STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ चैत्र १२, मंगलबार

    छानबिन समितिको प्रतिवेदन सार्वजनिक, गलत भए जेल हाल्न मेयर बालेनको चुनौती (पूर्णपाठ)

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । “यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल,” मंगलबार (चैत १२) बिहान उनले...

  • २०८१ चैत्र १०, आइतबार

    बालेनसँग वडाध्यक्षले मागे कार्यपालिका बैठक

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् । १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् । प्रवक्ता समेत रहेका वडाध्यक्ष नविन मानन्धरले सबैको तर्फबाट पत्र मेयर बालेनलाई बुझाएका हुन् ।   यथाशीघ्र कार्यपालिका बैठक बोलाउनु भनि ज्ञापनपत्र बुझाएको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले...

  • २०८१ चैत्र ७, बिहिबार

    एलपिजी ग्यासको जोखिम घटाउन काठमाडाैँ महानगरकाे निरीक्षण र सचेतना

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले एलपिजी ग्यासको सम्भावित जोखिम घटाउन निरीक्षण र सचेतना  कार्यक्रम सुरू गरेको छ ।   धेरै ग्यास बालिने स्थानमा आठ वटा सूचक र २४ वटा उपसूचकका आधारमा निरीक्षण गरिएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।  जोशीका अनुसार सचेतना अभिवृद्धि गराउने उद्देश्यले ५६ वटा पसलको निरीक्षण गरिएको छ ।  घरघरमा खाना पकाउने प्रयोजनका लागि...

  • २०८१ चैत्र ७, बिहिबार

    ललितपुरको ‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै

    ललितपुर - पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो । उपभोक्ता समितिका अध्यक्ष करुणारत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार ४०० वर्षपहिले राजा सिद्धिनरसिंह मल्लले पाटनदरबार क्षेत्रको कृष्णमन्दिरबाट ललितपुर महानगरपालिका–१६ मा सारेको इतिहास छ ।  उनी भन्छन्, “रत्नाकर...

  • २०८१ चैत्र ३, आइतबार

    भक्तपुर अस्पतालमा मन्त्रीको छड्के

    भक्तपुर - देशभरका प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीले छड्के अनुगमन गरेको छ ।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनका बारेमा छड्के...

  • २०८१ चैत्र १, शुक्रबार

    ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम

    ललितपुर- ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम भएको छ । रसियाको उलान उदे सहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । प्रमुख महर्जनले भगिनीसम्बन्ध कायमसँगै दुवै देशका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गरे । ‘उलान उदे रसियाको पुरानो सहर हो ।...

  • २०८१ चैत्र १, शुक्रबार

    सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

    काठमाडौँ - यहाँ होलीको दिन बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी  होली पर्व मनाउनेले  अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक...

  • २०८१ चैत्र १, शुक्रबार

    प्रेम र यौनको प्रतीक भक्तपुरको होली

    ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन्। भिमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भिमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै विदाइ गर्ने...

  • २०८१ फाल्गुण २६, सोमबार

    राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो ।  काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी...

  • २०८१ फाल्गुण २५, आइतबार

    बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो

    भक्तपुर - भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ । तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । सोही दिन साँझ उक्त लिङ्गो...

  • २०८१ फाल्गुण २१, बुधबार

    'पाइप फुट्नुमा विद्युत प्राधिकरण दोषी'

    काठमाडौं - मेलम्ची खानेपानी आयोजना निर्देशनालयले थापाथलीमा पाइप फुट्नुमा विद्युत प्राधिकरण दोषी रहेको जनाएको छ ।  प्राधिकरणले विद्युतको तार अन्डरग्राउन्ड गर्नेबेला मेलम्चीको खानेपानीको पाइपमा क्षति पुग्न गई अहिले पाइपको क्षति पुगेको भाग फुटेको जनाएको हो ।  आयोजनाका प्रवक्ता चन्द्रकुमार श्रेष्ठका अनुसार बिहान ५ः २० मा पाइप फुट्दा करिब ४ लाख लिटर पानी खेर गएको थियो । आसपासमा पसलमा पानी पसेको थियो...

  • २०८१ फाल्गुण २०, मंगलबार

    मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

      फागुनः काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ ।थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइप...

Pages