STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८२ भाद्र १३, शुक्रबार

    शनिबार मच्छेगाउँमा लाखे नाच महोत्सव, भक्तपुरको नागचा नृत्य पनि प्रदर्शन हुने

    राष्ट्रिय लाखे नाच प्रदर्शन साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ भोलि शनिबार भाद्र १४ गते हुने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा हुने उक्त कार्यक्रम चन्द्रागिरी नगरपालिका ९ वडा मच्छेगाउँ भलिबल ग्राउण्डमा हुने जानकारी आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरले दिएको छ । आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अनुसार उक्त राष्ट्रिय लाखे नाच प्रदर्शनीमा हालसम्म २५ वटा लाखे समूह...

  • २०८२ भाद्र १२, बिहिबार

    कीर्तिपुरे नगर प्रमुख डंगोलको गल्ती : उप–प्रमुख शाक्य मात्र कठपुतली !!!

    कीर्तिपुर/हाल कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल जापान भ्रमणमा हुनुहुन्छ । नगर प्रमुख डंगोल भाद्र ७ गते भ्रमण टोलीका साथ जापान प्रस्थान गरेका हुन् भने उक्त भ्रमण भाद्र १७ गतेसम्म हुनेछ ।   तर, नगर प्रमुख डंगोलले कानून अनुसार कार्यबाहकको जिम्मेवारी उप–प्रमुखलाई दिएर जानुपर्ने प्रावधान रहेता पनि कार्यबाहकको जिम्मेवारी नदिईकन खुरुक्क जापान प्रस्थान गर्नुभयो । नगर प्रमुख डंगोलको यस...

  • २०८२ भाद्र २, सोमबार

    नेपालभाषा एकेडेमीले पुरानै परम्पराको दबु प्याखं मन्चन गर्ने

    नेपालभाषाको वाङ्गमय क्षेत्रमा कृयाशिल प्राज्ञिक संस्था नेपालभाषा एकेडेमी र ललितुर महानगरपालिकाको सहकार्यमा एतिहांसिक परम्परागत शैलीमै नेपालभाषा दबु प्याखं (नेपालभाषा डबली नाटक) निर्माण गर्ने भएको छ । लोपहुन लागेको डबली नाटक (सामाजीक घटनाक्रमको यथार्थ चित्रण सहितको सन्देश मुलक नाटक) पुर्ण उत्थान गर्दै, नयां पिंढिलाई नेवाः भाषा कला संस्कृती र संस्कार बारे पहिचान प्रस्तुत गर्न नेवाः दबु प्याखं...

  • २०८२ श्रावण ३०, शुक्रबार

    कीर्तिपुरमा शनिबार “सशक्तिकरणका लागि सामाजिक सञ्जाल” विचार प्रस्तुतिकरण हुने

    सशक्तिकरणका लागि सामाजिक सञ्जाल कीर्तिपुरको आयोजनामा श्रावण ३१ गते शनिबार कीर्तिपुरमा बृहत्त विचार प्रस्तुतिकरण कार्यक्रम हुने भएको छ । कीर्तिपुर नगरमा समाज परिवर्तन तथा दक्ष नेतृत्व विकास गर्ने परिकल्पनासहित गठन हुन गइरहेको “सशक्तिकरणका लागि सामाजिक सञ्जाल” को आवश्यकता र औचित्यता विषयमा विचार प्रस्तुतिकरण कार्यक्रम हुन लागेको जानकारी आयोजक सशक्तिकरणका लागि सामाजिक सञ्जाल कीर्तिपुरले दिएको छ ।...

  • २०८२ श्रावण २४, शनिबार

    भाद्र १ गते सुनाकोठी भिमसेन जात्रा

    ललितपुर :  विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भीमसेनको मूर्तिको आठौं स्थापना दिवस तथा ‘भिं द्यो पूजा’ यही भदौ १ गते आइतबार भव्य रूपमा मनाइने भएको छ । सुनाकोठी क्षेत्रमा निर्मित यो भिमसेन को मुर्ति अहिले सम्म उपलब्ध जानकारी सम्भवतः यो नै पहिलो हो भन्ने देखिन्छ । कार्यक्रमका आयोजक सुनाकोठी समाजका अध्यक्ष विनोद डङ्गोलका अनुसार, “भीमसेन जात्रालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।” उनका अनुसार...

  • २०८२ श्रावण २३, शुक्रबार

    पांगामा सापारु रुट : परम्परादेखि चल्दै आइरहेको पुरानो रुट कायम हुने भो

    कीर्तिपुर/देशमा परापूर्वकालदेखि नेवाः समुदायमा संगठित हुने निकाय “गुथि” विकास हुँदै हालसम्म पनि कायम रहेको अवस्था छ । यही गुथिकै नक्कल हालका विभिन्न संघसंस्था, समूह एवं पार्टी संरचना हुन् भने पनि फरक नपर्ला । यही गुथिको विकासक्रमलाई नियाल्ने हो भने परापूर्वकालदेखि नेवाः समुदाय संगठित हुँदै आइरहेको चेतनशील एवं विकासशील समुदाय नेवाः समुदाय हो भन्ने प्रमाणसहित समाजमा उभिएको छ । यही कारण पनि गुथि...

  • २०८२ श्रावण २२, बिहिबार

    धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी

    भादगाउँ, भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि ९स्वाःस्वाः० अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ । अहिले पनि स्थानीयहरु स्वाःस्वाः आउँदा औषधिले काम नगरेपछि स्वकी अजिमा पूजा गर्ने परम्परा कायमै छ । तर स्वकी अजिमा हिटी पूरै झारपातले पुरिएको अवस्थामा छ । भक्तपुर नगरपालिका–१ कै वासिकचा हिटी धार्मिक रूपले पवित्र मानिन्छ । यो हिटीमा...

  • २०८२ श्रावण १९, सोमबार

    मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शन

    नेवाः ग्वाहालि पुचः र नेवाः मिसा ग्वाहालि पुचःले गुंला पर्वको बखत स्वयम्भू महाचैत्य दर्शन गर्नआउने स्थानीयबासीको सन्दर्भ मिलाएर भगवानपाउ क्षेत्रमा  मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शनी गरेका छन् ।   प्लेकार्डमा “हाम्रा बालबालिकालाई नेपालभाषा सिकाऔं, नेवार भएकोमा गर्व गरौं’, मातृभाषाको संरक्षणले सहअस्तित्व कायम गर्दछ जस्ता नारा लेखिएका थिए । प्लेकार्ड...

  • २०८२ आषाढ २७, शुक्रबार

    महानगरको कार्यपालिका बैठक शुक्रबार २ बजे बस्ने

    काठमाडौं ।  प्रत्येक महिना हुँदै आएको काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक लामो समयपछि शुक्रबार २ बजे बस्ने भएको छ ।  महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)को सचिवालय निमित्त प्रमुख शान्ता पहाडी हस्ताक्षरित पत्रमा कार्यपालिका सदस्यहरूलाई सम्बोधन गर्दै काठमाडौं प्लाजास्थित कार्यपालिका हलमा उपस्थित हुन भनिएको छ ।  उनको पत्र बिहीबार साँझ मात्रै वडाध्यक्षहरूलाई पुगेको छ । पत्र अगाडि नै नगर...

  • २०८२ आषाढ २२, आइतबार

    ह्युमपाइप राखेर अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुलाइयो

      काभ्रेपलाञ्चोक,अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् । गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा...

  • २०८२ आषाढ २२, आइतबार

    आषाढ शुक्ल एकादशीः घरका मठमा तुलसी रोपियो

      काठमाडौँ, बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो । आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका डा वंशदीप शर्मा खरेलले...

  • २०८२ आषाढ २२, आइतबार

    त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    कीर्तिपुर, कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी...

Pages