STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ मङ्सिर २०, शनिबार

    सम्पदा निर्माण/पुनर्निर्माण महानगरको प्राथमिक योजना - मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ । उहाँले सम्पदा संरक्षणलाई महानगरपालिकाले  प्राथमिकतामा राखेर निर्माण–पुनर्निर्माणको अभियान अघि बढाएको पनि बताउनु भयो । आज वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर शाक्यले सम्पदा...

  • २०७७ मङ्सिर १८, बिहिबार

    भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार

      भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा रानीपोखरी अध्ययन समिति गठन गरेको थियो । समितिले रानीपोखरीको ऐतिहासिक पक्ष, पोखरीको मौलिक स्वरूपलगायतका सबै पक्षको अध्ययन गरी प्रतिवेदन तयार गरेको बताइएको छ ।...

  • २०७७ मङ्सिर १८, बिहिबार

    संघीयताको मर्मलाई थप बलियो बनाउन भगिनी सम्बन्धहरु स्थापनामा जोड दिएका छौँ : मेयर शाक्य

    काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य अहिले स्वदेशका विभिन्न शहरहरुसित भगिनी सम्बन्ध बनाउने अभियानमा लाग्नु भएको छ   भने केही दिन अघि मात्रै रामग्राम नगरपालिसँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले चन्दननथासँग पनि छिटै औपचारिक रुपमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयो ।   काठमाडौँ...

  • २०७७ मङ्सिर १७, बुधबार

    पाटन दरबार सङ्ग्रहालयमा चहलपहल बढ्यो

    ललितपुर – पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ । मुलुकमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै उक्त दरबार सङ्ग्रहालय बन्द भएको थियो । यही मङ्सिर ८ गतेदेखि दरबार सङ्ग्रहालय इच्छुक सर्वसाधारणका लागि खुला भएसँगै चहलपहल बढेको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र सङ्ग्रहालय खुल्ने गरेको अधिकृत सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो दिन २५ हुँदै शनिबार बिदाका दिन...

  • २०७७ मङ्सिर १६, मंगलबार

    पाटनको प्राचीन अग्निशालामा जस्ता हटाएर तामाको छाना हालिने

      ललितपुर महानगरपालिका–१९ स्थित प्राचीन अग्निशालामा जस्ताको छाना हटाएर अब तामाको छाना राखिने भएको छ । महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर गौरवशाली योजनाअन्तर्गत उक्त काम अघि बढाउन लागेको हो । पुरानो सम्पदालाई जोगाइराख्न महानगरपालिकाले रु ४० लाख बजेट छुट्याइसकेको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “अब तुरुन्तै यो काम अघि बढाइनेछ । एकदम राम्रोसँग काम सम्पन्न...

  • २०७७ मङ्सिर १६, मंगलबार

    काठमाडौंमा सभा, जुलुस र प्रदर्शन गरे कारबाही

    काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन र अभियान संचालन नगर्न आग्रह गर्दै अटेर गरे कारबाही गरिने जनाएकाे छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्था भयावह रहेको भन्दै काठमाडौं प्रशासनले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो। प्रशासनले काठमाडौंमा मानिसको भीडभाड अत्यधिक भएको भन्दै कोरोना संक्रमण रोकथाममा निकै चुनौति थपिएको जनाएको छ। 'पछिल्लो समय जिल्लामा विभिन्न...

  • २०७७ मङ्सिर १४, आइतबार

    जात्रा पर्वहरु संयमित भई मनाउन शताब्दिपुरुष जोशीको आग्रह

    वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले कोरोना भाइरसको महामारीमा हामीले संस्कृति, जात्रापर्व संयमित भएर मनाउनुपर्ने सन्देश दिनुभएको छ । यस्ता महामारीलाई हलुका रुपमा लिनु हुँदैन । जात्रा, चाडपर्व मनाउनै कर लागेमा विधि पूरा गरी छोट्याएर गर्न सकिन्छ । यसपालिको कात्तिक नाच दुई मात्र मञ्चन भयो । यसलाई राम्रो उदाहरणको रुपमा लिन सकिन्छ भन्ने राय वाङ्गमय शताब्दि पुरुष जोशीको रहेको छ । नेवाः पत्रकार राष्ट्रिय...

  • २०७७ मङ्सिर १४, आइतबार

    सहायको आश्रयस्थल तारकेश्वरमा बन्ने, शाक्य नेतृत्वको टोलीद्वारा स्थलगत निरीक्षण

    बेसहारा तथा सहयोगापेक्षी सडक मावनको व्यवस्थापनका लागि काठमाडौँको तारकेश्वरस्थित मानवसेवा आश्रमको प्रस्तावित भवन निर्माणस्थलको आज प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न पुगेको शाक्य नेतृत्वको टोलीमा  काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाका प्रतिनिधिसमेत सहभागी...

  • २०७७ मङ्सिर ११, बिहिबार

    कार्तिक नाचको बराह भगवानले लगाउने मुकुट करिब सय वर्षपछि फेरिने

    पाटन दरबार क्षेत्र मंगलबजारस्थित   हरेक वर्ष कार्तिक महिनामा मन्चन गरिने पौराणिक नृत्य अन्तर्गत देखाइने  कार्तिक डबलीमा बेलुक भोलि शुक्रबार बराह नाच देखाइने भएको छ । भगवान् विष्णुको तेस्रो अवतार वराहको नाच हो । कार्तिक नाच अन्तर्गत नरसिंह नाचपछिको मुख्य आकर्षण भनेको बराह नाच हो ।   सयवर्ष  अगाडि देखि बराह अवतारले लगाउने मुकुट करिब सय वर्षपछि फेरिने भएको छ । पुरानो र जीर्ण भइसकेकोले मुकुट फेर्न...

  • २०७७ मङ्सिर १०, बुधबार

    ज्याठा पञ्चदान गुठी प्रजापति खल भवन निर्माणका लागि शिलान्याश सम्पन्न

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज ज्याठा पञ्चदान गुठी प्रजापति खल भवन निर्माणको शिलान्यास गर्नुभएको छ । वडा २५ ज्याथा द्योलुवीमा खलःले आयोजना गरेको कार्यक्रममा मेयर शाक्यले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।  यसमा निर्माण हुने भवनको नक्सा दस्तुर मिनाहा गर्ने प्रस्तावमा छलफल गर्दै असोज १८ गते बसेको कार्यपालिका बैठकले ३ लाख १५ हजार ८०५ रुपैयाँ दस्तुर मिनाहा गर्ने निर्णय गरेको...

  • २०७७ मङ्सिर १०, बुधबार

    यस वर्ष कात्तिक नाच नरोकिने, १८ वर्षमुनि र ६० वर्ष माथिकालाई संलग्न नगराइने

    ललितपुर – आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ । मुलुकमा फैलिरहेको महामारीका कारण यही मङ्सिर १२ र १३ गते दुई दिन मञ्चन हुने भएको नाचमा यस वर्ष कोभिडलाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो । अठार वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा यसबाहेक अन्य उमेर समूहका...

  • २०७७ मङ्सिर १०, बुधबार

    माइतीघरदेखि तीनकुनेसम्मका ५१ वटा साइनबोर्ड महानरपालिकाले हटाए

    काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका   ५१ वटा विज्ञापन बोर्ड हटाएको छ । ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्द्दनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि काठमाडौं महानगरपालिकाले ती विज्ञापन बोर्ड हटाएको हो ।  माइतीघर मण्डलाको सौन्दर्यीकरण...

Pages