति रक्षा गर्न बागमति प्रदेश संसदमा सांसदहरुको माग

    विजयरत्न असंबरे बागमति प्रदेशको हाल चलिरहेको अधिवेशनमा सांसदहरुले ललितपुरको खोकनामा विकासको नाममा भईरहेको ऐतिहासिक र साँस्कृतिक महत्व भएका स्थानिय संस्कृति र सम्पदा विनाश कार्य तत्काल रोक्नु पर्ने माग गरेका छन् । साँस्कृतिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको शहर खोकनालाई केन्द्रित गरी हाल भई रहेको फास्ट ट्रायक निर्माण कार्य लगायत काठमाण्डौं उपत्यका बाहिरी चक्रपथ निर्माण कार्य , बागमति करीडोर...

  • २०७७ श्रावण ६, मंगलबार

    ढल निकास नहुँदा काठमाडाैंका सडक जलमग्न

    काठमाडौँ :  नियमित वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ । उपत्यकाका सुन्धारा, बालुवाटार, तीनकुने, कुमारीपाटी, तीनकुनेलगायत स्थानमा सवारी साधन नै डुबिरहेको देख्न सकिन्छ । वाग्मतीलगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जमेको छ । उपत्यकामा रहेको ढल साँघुरो र...

  • २०७७ श्रावण ६, मंगलबार

    टोखामा पहिरोमा पुरिएर जुम्ल्याहाको मृत्यु

    काठमाडौं – काठमाडौंको टोखामा पहिरोमा पुरिएर  जुम्ल्याहा बालबालिकाको मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका उनीहरुको आमाबुबा मजदुर हुन् । ज्यालादुरी गरेरै रामकुमारले छोराछोरी हुर्काएका थिए ।  टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ । डीएसपी रोशन खड्काका अनुसार मंगलबार खाना खाने समयमा आएको पहिरोले...

  • २०७७ श्रावण ५, सोमबार

    हनुमन्ते खोलामा बाढीले भक्तपुरकाे बराह क्षेत्र डुबानमा

    काठमाडौं । भक्तपुरकाे हनुमन्ते खोलामा आएको बाढीले साे क्षेत्र डुबानमा परेको छ । अविरल वर्षाका कारण आएकाे बाढीका कारण बराह क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको छ । भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले दिएकाे जानकारीअनुसार हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए । राममन्दिर...

  • २०७७ श्रावण ४, आइतबार

    आज गथा‌ंमुगः (घण्टाकर्ण) पर्व मनाइँदै

    प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको...

  • २०७७ श्रावण ४, आइतबार

    काठमाडौँमा खानेपानी धारा मिटरको अङ्क ग्राहक आफैँले टिपाउन सक्ने

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले कोभिड–१९ को जोखमलाई न्यूनीकरण गर्न कम्पनीका ग्राहकलाई आफैँले खानेपानी धाराको मिटरको अङ्क अनलाइनमार्फत टिपाउन सकिने व्यवस्था गरेको छ । ग्राहकले टिपाएको अङ्क मिटर रिडरबाट छड्के निरीक्षण (क्रस चेक) हुने पनि लिमिटेडले जनाएको छ । ग्राहक आफैँले कम्पनीको वेबसाइट काठमाडौँ वाटर डट वोआरजीमार्फत अङ्क टिपाउन सक्ने लिमिटेडले सूचनामार्फत जनाएको छ । कम्पनीका...

  • २०७७ श्रावण ४, आइतबार

    गथांमुग दहन गर्दै मनाइयो घण्टाकर्ण पर्व

    कोरोनाको कहर र झरीका बीच पनि भक्तपुरमा आज घण्टाकर्ण अर्थात् गथांमुग पर्व मनाएका छन् । भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै पर्व मनाउन आह्वान गरे पनि स्थानीयले भने घण्टाकर्ण बनाएरै गथांमुग पर्व मनाएका छन् । यो पर्वसँगै नेवार समुदायमा जात्रापर्वको माहोल शुरु हुने परम्परा छ । भक्तपुरको चोकचोकमा गथांमुग दहन गरिएको छ । गथांमुगको भीमकाय शरीरमा लिङ्गस्वरुप तस्बिर टाँसिन्छ भने केही ठाउँमा काठको...

  • २०७७ श्रावण ४, आइतबार

    जवाफदेही प्रशासनका लागि युवाहरुले आवाज उठाए • आजै कार्य समितीको छनौट पनि सम्पन्न

    विजयरत्न असंबरे राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाको शनिबार पुल्चोकमा सम्पन्न चौथों वार्षिक साधारण सभामा युवा अधिकारको विषयमा सचेतना बढाउँदै सार्वजनिक प्रशासनिक प्रति जवाफदेही बनाउने दिशामा महत्वपूर्ण काम भएको कुरा बताइएको छ । शाखाले ललितपुरको विशिष्ट परिवेशमा धार्मिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा सक्रिय युवावर्ग संगठित गरी सो दिशामा लक्षित गराउन आफ्नो पैरवी र कार्यक्रमले टेवा पु¥याएको...

  • २०७७ श्रावण २, शुक्रबार

    दुर्गालाल श्रेष्ठको कभर–गीतको म्युजिक भिडियो सार्वजनिक हुने

    काठमाडौं – जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिन मनाउने क्रममा उनको कभर–गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । जनजाति खबर, नेवाः अनलाइन न्युज र नेवाः युट्युबले भोलि साउन ३ गते सो म्युजिक भिडियो सार्वजनिक गर्न लागेको हो । शनिवाः दिउँसो ४ बजे एक सांगीतिक कार्यक्रमको बीच सो म्युजिक भिडियो सार्वजनिक हुन लागेको हो । सो कभर गीतमा निभाः डंगोलले आवाज दिनुभएको छ भने यचु शाक्यको संगीत रहेको छ । म्युजिक...

  • २०७७ श्रावण १, बिहिबार

    उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण

    काठमाडौँ, :  काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा कोभिड–१९ को...

Pages