राजनीति
-
२०७६ कार्तिक २१, बिहिबार
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष...
-
२०७६ कार्तिक १८, सोमबार
नेकपाको उम्मेदवारमा ढकाल
आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ क मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले देवीप्रसाद डिपी ढकाललाई उम्मेदवार चयन गरेको छ । उक्त दलको भक्तपुर जिल्ला सचिव रहनुभएका उहाँलाई सचिवालय बैठकले उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । यसअघि जिल्ला कार्यसमितिले उम्मेदवार ढकालका साथै रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र महिलातर्फ...
-
२०७६ कार्तिक १८, सोमबार
नेकपा कार्यालयमा तालाबन्दी
नेपाल कम्युनिष्ट पार्टी नेकपा भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं। १ क का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको...
-
२०७६ कार्तिक १७, आइतबार
उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ ः सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताउनुभएको छ । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उहाँले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताउनुभयो । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर...
-
२०७६ कार्तिक १५, शुक्रबार
गुल्मीमा उपनिर्वाचन नेकपाले लगायो उम्मेदवारको टुङ्गो
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिनुभयो । सिञ्जाली सोही वडाका वडासदस्य हुनुहुन्छ । उहाँलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिनुभयो ।...
-
२०७६ कार्तिक १४, बिहिबार
प्रमुख पार्टीद्वारा उम्मेदवारको नाम सिफारिश
बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले रामशरण थारूलाई उम्मेदवार सिफारिश गरेको पार्टी नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिनुभयो । नेपाली काङ्ग्रेसले कृष्ण थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिश गरेको छ । नेपाली काङ्ग्रेसबाट...
-
२०७६ कार्तिक १४, बिहिबार
साझा पार्टीले तोक्यो उम्मेदवार
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ ९क० बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ ९क० को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि साझा पार्टीले पार्टीका भक्तपुर जिल्ला संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो । गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट...
-
२०७६ कार्तिक ६, बुधबार
समृद्धिका लागि समाजवाद आवश्यक
समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने अन्तिम लक्ष्य राखेको बताउनुभएको छ । नेकपासहित विभिन्न पार्टीमा कार्यरत कार्यकर्ता तथा स्थानीय युवाको पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाली काङ्ग्रेस र नेकपाले भन्ने गरेकोजस्तो समाजवाद नेपाली जनताले पाउन नसक्ने बताउनुभयो । नेता...
-
२०७६ कार्तिक ४, सोमबार
राप्रपाः उपनिर्वाचनको तयारीमा
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ ।...
-
२०७६ कार्तिक ४, सोमबार
स्थानीय तहमा नेकपाको एकता सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी नेकपाले जाजरकोटका सातै स्थानीय तहको एकता सम्पन्न गरेको छ । आज बिहान सम्पन्न भएको बैठकले नेपाल कम्युनिष्ट पार्टी नेकपा भेरी नगरपालिकाको अध्यक्षमा मुकुन्द शर्मा र सचिव ललित विक, नलगाड नगरपालिका अध्यक्षमा गणेश सिंह, सचिव जनकबहादुर शाही, छेडागाड नगरपालिका अध्यक्षमा जयराम न्यौपाने र सचिव प्रेमबहादुर खत्री, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, सचिव गणेश शर्मा,...
-
२०७६ आश्विन ३०, बिहिबार
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै
नेपाली काङ्गे्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ । काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो । प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको...
-
२०७६ आश्विन २८, मंगलबार
उपचुनाव ः दोहोरिएला वाम गठबन्धनको राप
विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन । तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एकलौटी जित हासिल पनि भयो । चुनावपछि एमाले–माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट...


