राजनीति
-
२०८० माघ २१, आइतबार
एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भए
काठमाडौँ - नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोषकाे हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको...
-
२०८० माघ २१, आइतबार
देउवा पुत्रको आज विवाह, उपहार नल्याउन आग्रह
काठमाडौँ - नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवा गायिका शिवाना श्रेष्ठबिच आज विवाह हुँदै छ । बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ । विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी,...
-
२०८० माघ १९, शुक्रबार
प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको विषयमा छलफल भइरहेको जनाइएको छ ।
-
२०८० माघ १८, बिहिबार
व्यवसायी अरुण चौधरी र बाँसबारी जुत्ताका पूर्वप्रमुख पक्राउ
काठमाडौँ - व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौँको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा...
-
२०८० माघ १५, सोमबार
पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंबीच भेट
काठमाडौं- लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्था ल्याउने उद्घोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँग बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्तालाई अर्थपूर्ण भनेका छन् । प्रसाईंले भ्रष्टाचार, बेथिति लगायतको देशको समग्र विषयमा पूर्वराजासँग...
-
२०८० माघ १५, सोमबार
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले २०५९ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंश नाशको छानबिन हुने बताएका हुन् । प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाकाविरुद्ध उभिने र...
-
२०८० माघ १४, आइतबार
भिजिट भिसा सेटिङ : विमानस्थलका ८ जना अधिकृत फरार
काठमाडौं- भिजिट भिसामा सेटिङको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार छन् । प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ । उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुमति लिइसकेका ताराबहादुर कुँवर पनि फरार छन् । भिजिट भिसाको सेटिङमा संलग्न रहेको आरोपमा अध्यागमनका ९ जना...
-
२०८० माघ १४, आइतबार
एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरु
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठक सुरु भएको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सो पार्टीको केन्द्रीय परिषद् बैठक सुरु भएको हो । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् । दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म...
-
२०८० माघ १२, शुक्रबार
राष्ट्रियसभा निर्वाचनमा हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार
सुनसरी - धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए । अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए ।
-
२०८० माघ १२, शुक्रबार
मधेश बन्द गराउँदै हिँड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ
काठमाडौँ - प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट आम जनता पार्टीका दर्जनौँ नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । बिहीबार बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता-कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विहीबार बिहानैदेखि आजपाका नेता कार्यकर्ताले जनकपुरलगायतका स्थानमा यातायात बन्द गराउँदै हिँडेपछि...
-
२०८० माघ १२, शुक्रबार
राष्ट्रियसभा निर्वाचन : को को भए निर्वाचित ?
काठमाडौं - राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी भएका छन्। एक जना प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्। कोशी प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए भने एमालेकी रुक्मिणी कोइराला विजयी भइन्। कोइरालाले माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्। कोइरालाले ५ हजार ८६ मत ल्याउँदा प्रतिस्पर्धी चम्पादेवीले ४ हजार...
-
२०८० माघ ९, मंगलबार
जनमत मधेस सरकारबाट बाहिरियो
जनकपुर- मधेस प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ भने जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । जनमत पार्टीका प्रदेश सांसद सञ्जय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेस सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुई मन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा...


