उपत्यका
-
२०७७ आषाढ २३, मंगलबार
प्रहरी दमनविरुद्ध आज खोकना बन्द
काठमाडौं – ऐतिहासिक व सांस्कृतिक नेवाः बस्ती खोकनामा भएको प्रहरी दमनविरुद्ध मंगलबार खोकना बन्द गरिएको छ । खोकनाका स्थानीयले आफ्नै भूमिमा रोपाइँ गर्न खोज्ना सुडोलमा शनिबार प्रहरीले बल प्रयोग गरेका थिए । प्रहरीको उक्त दमनविरुद्ध खोकना बन्द गरिएको हो । सरकारले खोकनाको सुडोलबाट फास्ट ट्र्याकको नाममा जग्गा अधिकरण गर्न लागेको हो भने खोकनाबासीले यसको निरन्तर विरोध गर्दै आइरहेका छन् । आदिवासी, सामाजिक र...
-
२०७७ आषाढ २२, सोमबार
रातो मच्छेन्द्रनाथ मन्दिर पुनःनिर्माण शुरु
काठमाडौँ : पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त ललितपुरको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिमार्फत शुरु भएको छ । यही असार २० गते शनिबार क्षमा पूजा गरी आजदेखि काम शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिनुभयो । आज मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुङ्गाका खम्बा एकत्रित गर्ने काम गरिएको छ । उपभोक्ता समितिले सिकर्मी एवं अन्य...
-
२०७७ आषाढ २२, सोमबार
सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती
काठमाडौँ - हरिसिद्धि बस्दै आउनुभएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो भएको छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले कसैले रोकिहाल्दा मोटरसाइकल वा गाडीमा ओहोरदोहोर गरेको उहाँले बताउनुभयो । कोरोनाको त्रासका कारण धेरैले मोटरसाइकल वा गाडी रोक्नै खोज्दैनन् । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीका कारण लामो समय थुनिएको पसल अहिले खोल्नुपर्ने...
-
२०७७ आषाढ २२, सोमबार
टेकु अस्पतालमा कोरोना परीक्षण गराउनेको भीड • नियन्त्रण गर्न हम्मेहम्मे
काठमाडौँ - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ । काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पताल निर्देशक डा सागर...
-
२०७७ आषाढ २२, सोमबार
काठमाडौँ महानगरपालिका सबै ए डिभिजन फुटबल टिमलाई १० लाख सहयोग
विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन फुटबल क्लबलाई आज सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यको हातबाट प्रति क्लब रु १० लाख नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरुमा क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी),...
-
२०७७ आषाढ २१, आइतबार
काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। पछिल्लो...
-
२०७७ आषाढ २१, आइतबार
मच्छिन्द्रनाथको रथारोहण असार २४ गते
ललितपुर : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो । सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बाजाचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चारचार जना...
-
२०७७ आषाढ २१, आइतबार
तिलगङ्गाको बस्ती हटाइँदै
काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ । काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित तिलगङ्गा आवास क्षेत्रको जग्गा तथा सोमा बनेका पक्की, कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत हटाउन सूचना जारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई...
-
२०७७ आषाढ २०, शनिबार
वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टर (WNO NCC)को अध्यक्षको राजीनामा प्रकरण फिर्ता
विजयरत्न असंबरे वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनद्वारा दिनुभएको राजीनामा च्याप्टरको सचिवालयको बैठकले अस्वीकृत गरे पछी राजीनामा फिर्ता लिनु भएको छ । कोरोना महामारीले सम्पूर्ण विश्व नै आक्रान्त रहेको परिस्थितिलाई ध्यानमा राखेर संस्थागत हितका निम्ति बहुमत सदस्यले राजीनामा नदिन मत राखेपछि राजीनामा दिनुभएका अध्यक्ष शाक्यले आउँदो अधिवेशनसम्मका लागि जिम्मेवार बहन गर्न तयार...
-
२०७७ आषाढ २०, शनिबार
रोपाइँ गर्न गएका स्थानीयमाथि प्रहरीको लाठी रअश्रुग्यास
खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिविरुद्ध स्थानीय आन्दोलित ललितपुर - ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसानमाथि प्रहरी ज्यादती भएकाे छ । स्थानीयमाथि प्रहरीले लाठी बर्साउनुकाे साथै केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले लामाे...
-
२०७७ आषाढ १९, शुक्रबार
‘खुुकुलो’ लकडाउनबीच रातो मच्छिन्द्रनाथ जात्राको तयारी
काठमाडौँ : काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ । बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन...
-
२०७७ आषाढ १९, शुक्रबार
साँखुको क्वारेन्टिनमा नै छैन झुल र बत्ती
शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ तीन दिनदेखि बिजुली बत्ती छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहनु भएका रमेश अधिकारीले जानकारी दिनुभयो । विदेशबाट आएका पाँचसहित काठमाडौँ उपत्यका बाहिरबाट आएका पाँच जना गरी १० जना सो क्वारेन्टिनमा रहँदै आएका छन् । उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको जनाउँदै...


