STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ माघ २९, बुधबार

    अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान

    अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए ।...

  • २०७६ माघ २८, मंगलबार

    आइसीसी विश्वकप लिग दुई ओमानलाई उछिन्ने प्रयासमा अमेरिका

    आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो । यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित भएको थियो । अमेरिकाको पूरै ध्यान ओमानलाई उछिनेर शीर्षस्थानमा उक्लिने रहनेछ । ओमान हालसम्म नौ खेलमा सातमा जित तथा दुईमा हारका साथ १४...

  • २०७६ माघ २७, सोमबार

    मागेको पोशाकले सिकेको कराते , जसले स्वर्णपदक चुम्यो

    साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, “स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराते सिक्न शुरु ग¥यौँ ।” तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० को स्वर्ण पदक चुम्दा नवीनले तिनै सङ्घर्षपूर्ण दिनहरु सम्झे । काठमाडौँको बालाजु कराते–डो...

  • २०७६ माघ २६, आइतबार

    साग फुटबलमा स्वर्ण जित्नेलाई साढे पाँच लाख

    अखिल नेपाल फुटबल सङ्घ एन्फा ले १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख ५० हजार पुरस्कार दिने भएको छ । एन्फाको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो । सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख दिने घोषणा गरिसकेको छ ।...

  • २०७६ माघ २४, शुक्रबार

    ढोरपाटन महिला भलिबल डायमन्ड र पुलिस विजयी

    न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब यहाँ जारी १५औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गतको खेलमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा न्यू डायमन्डले चितवनलाई ३–० सेटले हराएको हो । सो खेलमा डायमन्ड २५–१५, २५–१७ र २५–१९ अङ्कले विजयी भयो । जितसँगै डायमन्ड सात खेलबाट १५ अङ्क जोडेर चौथो स्थानमा छ । यस्तै पुलिसले चितवत टाइगर्सलाई ३–०...

  • २०७६ माघ २३, बिहिबार

    आइसिसी विश्वकप लिग दुई ः अमेरिका र ओमानबीचको खेल आज

    आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिका र ओमानबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । यसअघि अमेरिकाले आठ खेलमा छ मा जीत निकाल्दै १२ अङ्क जोडिसकेको छ । अमेरिका अङ्क तालिकाको शीर्ष स्थानमा छ । ओमान सात खेलमा पाँचमा जीतसहित १० अङ्क...

  • २०७६ माघ २३, बिहिबार

    महङ्गा भए ब्याडमिन्टन कभर्डहल

    शारीरिक तन्दुरुस्ती र खेलको विकासका लागि बिहानको समयमा ब्याडमिन्टन खेल्नेको सङ्ख्या यस जिल्लामा प्रतिदिन बढ्दै गएको छ । पहिले बिहान हिँडेर ९मर्निङ वाक० शारीरिक अभ्यास गर्नेहरु अहिले ब्याडमिन्टन खेलतर्फ आकर्षिक भएका छन् तर पूर्वाधार अभावले उनीहरुको ब्याडमिन्टन खेल्ने चाहनालाई भने खुम्च्याइदिएको छ । शहरी क्षेत्रमा भएका केही ब्याडमिन्टन कभर्डहल सीमित व्यक्तिको कब्जामा छन् । कभर्डहल प्रवेशमा अत्यधिक...

  • २०७६ माघ २२, बुधबार

    नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

    क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक हो । नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ ।...

  • २०७६ माघ २२, बुधबार

    विश्व वरियतामा नेपाली महिला भलिबल

    अन्तरराष्ट्रिय भलिबल महासङघ एफआइभीबीले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क रहेको छ । त्यस्तै नेपाली महिला भलिबल...

  • २०७६ माघ २१, मंगलबार

    उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ । यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक...

  • २०७६ माघ २०, सोमबार

    प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा

    प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ आँै सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ । नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया...

  • २०७६ माघ १९, आइतबार

    त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप

    नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन प्रतियोगिता सम्पन्न भएका थिए । देशभरका ३१ प्रतियोगी सो प्रतियोगितामा रञ्जन कँडेल प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय हुनुभएको थियो । विभिन्न तीन विधामा सम्पन्न सो प्रतियोगितामा छ सय पूर्णाङ्कमा ४९० अङ्क ल्याई कँडेल...

Pages