राजनीति
-
२०७६ मङ्सिर २, सोमबार
नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित नेकपा प्रवेश
नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रवेश गरेका छन् । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । नेकपा प्रवेश गरेकाहरुलाई आज नेकपाले...
-
२०७६ मङ्सिर १, आइतबार
जनताले वैकल्पिक शक्ति खोजेका छन् साझा उम्मेदवार केसी
मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेको छ । पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ । साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलोमा मतदाताको...
-
२०७६ मङ्सिर १, आइतबार
स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
रोल्पा थवाङ गाउँपालिका–१ को रिक्त वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रकुमार झाँक्रीले उम्मेदवारी फिर्ता लिनुभएको छ । झाँक्रीले शनिबार उक्त पदमा दिएको उम्मेदवारी फिर्ता लिनुभएको हो । झाँक्रीको उम्मेदवारी फिर्तासँगै अब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त पदमा नेकपाको तर्फबाट जनक बुढामगर र...
-
२०७६ कार्तिक २९, शुक्रबार
उपनिर्वाचन २०७६ः ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ”
मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको छ । यसै क्रममा शुक्रबार पोखरा–१५ रामबजारमा चुनावी अभियान गरेको छ । रामबजारवासीले घरदैलोमा कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईलाई देखेपछि राजनीतिको उचाइमा हजुरलाई देख्न चाहन्छौँ भन्दै शुभकामना दिएका छन् । विकासको दीर्घकालीन योजनासहित वृद्धवद्धाको सहारा बनेको नेकपाप्रति आफूहरुको अगाध विश्वास...
-
२०७६ कार्तिक २८, बिहिबार
उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत
प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिनुभएको छ । अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ ९क० का नेकपाकोतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकालको चुनावी प्रचार अभियानअन्तर्गत बुधबार कमलविनायकमा आयोजित युवा तथा विद्यार्थी भेलामा उहाँले सो...
-
२०७६ कार्तिक २७, बुधबार
उपनिर्वाचन २०७६ नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै
आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा जिल्ला सचिव टोकबहादुर वाइबाले बताउनुभयो । नेपाली काङ्गे्रसले भने गाउँ तहबाट दनबहादुर केसीको नाम सिफारिश भएर आए पनि क्षेत्रीय समितिबाट टुङ्ग्याउनुपर्ने...
-
२०७६ कार्तिक २७, बुधबार
संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका–१७ घारीपाटन क्षेत्रमा आज आयोजित उप निर्वाचनको प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी बन्दै उहाँले सरकारका संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई सच्याउँदै सही मार्गमा हिँडाउन उप निर्वाचनमा काङ्ग्रेसको जीत आवश्यक भएको बताउनुभयो । कास्की क्षेत्र नं...
-
२०७६ कार्तिक २६, मंगलबार
नेविसङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग
नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ । नेविसङ्घले सोमबार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसङ्घको विधानसम्बन्धी’ अन्तरक्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी काङ्ग्रेसलाई आग्रह गरेका हुन् । नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले काङ्ग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घको अधिवेशन...
-
२०७६ कार्तिक २६, मंगलबार
निराश जनतालाई उत्साहित बनाउन काङ्ग्रेस जित्नुपर्छ ः नेता रिजाल
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताउनुभएको छ । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा भन्नुभयो, “सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित...
-
२०७६ कार्तिक २४, आइतबार
उपनिर्वाचन २०७६ ः नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो
आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो । वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हँुदैछ । नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र...
-
२०७६ कार्तिक २४, आइतबार
उपनिर्वाचन २०७६ स् नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा
आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा क मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपा, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा ९एमाले०का उम्मेदवार हरिशरण लामिछाने विजयी...
-
२०७६ कार्तिक २२, शुक्रबार
उपनिर्वाचन २०७६ राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारे
आगामी मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभा क को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईको उम्मेदवारी खारेज गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको छानबिनका क्रममा प्रदेश निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा भएकाले पनि उम्मेदवारी दिएको पाएपछि उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठले जानकारी दिनुभयो । उम्मेदवारी खारेज हुनेमा राष्ट्रिय...


