STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ चैत्र २१, मंगलबार

    काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता

    काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन र धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङबीचे भेटवार्ता भएको छ । अघिल्लोपटक काठमाडौं आउँदा बालेनले भेट्न नचाहेको भन्दै हर्कले असन्तुष्टि जनाएका थिए । उनी धरान पुगेर आक्रोश पोखेका थिए । तर यसपटक भने दुवै मेयरबीच भेटवार्ता भएको छ । उनीहरूबीच काठमाडौ‌‌ महानगरपालिकामा भेट भएको हो । धरान उपमहानरको समस्याको पोको बोकेर काठमाडौं आएका बेला...

  • २०७९ चैत्र १९, आइतबार

    काठमाडौंमा मेलम्चीको पानी हिउँदमा मात्रै किन ?

    काठमाडौं - तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत वर्ष जस्तै यस वर्ष पनि बर्खा...

  • २०७९ चैत्र १५, बुधबार

    काठमाडौंको टुँडिखेलमा ओशो महोत्सव हुने

    नेपाली नयाँ बर्षालाई फरक ढंगबाट स्वागत गर्दै गत बर्ष बैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सब गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन नामक कार्यक्रम सम्पन्न गरेको सर्वविदितै छ ।  गत बर्षको कार्यक्रमबाट प्राप्त उत्साह र सकारात्मक सन्देशसंगै यस बर्ष बैशाख १ गते सोही कार्यक्रमको दोस्रो संस्करण ओशो महोत्सव काठमाडौंको टुँडिखेलमा आयोजना गर्न...

  • २०७९ चैत्र १५, बुधबार

    पशुपति मन्दिर परिसरमा प्लाष्टिक निषेध

    काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गर्र्दै पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको हो । कोषले भनेको छ, ‘प्लाष्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लाष्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियान सफल...

  • २०७९ चैत्र १४, मंगलबार

    काठमाडौंमा पुराना पैसाको प्रदर्शनी

    काठमाडौं -काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा पुरानो पैसालाई प्रदर्शनीमा राखिएको छ। नेपाल मुद्रा संकलक संघ स्थापनाको २० वर्ष पुगेको अवसरमा पुरानो पैसा प्रदर्शनीमा राखिएको हो। नेपाल, भारत लगायतका देशका सिक्का र नोट प्रदर्शनीमा राखिएको छ। कांग्रेस नेता विमलेन्द्र निधिले मंगलबार प्रदर्शनीको अवलोकन गर्दै यस किसिमको असल कार्यका लागि आयोजकहरुलाई धन्यबाद दिए। आयोजक मञ्जित मल्लले आगामी दिनमा...

  • २०७९ चैत्र १३, सोमबार

    चैत २७ गतेदेखि भक्तपुरमा बिस्केट जात्रा

    काठमाडाैँ - यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर...

  • २०७९ चैत्र १३, सोमबार

    सात दिनभित्र नदी किनार खाली गर्न महानगरकाे सुचना

    काठमाडौँ - शनिबार गोरखापत्रमा सूचना जारी गर्दै महानगरले सात दिन भित्र नदी किनार खाली गर्न भनेको छ । महानगको पत्रलाई काउन्टर दिँदै अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुको सन्देश छ– महानगरले कसरी हटाउँदो रहेछ ? हटाओस् त । काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि अहिले फेरि अर्को सूचना जारी भएको छ । एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ...

  • २०७९ चैत्र १२, आइतबार

    नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि सरकारद्वारा प्रतिष्ठान गठन गरिने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताउनुभएको छ । विश्व नेवार दिवसको अवसर पारेर शनिबार काठमाडौंको बसन्तपुरमा   ‘सांस्कृतिक प्रवर्द्धनको लागि हलि नेवाः दिवस ‘ भन्ने नारा सहित आयोजित एक कार्यक्रममा बोल्दै उहाँले  नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले...

  • २०७९ चैत्र ७, मंगलबार

    राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न

    काठमाडाैं - राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो । शो–...

  • २०७९ चैत्र ७, मंगलबार

    घोडे जात्रा र गुरुमापाको कथा

    काठमाडौं- चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय...

  • २०७९ चैत्र ५, आइतबार

    मध्यपुरको जीवित सम्पदा पाटी विहारमा दिपंकर बुद्धमूर्ति

    मध्यपुर ठिमिको पाटी विहारमा  भाजुराजमान र तेजमाया बाडेको श्रद्धा बमोजिम ७ फुटे दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा  सप्ताहव्यापी महापरित्राण कार्यक्रम भइरहेको छ ।   पाटी विहारमा स्थापना गरिएको दिपंकर बुद्ध काठमाडौंस्थित स्वयम्भू महाचैत्यको पश्चिम दिशामा अवस्थित सातौं शताब्दीमा निर्माण भएको दिपंकर बुद्धको प्रतिमूर्ति हो भने  पाटी विहार सहयोग समितिको आयोजनामा २०७९ फागुन ३० देखि चैत ६ गतेसम्म...

  • २०७९ फाल्गुण २८, आइतबार

    काठमाडौं महानगरले विस्तार गर्यो कम्पोष्ट मल बनाउने कार्य

    काठमाडौं - काठमाडौं महानगरपालिकाले कुहिने फोहरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोष्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेशनमा एक स्थानबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र...

Pages