उपत्यका
-
२०७७ चैत्र २९, आइतबार
नागार्जुनको जंगलमा आगलागी
काठमाडौं, २९ चैत - काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगो लागेकाे छ । आइतबार दिँउसो डढेलो लागेको निकुञ्ज कार्यालयले जनाएको छ । आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् । तीन वटा दमकलसहित करिब दुई सयजना आगो नियन्त्रणमा खटिएको निकुञ्ज कार्यालयले जनाएको छ । दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन...
-
२०७७ चैत्र २९, आइतबार
स्वास्थ्य सुरक्षा अपनाएर सेतो मछिन्द्रनाथको जात्रा यसरी हुँदैछ
काठमाडौं, चैत २९ – कोरोना भाइरस संक्रमणको जोखिमबीच अलमल अवस्थामा रहेका काठमाडौं उपत्यकाका विभिन्न जात्राहरु यस वर्ष स्वास्थ्य सुरक्षा अपनाएर गर्न जात्राआवद्ध विभिन्न संघसंस्था एवं गुठीहरुले निर्णय गरेका छन् । यसैक्रममा काठमाडौंको ठूलो जात्रा सेतो मछिन्द्रनाथको रथयात्रा पनि स्वास्थ्य सुरक्षा अपनाएर संचालन गर्ने निर्णय भएको सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । जात्रालाई भव्य एवं...
-
२०७७ चैत्र २९, आइतबार
आज घोडेजात्रा पर्व मनाइँदै
काठमाडौँ - आज घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन...
-
२०७७ चैत्र २८, शनिबार
उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु
मध्यपुरथिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता शुरु भएको छ । ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा मध्यपुरथिमिको बालकुमारीमा भएको प्रतियोगिताको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले मध्यपुरथिमि नगरपालिकाले धिमे बाजा, मुस्या बाजा, बाँसुरी बाजालगायत ऐतिहासिक जात्रा पर्वका लागि अत्यावश्यक बाजाको संरक्षणमा...
-
२०७७ चैत्र २५, बुधबार
बिस्काः जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ - सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो। यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय...
-
२०७७ चैत्र २५, बुधबार
नेपालभाषा पढाउन लागेका होइनौँ, माध्यम मात्रै भाषा हो : मेयर शाक्य
काठमाडौँ महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, संस्कार, संस्कृति र सम्पदालाई सदाकालका लागि जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबु काठमाण्डौं ले महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको छ । उहाँहरुलाई अभिनन्दन गर्नुअघि उहाँहरुलाई...
-
२०७७ चैत्र २४, मंगलबार
बर्दियाको नरभक्षी बाघ सदर चिडियाखानामा
काठमाडौँ - बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ । निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित केन्द्रीय सदर चिडियाखनामा ल्याएको हो । आइतबार गैडा गणना गरी फर्कने क्रममा हात्तीलाई घाँस काटदै गरेको अवस्थामा हात्तीसारका कर्मचारी ३४ वर्षीय पुलिसराम थारुको सोही बाघले...
-
२०७७ चैत्र २४, मंगलबार
भक्तपुरको बिस्केट जात्रा रोक्ने निर्णयप्रति सेतो मछिन्द्रनाथ रथयात्रा समितिको ध्यानाकर्षण
काठमाडौं – यस वर्षका बिस्केट जात्रा रोक्ने भक्तपुर प्रशासनको निर्णयप्रति सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति ११४१, काठमाडौंले ध्यानकर्षण जनाएको छ । कोरोना महामारी फैलिन सक्ने आशंकामा भक्तपुर प्रशासनले यस वर्ष पनि बिस्केट जात्रामा रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांस्कृतिक जात्रा पर्व, परम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार...
-
२०७७ चैत्र २४, मंगलबार
काठमाडौं उपत्यका आउनेकाे एन्टिजेन परीक्षण गरिने
काठमाडौं - अब काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिको एन्टिजेन परीक्षण गरिने भएको छ। काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले काठमाडौं आउनेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरिने निर्णय गरेको हो। उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।...
-
२०७७ चैत्र २४, मंगलबार
सेतो मच्छेन्द्रनाथको रथयात्रा निकालिने
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने संघसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक...
-
२०७७ चैत्र २३, सोमबार
भक्तपुरको बिस्केट जात्रा यस वर्ष पनि राेकिने
काठमाडौँ - कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाइएको जानकारी दिए । उनले भने, ‘रथको पूजा गर्न पाउने तर लिंगो...
-
२०७७ चैत्र २०, शुक्रबार
आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहर उठ्ने
काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या भएको थियो । लामो समयको अवरोधपछि आज...


