STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ माघ १९, आइतबार

    साग पदक विजेता सम्मानित

    तेह्रौँ दक्षिण एशियाली खेलकूद साग मा पदक विजेता जिल्लाका तीन खेलाडीलाई बागलुङ नगरपालिकाले नगदसहित सम्मान गरेको छ । कराँतेका स्वर्ण पदक विजेता तमानखोला गाउँपालिका–२ का नवीन रसाइली, भलिबलमा रजत पदक विजेता गलकोट नगरपालिका–१० की सुस्मिता पुन, कराँतेमै कास्यपदक विजेता तमानखोलाकै राजकुमार रसाइलीलाई क्रमशः नगद रु १० हजार, सात हजार ५०० र पाँच हजारसहित सम्मान गरिएको हो । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला...

  • २०७६ माघ १९, आइतबार

    शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटाको जित

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाले १० खेलमा १५ अङ्क जोडेको छ । अजयी मार्टिन्सले सङ्कटाका लागि निर्णायक गोल गरे । उनले खेलको २१औँ मिनेटमा क्षितिज राज जिटीको पासमा गरेको एक गोल नै सङ्कटाका लागि निर्णायक गोल सावित...

  • २०७६ माघ १७, शुक्रबार

    ढोरपाटन महिला भलिबल ः चार खेल सम्पन्न

    पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप’को उद्घाटनको दिन बिहीबार चार खेल सम्पन्न भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड स्पोस्र्टस् क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र बुलबले रारा क्लबले आ–आफ्नो खेलमा विजयी शुरुआत गरेका हुन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको खेलमा एपिएफले चुली युवा क्लबलाई ३–० सेटमा, न्यू डायमन्डले पारा माउन्टलाई...

  • २०७६ माघ १६, बिहिबार

    चितवन प्रिमियर लिग शुक्रबारदेखि

    चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि शुक्रबारदेखि यही माघ २५ गतेसम्म नारायणगढको क्याम्पाचौरमा पहिलो पटक चितवन प्रिमियर लिग गर्न लागिएको हो । नारायणी एडभर्टाइजिङ एन्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट सङ्घको सहआयोजनामा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा जिल्लाका पाँच टिम भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्यान्ड्स र राप्ती ¥...

  • २०७६ माघ १३, सोमबार

    राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा सम्मानित

    राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उहाँलाई रु एक लाख , प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । नेपालमा गत मङ्सिरमा सम्पन्न सागमा शाहीकै कप्तानीमा नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मकै ठूलो सफलता रजत...

  • २०७६ माघ १०, शुक्रबार

    नेवाः फुटसल कासा हुँदै

    नेपाल खड्गी सेवा समितिको आयोजनामा आज र भोलि नेवाः फुटसल कासा हुने भएको छ । समितिको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजना हुने फुटसलमा खड्गी समुदायको दुई समूहका साथै ज्यापु, मानन्धर, देसार, ताम्रकार, राजकर्णिकार, श्रेष्ठ, पुतुवार र बलामी समुदाय बीच प्रतिस्पर्धा हुने भएको छ । प्रथम हुने समूहलाई ५० हजार र द्वितीय हुने समूहलाई २५ हजार नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने...

  • २०७६ माघ १०, शुक्रबार

    नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

    नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन् । अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ । सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् युएई, हङकङ र...

  • २०७६ माघ १०, शुक्रबार

    हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि

    युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले सो उपाधि हात पार्नुभयो । काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उहाँ हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उहाँ जापानमा ‘...

  • २०७६ माघ १०, शुक्रबार

    विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा

    आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगिताका लागि...

  • २०७६ माघ ९, बिहिबार

    भलिबल क्लब च्याम्पियनसिप एपीएफ र न्यू डायमण्ड फाइनलमा

    सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले तथा न्यू डायमण्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमै पराजित गरेको हो । एपीएफले पुलिस क्लबलाई २५–१५,२५–१६ र २५–२२ अङ्कले हराएको हो । यस्तै न्यू...

  • २०७६ माघ ९, बिहिबार

    बुद्धिचालको उपाधि हेटाँैडाका थापालाई

    पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण थापाले जित्नुभएको छ । ५।५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । एसियन एमेच्योर रहनुभएका थापाले २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गर्नुभएको थियो भने हाल इलामको गजुरमुखी क्लबबाट चेस खेल्दै आउनुभएको छ । त्यसैगरी प्रतियोगितामा पाँच...

  • २०७६ माघ ८, बुधबार

    राष्ट्रिय भलिबल आर्मी सेमिफाइनलमा

    राजधानीमा जारी एनभिए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल प्रतियोगिताअन्र्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । नेपाल भलिबल सङ्घ एनभिए को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेप को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९...

Pages