उपत्यका
-
२०७८ बैशाख २९, बुधबार
रातो मच्छिन्द्रनाथको रथारोहण
वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो । आवश्यक विधि अपनाएर जयजयकारसहित करुणामयलाई रथमा साँझ विराजमान गराइएको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्षझैँ पुल्चोकको दमकलचोकस्थित...
-
२०७८ बैशाख २८, मंगलबार
उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा
काठमाडौं - काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञाको समय थपेसँगै केही नयाँ निर्णय गरिएको छ । यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम परिवर्तन गरिएको छ । अब बैङ्क्वेट र होटलमा हुने विवाहमा पूर्ण प्रतिबन्ध लगाइएको छ । घरमा आयोजना गरिने वैवाहिक कार्यक्रममा चाहिँ १० जनाभन्दा कम मानिस मात्रै उपस्थित भएर विवाह गर्न पाउँछन् । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना...
-
२०७८ बैशाख २७, सोमबार
उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी
काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ । यसबारे भोलि मंगलबार पुनः बैठक बसेर त्यसबारे औपचारिक निर्णय गरिने जनाइएकाे छ । कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ...
-
२०७८ बैशाख २६, आइतबार
१३ सयजनाले महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा लिए
काठमाडौं महानगरपालिकाको निःशुल्क एम्बुलेन्सबाट कहिलेसम्म मा एक हजार ३०१ जनाले सेवा पाएको छ । महानगरपालिका सुत्रले जनाए अनुसार बैशाख १६ गतेबाट सन्चालन गरिएको यस सेवा अन्तर्गत नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन । एम्बुलेन्स सेवाको बैशाख २५ गतेसम्मको र संयुक्त एम्बुलेन्स चालक संघको बैशाख २३ गतेसम्मको हो ।...
-
२०७८ बैशाख २६, आइतबार
उपत्यका नगरपालिका फोरमले थेरापीसहित आईसोलेसन सञ्चालन गर्ने
उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा उपयुक्त स्थानमा अक्सिजन थेरापीसहित एकिकृत आईसोलेसन सञ्चालन गर्ने भएको छ । आईतवार फोरमको बैठकले आईसोलेसन सञ्चालनको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र उपत्यकाभित्र रहेको अस्पतालको क्षमतामा बृद्धि गर्न आवश्यक सहयोग गर्ने समेत निर्णय गरेको छ । फोरमको बैठकले गरेको ४ बुँदे निर्णय अनुसार अक्सिजन आपूर्तिको लागि सरकारलाई अनुरोध गर्ने, कोभिड परिक्षणको...
-
२०७८ बैशाख २५, शनिबार
काठमाडौ महानगरपालिकाले शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर प्रदान
काठमाडौं महानगरपालिकाले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टिलेटर दिएका छन् । शनिवार महानगर प्रमुख विद्या सुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेलाई सो भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । यसबाट कोभिड संक्रमण उपचारमा केहि सहयोग हुने महानगरको विश्वास रहेको प्रमुख शाक्यले बताए । \ मेयर शाक्यले सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग...
-
२०७८ बैशाख २४, शुक्रबार
आनन्दकुटीमा तयार भयो आइशोलेशन
माननीय सांसद जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट यहाँको आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ । आइसोलेसन केन्द्र सञ्चालन बारे जानकारी दिन आज शुक्रबार एक पत्रकार सम्मेलनमा सांसद श्रेष्ठले कार्यक्रमको कूल बजेट मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँ बजेट आइसोलेशन सञ्चालनका लागि विनियोजन गरिएको बताएका छन् । उनले कोरोनाको पहिलो लहर चलेकै...
-
२०७८ बैशाख २४, शुक्रबार
काठमाडौँमा ३ हजार बढी संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमित भेटिएका छन् । गण्डकीमा कास्कीमा ३९३, लुम्बिनीमा दाङमा ३६६ तथा रुपन्देहीमा ७३० जना संक्रमित...
-
२०७८ बैशाख २३, बिहिबार
सांसद जीवनरामबाट सर्वसाधारणलाई मास्क तथा साबुन वितरण
कोरोना भाइरस (कोभिड -१९)को दाेस्रो लहरबाट बच्न काठमाडौं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हो । कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन्। काठमाडौं उपत्यकामा कोरोनाको...
-
२०७८ बैशाख २१, मंगलबार
अनधिकृत निर्माण सामाग्री र प्रचार सामाग्री हटाउँदै महानगरपालिका
काठमाडौँ महानगरपालिका प्रहरी अहिले विकास साझेदारले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउने काममा सक्रियता देखाएको छ । महानगरका ठूला आठ वटा आकाशे पुलमा राखिएका प्रचार सामाग्री महानगरपालिका प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामाग्री उक्काउन कठिन भएकोले रङ्ग पोतेर छोडिएको छ । अनधिकृत निर्माण सामाग्री हटाउने क्रममा कलंकीदेखि त्रिपुरेश्वरको मुल सडक, सुन्धारा, नयाँ...
-
२०७८ बैशाख २१, मंगलबार
कडाइको निर्णयसहित काठमाडौं उपत्यकाको निषेधाज्ञा लम्ब्याइयो
काठमाडौं - काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित आउँदो २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले जानकारी दिए । बैठकले खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको...
-
२०७८ बैशाख २१, मंगलबार
काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याउने तयारी
काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउने प्रशासनले जनाएको छ । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिइसकेको छ । अब हुने निषेधाज्ञा कसरी कडाइ गर्ने भन्नेबारे दैनिक छलफल भइरहेको छ । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले आज पनि छलफल गर्दैछन् । काठमाडौं उपत्यकामा पहिलो चरणको...


