उपत्यका
-
२०७७ श्रावण १, बिहिबार
आजबाट साझा यातायात सञ्चालन हुने
काठमाडौँ - सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा शुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताउनुभयो । बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ । उहाँका अनुसार...
-
२०७७ श्रावण १, बिहिबार
नेपाल मेडिकल कलेजमा तालाबन्दी
शङ्खरापुर : नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ । युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ । युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र युनियनबीच भएको लिखित सम्झौताअनुसार कुनै पनि...
-
२०७७ श्रावण १, बिहिबार
उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण
काठमाडौँ, : काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा कोभिड–१९ को...
-
२०७७ आषाढ ३१, बुधबार
खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर निर्माण गरिँदै
काठमाडौं - पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि लक्षणविहीन कोरोनासंक्रमितलाई आइसोलेशन सेन्टरमा राखिने भएको छ । लक्षणविहीन संक्रमितलाई अस्पताल भर्ना नगरेर आइसोलेसन सेन्टरमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले बताए । काठमाडौँ उपत्यकाका तीन ठाउँका आइसोलेशन सेन्टरमा करिब दुई हजार लक्षणविहीन कोरोना संक्रमितलाई राखिने छ । खरिपाटी...
-
२०७७ आषाढ ३१, बुधबार
उपत्यकामा केही बसहरु सञ्चालनमा
काठमाडौँ : साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सार्वजनिक सवारीसाधन...
-
२०७७ आषाढ ३१, बुधबार
लकडाउनपछि रेबिजविरुद्धको खोप लगाउने बढे
काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो । बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै...
-
२०७७ आषाढ ३१, बुधबार
बौद्ध क्षेत्रको सडक एक वर्ष नपुग्दै भत्कन थाले
काठमाडौँ : विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षाद्मै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गर्नुभयो । खाल्डा खुल्डी बढ्दै गएर...
-
२०७७ आषाढ ३१, बुधबार
काठमाण्डौं महानगरपालिकाका सम्पदा निर्माण र पुर्ननिर्माण तिब्र गतिमा
विजयरत्न असंबरे कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनमा काठमाडौँ महानगरपालिका जनप्रतिनिधिबीच पनि एकमतभई अगाडि बढ्न थालेका छन् । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९०भन्दा बढी शीर्षकमा सम्पदा निर्माण–पुर्ननिर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका सांस्कृतिक...
-
२०७७ आषाढ ३०, मंगलबार
सुन्दरको सेवा आजबाट, साझा साउन १ देखि चल्ने
काठमाडौं- सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात,...
-
२०७७ आषाढ २९, सोमबार
टोखा नगरपालिकाकाे बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता
काठमाडौँ : टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर आगामी वर्षको बजेट विनियोजन गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लाख ७७ हजारको बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको हो । नगरपालिकाले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ रु एक अर्ब ४४ करोड र...
-
२०७७ आषाढ २९, सोमबार
टुकुचा खोलाको व्यवस्थापन गरिने
काठमाडौँ : सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ । छ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो । मध्य शहरबाट बग्ने टुकुचाको दायाँबायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थितरुपमा बाटो र ट्र्याक निर्माण गरिने पनि मन्त्रालयको योजना छ ।...
-
२०७७ आषाढ २९, सोमबार
काठमाडौंमा चल्याे मयूर यातायात
काठमाडौं - तीन महिना बढी लामाे लकडाउनपछि काठमाडाैंमा सार्वजनिक यातायात चल्न सुरु भएकाे छ । यसक्रममा काठमाडौंमा मयूर यातायातले यात्रु सेवा थालेको छ । सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको मयुर यातायातले जानकारी दिएकाे छ । लकडाउनपछि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो । कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई...


