उपत्यका
-
२०८१ फाल्गुण १७, शनिबार
भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले स्तरोन्नति गर्ने
भक्तपुर - भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायण नगरपालिका आफैँले स्तरोन्नति गर्ने भएको छ । आउँदो वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष, २०८२ लाई लक्षित गर्दै नगरपालिकाले भक्तपुर–नगरकोट सडक आफैले स्तरोन्नति गर्ने गरी बोलपत्र आह्वान गरेको छ । एक्जिम बैंक इण्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१...
-
२०८१ फाल्गुण १७, शनिबार
काठमाडौंमा तत्काल कार्यकारी अधिकृत पठाउन बालेनको सुझाव
काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले विशेष व्यवस्था गरेर भए पनि काठमाडौं महानगरपालिकामा अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्ने बताएका छन् । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने भन्दै महासचिव पोखरेलले विशेष व्यवस्था गरेर भए पनि कार्यकारी अधिकृत पठाउन सरकारलाई सुझाव दिएका हुन् । काठमाडौं महानगरका मेयर बालेनले सामाजिक सञ्जालमा बारम्बार...
-
२०८१ फाल्गुण १७, शनिबार
सार्वजनिक स्थानमा फोहोर फाल्नेप्रति कठोर बन्दै कामपा
काठमाडौं - काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । कामपा वातावरण विभागका अनुसार, कामपा क्षेत्रका घर कम्पाउन्ड एवं परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अरू सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गरिनेछ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार,...
-
२०८१ फाल्गुण १५, बिहिबार
काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ ।महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मलेनमा कामपाका प्रवक्ता नविन मानन्धरले विद्यालय शिक्षाको...
-
२०८१ फाल्गुण १३, मंगलबार
लगनखेलको न्हु पोखरी जोगाउन ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा
काठमाडौं - ललितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ । महानगरपालिकाले सोमबार घर-टहरा भत्काउने काम सुरु गरेको हो । लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घर टहराहरु भत्काइएको महानगरपालिकाले जनाएको छ ।
-
२०८१ फाल्गुण १३, मंगलबार
पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध
काठमाडौँ - काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यसवरपर शिवरात्रिमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ। महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी रोक लगाउने गरी सूचना जारी...
-
२०८१ फाल्गुण १३, मंगलबार
महाशिवरात्रिको ट्राफिक व्यवस्थापन : यी स्थानमा पार्किङ
काठमाडौं - महाशिवरात्रि पर्वको दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाड व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजनका निम्ति ट्राफिक व्यवस्थापनको तयारी गरिएको जनाएको छ । दर्शनार्थीका सवारीसाधनको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्वेश्वरीपारि करिडोर सडकमा गर्ने व्यवस्था मिलाइएको छ ।...
-
२०८१ फाल्गुण ८, बिहिबार
शनिबारदेखि स्वयम्भू महोत्सव हुने
काठमाडौं महानगरपालिका वडा १५ को आयोजना मा फागुन १० गते शनिबारदेखि १७ गते शनिबारसम्म आयोजना हुनेस्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष इश्वरमान डंगोलले वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सवको...
-
२०८१ फाल्गुण ६, मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
भक्तपुर- भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा सोमबार सम्पन्न उपत्यका मेयर्स फोरमको ११औँ बैठकले आगामी वैशाख १ गतेदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष’ सफल पार्ने निर्णय गरेको छ । चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा सम्पन्न उपत्यका मेयर्स फोरमको बैठकमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, नगर प्रमुखहरू, उपप्रमुखहरूलगायत जनप्रतिनिधिहरूको बैठकले...
-
२०८१ फाल्गुण ५, सोमबार
रलिशा शाक्य मिस नेवाः , लूनिभा मानन्धर फस्ट रनरअप व लुमना महर्जन सेकेण्ड रनरअप घोषणा
मिस नेवाः नेपाल ११४५ को उपाधि ललितपुरकी प्रलिशा शाक्यले जितेकी छन् । नेप्लिज फेसन होमले काठमाडौंमा आयोजना गरेको फिनालेमा उनले १९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमिन् ।उपाधिबापत उनले एक लाख रुपैयाँ नगद सहित विभिन्न उपहारपनि प्राप्त गरेकी छिन् । आइतवार प्रज्ञा प्रतिष्ठानको हलमा नेवार भाषा, कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै फिनाले आयोजना गरिएको थियो ।प्रलिशाले शीर्ष पुरस्कारसँगै मिस बेष्ट...
-
२०८१ फाल्गुण १, बिहिबार
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ । मङ्गलबार यहाँ आयोजना गरिएको ‘मेलमिलाप प्रवद्र्धनका कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र शाह, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, उपप्रमुख सुनिता डङ्गोलसहितले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । कामपाका...
-
२०८१ माघ २९, मंगलबार
कीर्तिपुरको १ र १० वडामा प्रत्येक शनिवार “नेवाः उत्सव” : उत्सव पहिचानयोग्य होस्
हाल, प्रत्येक शनिबार कीर्तिपुर नगरपालिकाको १० वडाभित्र पर्ने चिथु–इताछेँ टोलको सडक, जुन सडकलाई सम्पदामार्गको रुपमा पहिचान दिइएको छ, त्यहाँ कीर्तिपुर गाईड एशोसिएसनको आह्वानमा प्रत्येक शनिवार दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म नेवाः उत्सवको रुपमा मनाइँदै आइरहेको छ र गएको शनिबारबाट उक्त नेवाः उत्सवले तेस्रो हप्ता पार गरिसकेको छ । कीर्तिपुर गाईड एशोसिएसनको यो एक उदाहरणीय पाईला हो । गएको शनिबारदेखि उक्त...


