उपत्यका
-
२०८० जेठ ३०, मंगलबार
करुणामय मानव विकास संघले वितरण गरे छात्रवृत्ति
करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८२ जना गरिब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । काभ्रेको बनेपास्थित चक्रज्योति माविमा सम्पन्न भएको कार्यक्रममा २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल व्याग, ड्रेस, जुत्ता लगायतका सामग्री वितरण गरेको हो । सन् २००५ सालमा स्थापना भएको संघले १८ वर्ष यतादेखि सिन्धुपाल्चोक, काभ्रे र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा...
-
२०८० जेठ ३०, मंगलबार
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
काठमाडौं - जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जिपलाई असार १ गतेदेखि गोँगबुस्थित...
-
२०८० जेठ ३०, मंगलबार
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय९परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ ।मस्यौदा अनुसार अब...
-
२०८० जेठ २९, सोमबार
काठमाडौँ उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने
काठमाडौँ उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो । अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरुपमा सुख्खा हुने समस्या छ । नदी सफा हुनलाई...
-
२०८० जेठ २८, आइतबार
तीन पत्रकारलाई ‘टेलिफल्म अवार्ड’
तीन पत्रकार ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील भई हाल आर्थिक मिडिया सञ्चालक सङ्घ ९इमान०का सचिवसमेत रहनुभएका पत्रकार टङ्क कार्की, तीन दशकदेखि पत्रकारितामा संलग्न राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण कार्की शनिबार मूलपानीमा आयोजित कार्यक्रममा सम्मानित...
-
२०८० जेठ २६, शुक्रबार
भक्तपुरवासीलाई निःशुल्क रगत
भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् । विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्कहरु चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीले निःशुल्क रगत पाउन थालेका हुन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले गरेको सम्झौताबमोजिम रेडक्रसले...
-
२०८० जेठ २५, बिहिबार
नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक...
-
२०८० जेठ २५, बिहिबार
उपत्यकाभित्रको स्वबासी समस्या समाधान हुन्छ – भूमिमन्त्री रन्जिता श्रेष्ठ
काठमाडौंं उपत्यकाभित्रको स्वबासी समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ । उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समितिले स्वबासी र बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने माग राख्दै एक प्रतिनिधि मण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठको ध्यानाकर्षण गराएको छ । मन्त्रीको ध्यानाकर्षण गराउने क्रममा प्रतिनिधि मण्डलले उठाएको अावाज प्रति उहाँले आफ्नै कार्यकालमा भूमि...
-
२०८० जेठ २५, बिहिबार
गर्मी बढेसँगै वाग्मतीको दुर्गन्ध बढ्यो
बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ । गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण वाग्मती...
-
२०८० जेठ २१, आइतबार
नेवार समुदायले जातीय पहिचान र संस्कृति जगेर्ना गर्न गर्नुभएको योगदानको सम्मान गर्न चाहन्छु : गृहमन्त्री श्रेष्ठ
ललितपुर - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन्। आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणको सम्मानमा आयोजित कार्यक्रममा उनले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल...
-
२०८० जेठ २१, आइतबार
महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु : सुनिता डंगोल
काठमाडौँ - काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख (उप-प्रमुख) सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् । शनिवार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । नगरवासीलाई रोग...
-
२०८० जेठ ११, बिहिबार
राष्ट्रपति पौडेलद्वारा मत्यसेन्द्रनाथको भोटो जात्रा अवलोकन
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्यसेन्द्रनाथकोभोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गरेका हुन् । मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले...


