खेलकुद
-
२०७६ फाल्गुण १८, आइतबार
पर्यटन प्रवद्र्धनका लागि दौडको सहारा
जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौडको सहारा लिने गरिएको छ । जिल्लाका स्थानीय तह एवं सङ्घसंस्थाले पर्यटकीयस्थलको प्रचारप्रसार गर्न दौड प्रतियोगिता आयोजना गर्ने गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० चलिरहेका अवस्थामा उक्त ठाउँमा पर्यटक आकर्षित गर्न खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । तनहुँको देवघाट गाउँपालिका–२ स्थित पर्यटकीयस्थल...
-
२०७६ फाल्गुण १६, शुक्रबार
प्रथम गौतमबुद्ध कप टी–२० प्रतियोगिता शुरु
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानद्वय राजु खड्काले ब्याटिङ र विनोद दास बलिङले गरी संयुक्तरूपमा शुभारम्भ गर्नुभयो । भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम...
-
२०७६ फाल्गुण १५, बिहिबार
हुम्डेमा आइस क्लाइम्बिङ र स्की परीक्षण
प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारिको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका धेरै भाग मनाङमा नै पर्दछ । पदयात्राका लागि विभिन्न देशबाट पर्यटकको आगमन हुने गरेको मनाङमा पछिल्ला समयमा स्वदेशी पर्यटक बढ्दै गएका छन् । पदयात्री मनाङको थोरङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् । थोरङ्ला भञ्ज्याङको उचाइ पाँच हजार ४१६ मिटर...
-
२०७६ फाल्गुण १३, मंगलबार
बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड फागुन २४ मा
जिल्ला खेलकूद विकास समितिद्वारा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन २४ र २५ गते हुने भएको छ । समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार भरतपुरको गेष्टहाउस चौरम हुने सो प्रतियोगितामा महिला र पुरुषको एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएका छन् । कक्षा १२ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । यहाँ एक महानगरपालिका, एक...
-
२०७६ फाल्गुण ११, आइतबार
करङकाठमा फुटसल सञ्चालन
तनहुँको व्यास नगरपालिका–१ करङकाठमा रु एक करोडको लगानीमा फुटसल सञ्चालनमा आएको छ । स्थानीय पाँच युवाको लगानीमा यहाँ फुटसल सञ्चालनमा आएको हो । फुटबलप्रति अत्यन्तै आकर्षण रहेको यस ठाउँमा बजार बाक्लिँदै गएपछि खेलमैदान अभाव भएका कारण जग्गा भाडामा लिएर फुटसल मैदान तयार गरिएको सञ्चालक सन्तोष दरैले जानकारी दिनुभयो । तीन रोपनी जग्गा भाडामा लिएर तीन वटा मैदान बनाइएको छ । उक्त मैदानमा सेभेन ए साइडको एक र...
-
२०७६ फाल्गुण १०, शनिबार
आहा १ रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि
पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा १ रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ । प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्ने आज पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । गत वर्ष विजेताले रु आठ लाख...
-
२०७६ फाल्गुण १०, शनिबार
सन्दीपद्वारा धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग
क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गर्नुभएको हो । सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले प्रत्येक...
-
२०७६ फाल्गुण ९, शुक्रबार
खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि
‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको उद्घाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने जानकारी...
-
२०७६ फाल्गुण ६, मंगलबार
शक्ति गौचन र जङ्गबहादुरलाई रुपन्देहीमा सम्मान
अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग इपीएल समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा गर्नुभएको थियो । दायाँहाते...
-
२०७६ फाल्गुण ६, मंगलबार
मध्यपुर युथ असोशिएसनलाई लिनिङ्गको साथ मध्यपुर थिमी,
शहिद स्मारक बि डिभिजन लिग २०७६ फुटबलमा जित्न लागिपरेका मध्यपुर युथ एसोसिएशनको समुहलाई लि(निङ्गले साथ दिने भएको छ । लि(निङ्ग नेपालले प्रायोजन गर्ने उक्त खेलाडी समुहकालागि करीब ५ लाख बराबरको लि(निङ्ग कम्पनी बाट उत्पादिआवश्यक सहयोग सामग्री मध्यपुर युथ एसोसिएशनका अध्यक्ष उपेन्द्र मान सिहलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । सामान हस्तांतरण गर्दै लि(निङ्ग नेपालका अध्यक्ष राजन महर्जनले भने, ूयस...
-
२०७६ फाल्गुण २, शुक्रबार
आइटिएफ टेनिसको सेमि फाइनलमा प्रेरणा र अभिलाषा
नेपालका प्रेरणा कोइराला र अभिलाषा विष्ट पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन आइटिएफको जुनियर यु–१८ टेनिस प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गर्नुभएको छ । जिल्ला टेनिस सङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय टेनिस महासङ्घको समन्वयमा माघ २७ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भइरहेको प्रतियोगिताको बिहीबार भएको महिला एकलतर्फको प्रतिस्पर्धामा कोइरालाले नेपालकै सलोनी तामाङलाई ७–५ र ६–४...
-
२०७६ फाल्गुण १, बिहिबार
‘ए’ डिभिजन लिग स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा ग¥यो । हेमन्त श्रेष्ठको...


