STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८२ आषाढ २२, आइतबार

    ह्युमपाइप राखेर अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुलाइयो

      काभ्रेपलाञ्चोक,अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् । गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा...

  • २०८२ आषाढ २२, आइतबार

    आषाढ शुक्ल एकादशीः घरका मठमा तुलसी रोपियो

      काठमाडौँ, बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो । आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका डा वंशदीप शर्मा खरेलले...

  • २०८२ आषाढ २२, आइतबार

    त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    कीर्तिपुर, कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी...

  • २०८२ आषाढ ११, बुधबार

    बालुवा, ढुंगा झिक्न वा बहाब क्षेत्र सफा गर्न कीर्तिपुर र ललितपुर सक्षम छ : नेकपा माओवादी केन्द्र कीर्तिपुर

    कीर्तिपुर/ललितपुर महानगरपालिका १८ वडा र कीर्तिपुर नगरपालिका ६ वडाबीच सीमानाको रुपमा रहेको ऐतिहासिक चोभार गल्छी न्हसिकापको दायाँबायाँका चट्टान ढुंगाहरु काटेर विष्फोट गराएर बागमती खोला फराकिलो गर्ने निर्णय नेपाल सरकार गृहमन्त्रालय एवं शहरी विकास मन्त्रालयले गरेको समाचार बाहिरिएको छ । सरकारको यो निर्णयलाई विरोध गर्दै नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिले एक प्रेस विज्ञप्ति सार्वजनिक गरी चोभार...

  • २०८२ आषाढ १०, मंगलबार

    ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

    काठमाडौं - ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।    महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्।  चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ।  नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार,...

  • २०८२ आषाढ १०, मंगलबार

    ललितपुरमा १६ वडाका महिलाहरुलाई उद्घोषण प्रशिक्षण

    ललितपुर महानगरपालिका १६ वडाको तत्वावधानमा महिला केन्द्रित उदघोषण तालिम सम्पन्न भएको छ । वडाका अध्यक्ष निर्मलरत्न शाक्यले उदघोषण तालिममा सहभागी प्रशिक्षार्थीहरुमा आएको परिवर्तनले आफू उत्साहित भएको बताउनु भएको छ । ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा भएको १५ दिने उद्घोषण तथा ३ दिने प्रस्तावना, प्रतिवेदन लेखन प्रशिक्षणको समापन समारोहमा उहाँले यस्तो धारणा राख्नु भएको हो ।  यस वडाका महिला सदस्य...

  • २०८२ जेठ १८, आइतबार

    काठमाडौंमा थपिए तीन निषेधित क्षेत्र

    काठमाडौं । राजावादी आन्दोलन चर्किएसँगै प्रशासनले निषेधित क्षेत्र पनि थपिरहेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन स्थानलाई निषेधित क्षेत्र तोकेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्र निषेधित क्षेत्रमा परेका छन् । बढीमा दुई महिना यो निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

  • २०८२ जेठ १६, शुक्रबार

    जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, आइतबार भोटो जात्रा

    ललितपुर - रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर आज जावलाखेल पुर्‍याइएको छ । बिहीबार अपराह्नदेखि रथ तान्न सुरु गरेर साँझ जावलाखेल पुर्‍याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । बिहीबार जावलाखेल पुर्‍याएसँगै अब आइतबार भोटो जात्रा मनाइनेछ ।  रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो...

  • २०८२ जेठ १४, बुधबार

    महानगरको बैठक ५ महिनादेखि ठप्प, बजेट प्रभावित हुने

    काठमाडौँ - सोमबार काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले मेयर बालेन्द्र शाहसँग महानगरपालिकाको कार्यपालिका बैठक बोलाउन माग गरे । महानगरका ४२ कार्यपालिका सदस्यमध्ये ४१ जनाले कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् । त्यसरी माग गर्नेमा मेयर बालेनबाहेक सबै छन् । पछिल्लोपटक काठमाडौँ महानगरपालिकाको बैठक नबसेको साढे ५ महिनाभन्दा धेरै समय भयो । २०८१ मंसिर २३ मा कार्यपालिकाको पछिल्लो बैठक बसेको...

  • २०८२ जेठ १३, मंगलबार

    राजु पाण्डेको स्पष्टीकरण– कानुनबमोजिम नै प्रमुख प्रशासकीय अधिकृतलाई रोकेको हुँ

    काठमाडौं - काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्।  सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिए।  उनका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन्।  उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ, उनले भने, उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ। हामी...

  • २०८२ जेठ १३, मंगलबार

    तीनकुने घटना: २६ जनालाई ६० दिन थुनेपछि निर्दोष भन्दै छाडियो

    काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झण्डै डेढसय जनालाई पक्राउ गरेको थियो। ती मध्ये केहीलाई म्याद थप नगरी र अरु पछि अनुसन्धानका क्रममा प्रहरीले रिहा गरेको थियो।  तर अन्तिमसम्म पनि संलग्नता देखिएको भन्दै अदालतबाट म्याद थप गरिरहेका २६ जनालाई भने अन्तिम दिनसम्म थुनेर छाडिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गर्दा आइतबार २६ जनाको संलग्नता...

  • २०८२ जेठ ७, बुधबार

    काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण

    काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार रातोपाटीसँग उनले भने, ‘यस विषयमा म केही बोल्दिनँ । बाँकी आफैँ बुझ्नुस् ।’ केही अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका...

Pages