STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ चैत्र १५, शुक्रबार

    आजको घटनाको जिम्मेवार दुर्गा प्रसाईं : गृह मन्त्रालय

    काठमाडौँ - गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’ आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ...

  • २०८१ चैत्र १५, शुक्रबार

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो । शुक्रबार राजावादीहरुको विरोधसभा हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएको हो ।...

  • २०८१ चैत्र १५, शुक्रबार

    आगजनीका कारण एकीकृत समाजवादीको कार्यालयका महत्त्वपूर्ण कागजात नष्ट

    राजतन्त्र समर्थकले एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरेको छ । राजावादी समर्थक प्रदर्शनकारीले समाजवादीको पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।  आगजनीका कारण महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए । भित्र रहेका सामान पनि बाहिर ल्याएर जलाइएको उनले बताए ।  त्यस्तै, कोटेश्वरको भाटभटेनीमा पनि तोडफोड भएको छ ।...

  • २०८१ चैत्र १५, शुक्रबार

    कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन

    काठमाडौं - सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन गरिएको हो । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिले अवस्था हेरेर निस्किएको बताए । “हामीले कहाँ कहाँ के गर्दैछौँ, हामीले पत्रमार्फत् जानकारी पनि गराउछौँ । अवस्था हेरेर अघि बढ्छौँ । आगजनी भएको क्षेत्रमा हामी निस्कनैपर्ने हुन्छ । किनकि आगो नियन्त्रणमा पनि...

  • २०८१ चैत्र १५, शुक्रबार

    कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री

    काठमाडौं - कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् । “कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने । प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन । "४० मिनेट...

  • २०८१ चैत्र १४, बिहिबार

    शुक्रबार गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्दै, सम्भावित मुठभेड रोक्न ३५ सय प्रहरी खटाइने

    काठमाडौँ - शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्दै छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

  • २०८१ चैत्र १३, बुधबार

    कुलमान प्रकरणले प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं - कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकबाट हटाइएको विषय पेचिलो बनेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक बिहीबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । आधा घण्टाका लागि स्थगित भएर चार घण्टापछि बसेको बैठकमा पनि विपक्षी दलले घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान कायम राखेका थिए । सभामुख देवराज घिमिरले बैठक सञ्चालनका लागि बसेर...

  • २०८१ चैत्र १३, बुधबार

    कुलमान हटाएको विरोधमा सदन र सडकबाट विरोध गर्ने विपक्षी दलहरूको निर्णय

    काठमाडौं - विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा सरकारको विरोध गर्ने निर्णय गरेका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको निर्णयको विरोध गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले विपक्षी दलहरूको बैठकले अलोकतान्त्रिकरूपमा विधि मिचेर सरकारले घिसिङलाई हटाएको...

  • २०८१ चैत्र १३, बुधबार

    सरकारको बर्खास्तीविरुद्ध रिट लिएर सर्वोच्च पुगे कुलमान

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दायर रिट दर्ता प्रक्रियामा भने गएको छैन । “साँझ ५ बजेतिर रिट आएको छ । ढिला आएकाले प्रक्रियामा भने अघि बढेको छैन,” सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले भने, “रिटमा आवश्यक कारबाही भोलि मात्र हुनेछ ।”

  • २०८१ चैत्र १२, मंगलबार

    ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन, सिंहदरबार दक्षिण गेटबाट युवाहरू पक्राउ

    काठमाडौं - ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेका थिए । उनीहरूले ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।  निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।...

  • २०८१ चैत्र १२, मंगलबार

    सरकारले भन्यो– कुलमानसम्बन्धी निर्णय सुशासनसँग जोडिएको छ

    काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । “यो सुशासनसँग जोडिएको विषय हो । हरेक विषयमा हामी व्यापारी होइनौँ, नाफा–नोक्सान हेरिएको हुँदैन,” उनले भने । सडकमा भइरहेको विरोधका सम्बन्धमा उनले भने, “...

  • २०८१ चैत्र १२, मंगलबार

    कुलमानको विषय उठाउन खोज्दा सार्वजनिक लेखा समितिमा तनाव

    काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बर्खास्तीमा परेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषय उठाउन खोजेपछि विवाद भएको छ । मंगलबार समितिको बैठकमा बीपी राजमार्ग, हुलाकी राजमार्गको विषयमा छलफलका लागि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, सचिव उपस्थित छन् । मन्त्री उपस्थित भएलगत्तै समितिका सभापति ऋषिकेश...

Pages