STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ बैशाख १५, बुधबार

    बु‌ंगद्यःको न्हव‌ं (महास्नान) सम्पन्न

    आज ललितपुरमा बु‌ंगद्यः (रातो मच्छिन्द्रनाथ)को न्हव‌ं (महास्नान) गरिएको छ । चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहेको छ । मच्छिन्द्रनाथलाई पाटन सुन्धारा, गाःबहाल, हरिसिद्धि आदि स्थानबाट ल्याइएको पूजा सामग्री तथा बुङ्मतीबाट घडामा ल्याएको जलले महास्नान गरिन्छ ।

  • २०७८ बैशाख १५, बुधबार

    आज रातो मच्छिन्द्रनाथको महास्नान

    वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । मच्छिन्द्रनाथलाई आज दिउँसो ३ बजेर १० मिनेटमा तःबहालको मन्दिरबाट बाहिर झिक्ने साइतअनुसार महास्नान गर्न लगिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताउनुभयो । उहाँले...

  • २०७८ बैशाख १५, बुधबार

    दूरसञ्चार प्राधिकरणको सेवा अनलाइनमार्फत

    नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो । प्राधिकरणले एक सूचना जारी गरी अर्काे सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत हुने जनाएको हो ।     प्राधिकरणका प्रवक्ता सन्तोेष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका...

  • २०७८ बैशाख १५, बुधबार

    गाेंगःबुँ बसपार्कमा काठमाडाैं छाेड्नेको भीड

    काठमाडौँ - काठमाडौंको गाेंगःबुँस्थित नयाँ बसपार्कमा काठमाडाैं छाेड्ने यात्रुको भिडभाड बुधबार पनि देखिएको छ । बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरु नयाँ बसपार्क पुग्दा भीड बढेको हो । भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् । बुधबार पनि गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि...

  • २०७८ बैशाख १५, बुधबार

    विपन्न सङ्क्रमितकाे उपचारमा काठमाडाैं महानगरपालिकाले सहयाेग गर्ने

    काठमाडाैं - काठमाडाैं महानगरपालिकाले विपन्न कोरोना सङ्क्रमितको उपचारका लागि रकम निकासा गर्ने भएको छ । महानगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न ठूला वडालाई एक लाख रुपियाँ, मझौला वडालाई ७५ हजार रुपियाँ र साना वडालाई ५० हजार रुपियाँसम्म निकासा पठाउने निर्णय गरेको छ । यसैगरी समुदायस्तरमा सचेतना बढाउन...

  • २०७८ बैशाख १४, मंगलबार

    उपत्यकाकाे निषेधाज्ञामा के गर्न पाइन्छ के गर्न पाइँदैन ? (आदेशसहित)

    काठमाडौं - काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ। काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज साँझ एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।   बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, सङ्घसंस्था र पेशाकर्मी, व्यवसायी एवम् आम नागरिकको...

  • २०७८ बैशाख १३, सोमबार

    लकडाउन अघि घर जान दुई दिनको समय

    काठमाडौं - सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताएका हुन् । सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय...

  • २०७८ बैशाख १३, सोमबार

    नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउँछ भन्ने उपमेयर हरिप्रभाको दावी

    काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताउनु भएको छ । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उहाँको भनाइ थियो । मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिमको समापन समारोहका प्रमुख अतिथि उपमेयर श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै राख्नुभएको मन्तब्यमा...

  • २०७८ बैशाख १३, सोमबार

    वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

    काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइने भएको छ ।  सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि  निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने जानकारी दिए । ‘कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न...

  • २०७८ बैशाख १३, सोमबार

    मास्क नलगाउने १३ सयभन्दा बढी प्रहरीकाे होल्डमा

    काठमाडौँ - काठमाडौँमा मास्क नलगाउने १३ सयभन्दा बढीलाई प्रहरीले केही बेर होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ । आज मात्रै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा मास्क नलगाइ हिँड्ने १३ सय २५ जनालाई सम्झाइबुझाइ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले...

  • २०७८ बैशाख १३, सोमबार

    उपत्यकाका सिडीओहरुको बैठक बस्दै, तीन जिल्लामा निषेधाज्ञा लाग्न सक्ने

    काठमाडौं - काठमाडौं उपत्यकाका ३ जिल्लाको प्रमुख अधिकारी (सिडिओ)हरूको संयुक्त बैठक आज बस्दैछ । पछिल्लोसमय बढ्दो कारोना भाइरस संक्रमणको जोखिम तथा नियन्त्रणबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको हो । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको...

  • २०७८ बैशाख १२, आइतबार

    उपत्यकाका सबै जिप्रकाका अत्यावश्यक बाहेक सबै सेवा स्थगित

    काठमाडौं -  काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा...

Pages