राजनीति
-
२०७६ आश्विन २७, सोमबार
चितवनमा उपनिर्वाचन स् काङ्ग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस
नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ । काङ्ग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् । यस्तै सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा...
-
२०७६ आश्विन २६, आइतबार
बिपीले यसरी शुरु गर्नुभएको थियो ‘चियापान समारोह’
नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ । काङ्ग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा...
-
२०७६ आश्विन १५, बुधबार
‘सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन’
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा सङ्लग्न...
-
२०७६ आश्विन ९, बिहिबार
काङ्ग्रेस कर्मशिल हुनुपर्छ ः नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब...
-
२०७६ आश्विन ९, बिहिबार
सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र...
-
२०७६ आश्विन ७, मंगलबार
संविधानमाथि आक्रमण हुने खतरा छ ः महामन्त्री कोइराला
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उहाँले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिनुभयो । महामन्त्री डा कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकार काण्डैकाण्डको सरकार भएको...
-
२०७६ भाद्र २९, आइतबार
काङ्ग्रेस जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि सङ्गठन भित्रको विवाद छताछुल्ल देखिएको हो । अध्यक्ष जीतजङ्ग बस्नेतले...
-
२०७६ भाद्र २५, बुधबार
काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेन वरिष्ठ नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो । “बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,”...
-
२०७६ भाद्र २५, बुधबार
आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र धनराज गुरुङले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताउनुभएको छ । मङ्गलबार १०६ औँ बिपी जयन्तीको अवसरमा पार्टीको दोस्रो जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस उयदयपुरले गाईघाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसीले भन्नुभयो, “पार्टीको १४ औँ...
-
२०७६ भाद्र २४, मंगलबार
संविधान प्रतिकूलका कुनै पनि विधेयक स्वीकार्य छैन काङ्ग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्मा प्रस्तुत केही विधेयकमाथि सांसदले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव र समिति एवं उपसमितिमा राख्नुभएको फरक मतप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्तिमार्फत सरकारद्वारा सङ्घीय संसद्मा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिमा छलफलका क्रममा रहेका ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन...
-
२०७६ भाद्र २२, आइतबार
जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश
राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता÷कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला...
-
२०७६ भाद्र २२, आइतबार
दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा, शीर्ष नेताहरु सुनसरी आउने
यही भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ । महामानव विपी कोइरालाको १०६आँै जन्मजयन्तीका अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालले बताउनुभयो । जागरण अभियानमा नेपाली काङ्ग्रेसका शीर्ष...


