उपत्यका
-
२०८० श्रावण २, मंगलबार
मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ ।नेपाल एयरलाइन्सको एनएकेडब्लू न्यारोवडी जहाज आज विहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ । क्वालावम्पुरको स्थानीय समयअनुसार विहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटी...
-
२०८० श्रावण १, सोमबार
फेरि रोकियो उपत्यकाको फोहर व्यवस्थापन
पटक–पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । अन्तिम फोहर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो । यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन...
-
२०८० आषाढ ३१, आइतबार
भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान
काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको सो दूतावासद्वारा जारी विज्ञप्तिमा...
-
२०८० आषाढ ३०, शनिबार
गठामुंगः पर्व मनाउँदै नेवार समुदाय
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् । साथै आफ्नो गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेतसमेत मन्छाउँछन् । भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गर्दछन् । यहाँको शैली अन्य स्थानका नेवार...
-
२०८० आषाढ २९, शुक्रबार
काठमाडौंको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित
काठमाडौं - काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पास भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नगर सभा वैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधन सहित पास भएको हो । महानगरको १३ औं नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो । १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।...
-
२०८० आषाढ २९, शुक्रबार
कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले ट्वीट गरेर जानकारी दिएका छन् । ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ भेटपछि देउवाले ट्वीट गरेका छन्, ‘नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ...
-
२०८० आषाढ २८, बिहिबार
सानोठिमीमा नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय
काठमाडौँ - सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । यस्तै आ.व. २०७८/७९ र २०७९/८० दुई वर्षमा वार्षिक रुपमा न्युनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको...
-
२०८० आषाढ २८, बिहिबार
ललिता निवास अतिक्रमित जग्गाका संरचनाहरु अन्यौलमा
काठमाडौँ - बालुवाटारस्थित ललिता निवासको अतिक्रमित जग्गामा तारबार गर्ने महानगरको निर्णयले त्यहाँ प्रक्रिया पुरा गरेरै स्थापित गरिएका संरचनाहरु के होलान् भन्नेमा अन्यौलता थियो । अनधिकृत संरचना भत्काउन र खाली गर्न काठमाडौँ महानगरले गत आइतबार १ हप्ताको अल्टिमेटम दिएको थियो । महानगरको अल्टिमेटम सकिँदा उक्त क्षेत्रमा अवस्थित केहि संरचनाहरु हटाइएका छन् भने केहि खाली हुने क्रममा छन् । प्रक्रियागत रुपमा...
-
२०८० आषाढ २६, मंगलबार
साउन १ देखि काठमाडौँका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध
काठमाडौं - आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ । उक्त अभियान कामपा र बानेश्वर व्यापार सङ्घले संयुक्तरूपमा गर्न लागेका हुन् । सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि...
-
२०८० आषाढ २४, आइतबार
ढलमा सेफ्टी ट्याङ्की मिसाउनेलाई ५० हजार जरिवाना तिराइयो
काठमाडौं - काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउने एकजनालाई कारबाही गरेको छ । महानगरका अनुसार काठमाडौं-६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना तिराइएको हो । महानगरपालिका भित्र जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहोर मिसाउनेलाई कारबाही गर्दै आइरहेको महनागरका...
-
२०८० आषाढ २०, बुधबार
काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा बस्नेत
गृहमन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहनुभएका बस्नेतलाई काठमाडौँको सिडिओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि...
-
२०८० आषाढ १८, सोमबार
मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र
पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । पुलको शिलन्यास गरिएपनि निर्माण नहुँदा अलपत्र बनेको हो । आकाशेपुल निर्माणका लागि तोकिएको स्थानको माथि ‘हाइटेन्सन लाइन’ देख्दादेख्दै ‘साइड क्लियर’...


