राजनीति
-
२०८१ चैत्र १२, मंगलबार
सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने
काठमाडौं - जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो। कार्यदलको पहिलो बैठक हिजो बसेको जनमतका प्रवक्ता डा। शरदसिंह यादवले बताए। उनले भने, ‘पार्टी एकता निश्चित भइसक्यो। हिजो हामीले कार्यदलको पहिलो बैठक बसेर सामान्य छलफल गरेर काम अघि बढाएका छौँ। चाँडै टुंग्याउँछौं।’ एकीकृत पार्टीको...
-
२०८१ चैत्र ११, सोमबार
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका थिए । पछि उनलाई हटाएर...
-
२०८१ चैत्र ११, सोमबार
कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। विभागीय मन्त्रीले पाँचपटक स्पष्टीकरण माग्दा पनि उनलाई जिम्मेवारीबाट हटाउन नसकेपछि पछिल्लोपल्ट मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोधिएको थियो। कुलमानलाई हटाउनकै लागि उनको कार्यसम्पादन पनि कमजोर...
-
२०८१ चैत्र ११, सोमबार
गणतन्त्र पक्षधरलाई सघाउन एकीकृत समाजवादीको परिपत्र
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ । पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ । केन्द्रीय प्रचार विभाग उपप्रमुख...
-
२०८१ चैत्र १०, आइतबार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक : प्रचण्ड
चितवन - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आउँदो आमनिर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झन्डामुनि एकताबद्ध गरिने बताएका छन् । पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत शनिबार (चैत ९) चितवनमा आयोजित जागरणसभामा उनले भने, “वि.सं. २०८४ को निर्वाचनमा माओवादीहरू र समाजवादीलाई एकताबद्ध गर्ने ठाउँमा ल्याउने तयारीमा छौँ ।” उनले अब आफूहरू...
-
२०८१ चैत्र ७, बिहिबार
प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिए १० सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा १० जना सांसदहरूका प्रश्नको प्रत्यक्ष उत्तर दिएका छन् । बिहीबारको संसद् बैठकमा आमजनता पार्टीका सांसद प्रभु साहले प्रश्नोत्तरलाई कर्मकाण्डी भनेपछि सत्तारुढ र विपक्षीसहितका सासंदहरूका उत्तर प्रधानमन्त्रीले दिएका हुन् । उनले सुरुमा एमालेकै सांसद भगवती चौधरीको प्रश्नको उत्तर दिए । ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष...
-
२०८१ चैत्र ६, बुधबार
तीन टाउकाले देश डुबाए : डा. बाबुराम भट्टराई
काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधानका लागि लोकतान्त्रिक स्थायित्व चाहिएको बताएका छन् । राजधानीमा बुधबार भएको कार्यक्रममा भट्टराईले लोकतान्त्रिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्ने बताए । ‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर,...
-
२०८१ चैत्र ६, बुधबार
परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए. मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन्। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज बिहान सो भेटवार्ता भएको हो। ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी...
-
२०८१ चैत्र ६, बुधबार
त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं - चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो । त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधवार वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए । यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा...
-
२०८१ चैत्र ६, बुधबार
राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई दरबारीया भन्दै अगाडि बढ्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। सोमबार राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन्। यो व्यवस्थामा केही पनि भएन भन्नु गलत हो। हामीले केके गरियो भन्ने बुझाउन सकिएन, उनले भने, अहिले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको...
-
२०८१ चैत्र ६, बुधबार
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता
काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच मंगलबार भेटवार्ता भएको हो। भेटमा उनीहरूबीच नेपाल-भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसी हितका साथै पारस्पारिक...
-
२०८१ चैत्र ६, बुधबार
पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते
काठमाडौं - पाटन संयुक्त क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका हुन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् । अनेरास्ववियु अध्यक्ष समिक बडालले फर्जी मतदाता...


