उपत्यका
-
२०८० चैत्र ११, आइतबार
जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ, साढे ७ सय सवारी साधन ‘होल्ड’मा
काठमाडौं- प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, 'आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर...
-
२०८० चैत्र ८, बिहिबार
२४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित
काठमाडौँ, ८ चैत : ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित हुनुहुन्छ । ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना...
-
२०८० चैत्र ८, बिहिबार
प्रहरी र सशस्त्रका पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुने
काठमाडौँ - नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको हो। जसअनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला...
-
२०८० चैत्र ८, बिहिबार
लामिछानेको निर्देशन : ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालनको व्यवस्था गर्नू
काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुरक्षा लगायतका प्रबन्ध गर्न निर्देशन दिएका छन्। जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटकहरुको बढी चहलपहल हुने क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ। सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले गर्नेगरी ठमेल र...
-
२०८० चैत्र ६, मंगलबार
उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या
काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी...
-
२०८० चैत्र २, शुक्रबार
ललितपुरमा ३२ महाविहारका दिपंकर भगवानको भेला गरी सम्यक महादान सम्पन्न
ललितपुरको नागबहालमा काठमाडौं उपत्यकाका ३२ महाविहार (बहाःबही)का दिपंकर भगवान लगायका देवीदेवतालाई भेला गराइ सम्यक महादान पर्व सम्पन्न गरेको छ । पाँच-पाँच वर्षको अन्तरालमा हुने सम्यक् महादान पर्वको अवसरमा १२५ देवीदेवतालाई एकै स्थानमा भेला गराइएको हो । सम्यक् महादान पर्वको अवसरमा फागुन ३० गते विहीबार राति विशेष रौनक थियो । सो दिन बेलुकी मंगलबजारमा देवीदेवता भेला गरे पश्चात राति १० बजेदेखि १ बजेसम्म...
-
२०८० चैत्र १, बिहिबार
चक्रपथ सुधार आयोजनाप्रति बालेन असन्तुष्ट
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रमुख शाहले विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै अब दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका हुन्। शाहले चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका...
-
२०८० चैत्र १, बिहिबार
ट्राफिक प्रहरीको यात्रु मैत्री अभियान सुरु
काठमाडौं- यात्रुहरूको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान, २०८० बुधबारबाट सञ्चालनमा ल्याएको छ। यात्रुबाहक सार्वजनिक सवारीमा भाडादर राखेको छ छैन?, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरूका लागि आरक्षित सिटको पालना भएको छ छैन?, सवारीमा यात्रा गर्दा महिला,...
-
२०८० फाल्गुण २२, मंगलबार
पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी
काठमाडौँ, २२ फागुन स् महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो । महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ । जिल्ला...
-
२०८० फाल्गुण २१, सोमबार
स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सधैं अगाडि रहने मुख्यमन्त्रीको दावी
बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणको क्रममा स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन संधै आफ्नो पहिलो कर्म हुने बताएका छन् । आइतबार पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणमा पछी मन्त्री महर्जनले आफु यहि संस्कृति, सम्पदामै खेल्दै हुर्केको भएकोले यसको औधी माया लाग्ने बताए । मन्त्री...
-
२०८० फाल्गुण २०, आइतबार
काठमाडौं महानगरअगाडि कवाडी व्यवसायीको प्रदर्शन
काठमाडौँ - कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिका भवन राष्ट्रिय सभा गृहअगाडि प्रदर्शन गरेका छन्। आइतबार दिउँसो कवाडी व्यवसायीहरूले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरेका हुन्। महानगरले कवाडी व्यवसायीहरूमाथि दमन गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। महानगरले कवाडी संकलन गर्न बनाइएका संरचनामा डोजर चलाएको थियो। महानगरले कवाडी संकलन केन्द्र हटाउन निर्देशन दिएको थियो। यसरी दमन गरेको भन्दै उनीहरूले...
-
२०८० फाल्गुण १८, शुक्रबार
कामपाका ११८ औषधि पसल मापदण्डविपरीत
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त सङ्ख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ । वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले...


