STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ माघ २, बुधबार

    साझा धारणा तयार पार्न विपक्षी दलले बनाए कार्यदल

    काठमाडौं - विपक्षी दलहरूले कार्यदल गठन गरेका छन्। बुधबार बिहान प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको हो। समसामयिक विषयमा विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको एक नेताले जानकारी दिए।  कार्यदलमा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र नेकपा एकीकृत समाजवादीको तर्फबाट वेदुराम भुसाल रहेका छन्...

  • २०८१ माघ १, मंगलबार

    माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी÷माघे सङ्क्रान्ति,मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताउनुभएको छ ।  माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गर्नुभएको...

  • २०८१ पौष २८, आइतबार

    कुलमानले ऊर्जा मन्त्रालयमा बुझाए नौबुँदे स्पष्टीकरण

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आफ्नो स्पष्टीकरण पत्र बुझाएका हुन् । गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई ९ बुँदे स्पष्टीकरण पत्र सोधेको थियो । सातदिने समयसीमा रहेको पत्रको जवाफ घिसिङले आज बुझाएको जानकारी दिए । मन्त्री दीपक खड्काले आफ्नो निर्णयमा साथ नदिएपछि घिसिङलाई हटाउने...

  • २०८१ पौष २८, आइतबार

    रवि लामिछानेलाई न्यायिक हिरासत लगियो

    काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ । काठमाडौं जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको हो । अदालतको ढोकाबाट सलाम गर्दै रवि बाहिर निस्किएका छन्  । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।

  • २०८१ पौष २८, आइतबार

    रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

    काठमाडौं- काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौं आएर प्रहरीको सम्पर्कमा थिए। उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौं...

  • २०८१ पौष २२, सोमबार

    कुलमानलाई सातदिने स्पष्टीकरण

    काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । कार्यसम्पादनको हवाला दिँदै घिसिङलाई सोमबार नाैबुँदे स्पष्टीकरण सोधेको हो । मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको, मन्त्री दीपक खड्काले गठन गरेको समितिलाई तलब, भत्तालगायतका सुविधाको प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ जनाएकोलगायत कारण देखाएर...

  • २०८१ पौष २२, सोमबार

    एमाले नेता अनिल पोखरेलविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं - प्रहरीले नेकपा (एमाले)का सांसद एवम् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न अनुमति लिएको छ । अनिलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनलाई पक्राउ गर्न अदालतसमक्ष अनुमति मागेको थियो । फेसबुक समेत लक गरी बसेका उनी हाल फरार छन् । केहीअघिसम्म उनी काठमाडौंमा थिए...

  • २०८१ पौष २२, सोमबार

    रावललाई निस्कासन गर्ने निर्णय केन्द्रीय कमिटीबाट पनि अनुमोदन

    काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ३ नेताहरुमाथिको कारबाहीलाई अनुमादेन गरेको छ।  गत पुस १० गते बसेको एमाले सचिवालयको बैठकले नेता भीम रावललाई पार्टीबाटै निस्कासन गर्ने र अन्य दुई नेताहरु विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनासम्मका लागि खोस्ने निर्णय गरेको थियो।  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको केन्द्रीय कमिटी बैठकमा त्यसबारे महासचिव शंकर पोखरेलले प्रस्ताव...

  • २०८१ पौष १८, बिहिबार

    दल फुटाउने अध्यादेश ल्याउन खोज्दै सरकार

    काठमाडौं- संघीय संसद्मा २० विधेयक अलपत्र परे पनि सरकारले संसद् बैठक बोलाउन आलटाल गरिरहेको छ । संसद् अधिवेशन धकेलेर दल विभाजन सहज पार्ने अध्यादेश ल्याउन सत्तारूढ दुई दलले तयारी गरेका छन्  । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेकाले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरिएको छैन । सरकारले अध्यादेश ल्याउन खोजेर संसद् अधिवेशनको मिति नै प्रभावित पारेको...

  • २०८१ पौष १६, मंगलबार

    माधव नेपाल र वामदेवबिच वार्ता

    काठमाडौं - नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तामा पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका छन् । आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष नेपालसँगको छलफलपछि गौतमले पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिरिने क्रममा एमालेका पूर्वउपाध्यक्ष...

  • २०८१ पौष ११, बिहिबार

    रवि लामिछानेसँग ३ घण्टा बयान,

    काठमाडौं - सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले सभापति लामिछानेसँग बिहीबार बयान लिएको हो ।  अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो । न्यायाधीश नितिज राईसँग उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा संलग्न नरहको दावी गरेका छन् । 

  • २०८१ पौष ११, बिहिबार

    यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय

    काठमाडौं- सरकारले मन्त्रिपरिषद बैठकको १२ वटा निर्णय सुनाएको छ। बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सुनाएका हुन्। सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको उनले जानकारी दिए। उनका अनुसार सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को...

Pages