STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८० आषाढ १५, शुक्रबार

    इच्छुमती सफाइ सुरु

    काठमाडौँ महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने  इच्छुमती ९टुकुचा० नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल ट्रेडिङसम्म सफाइ सुरु गरिएको हो । सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चाररचार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु गरेको वडासदस्य वीरेन्द्र महर्जनले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रमा पर्ने इच्छुमती...

  • २०८० आषाढ १४, बिहिबार

    भक्तपुरमा ‘रोजगार मेला’

    मध्यपुरथिमि नगरपालिकाले स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘मेरो वृत्ति मेरो खोजी, मेरो सीप भविष्यको दीप’ भन्ने नाराका साथ ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार’ मेला आयोजना गर्ने भएको छ ।  नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको...

  • २०८० आषाढ १२, मंगलबार

    बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

    काठमाडौं - उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीशहरू गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले प्रमुख शाहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगर्नु/नगराउनु यथास्थितिमा राख्नु भनी...

  • २०८० आषाढ १०, आइतबार

    काठमाडौँ महानगरपालिकाले ल्यायाे २५ अर्ब ५४ करोडको बजेट

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट नियोजन गरिएको छ । कामपाले चालु आवका लागि रु २५ अर्ब ४१...

  • २०८० आषाढ १०, आइतबार

    काठमाडौँ महानगरले ल्यायो रु २५ अर्ब ५४ करोड बजेट

    काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट बिनियोजन गरिएको छ । कामपाले चालु आवका लागि...

  • २०८० आषाढ ७, बिहिबार

    काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

    काठमाडौं - उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीका अनुसार यो...

  • २०८० आषाढ ७, बिहिबार

    मेयर शाहले सुनाए काम र उपलब्धि

    काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो नेतृत्वमा हालसम्म गरिएका काम र प्राप्त उपलब्धि सुनाएका छन्, र आगार्मी बर्षका लागि गर्न आँटेका योजना र कामहरुको फेहरिस्त पेस गरेका छन् । निकै महत्व र अर्थपूर्ण छ मेयर बालेन शाहको आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रमका क्रममा उपलब्धि र आगामी योजनाका बारेमा दिएको आजको विवरणहरु । मेयर बालेन र काठमाडौं महानगर केन्द्र सरकार, प्रदेश सरकार देखि...

  • २०८० आषाढ ५, मंगलबार

    काठमाडौँ महानगरद्वारा ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन

    काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९÷८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो । महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य रु...

  • २०८० आषाढ ४, सोमबार

    ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी

    जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ । ठेक्का भएको आठ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन् । लामो समयसम्म पनि सडक कालोपत्र नहुँदा खाल्डाखुल्डीका कारण दैनिक सवारी सञ्चालनमा समस्या हुने गरेको छ । मनसुन सुरु भएसँगै दैनिक पानी पर्ने याममा गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी पुल क्षेत्रमा...

  • २०८० आषाढ १, शुक्रबार

    असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ

    यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।     गत जेठ ३२ गतेदेखि परेको ठूलो वर्षका कारण खेतमा पानी भरिएपछि किसानलाई यतिखेर धान रोप्ने चटारो परेको छ । जेठ महिनामा वर्षा नभएर धानको बीउ ब्याडमै मरेको र डढेपछि धानको बीउको अभाव भने भएको किसानको भनाइ छ ।    सूर्यविनायक नगरपालिका–१०...

  • २०८० जेठ ३२, बिहिबार

    खानेपानीको परिमाण बढाउँदै जाने योजना

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ ।वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ । अहिले दैनिक वितरण नभए पनि उपभोक्ताले हाल पाइरहेको भन्दा वर्षामा बढी पानी पाउन सक्ने गरी योजना बनाइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले...

  • २०८० जेठ ३१, बुधबार

    काठमाडौँ महानगरपालिकाभित्र धमाधम हटाइँदै अव्यवस्थित तार

    काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौँ...

Pages