राजनीति
-
२०८० माघ ९, मंगलबार
एमालेले सरकारलाई बुझायो ७५१ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो...
-
२०८० माघ ९, मंगलबार
राष्ट्रिय सभा निर्वाचन : आजदेखि मौन अवधि
काठमाडौं - राष्ट्रिय सभा निर्वाचनको लागि आजदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै सोमबार मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका...
-
२०८० माघ ९, मंगलबार
मलाई सहकारी ठग बनाउन हेडलाइन आतंक : रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चारमाध्यमहरूले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् । सहकारी ठगीमा नाम मुछिएपछि प्रष्टिकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे । उनले भने, ‘पैसा मेरा खातामा आएको होइन, कसैले राखिदिएको जस्तो गर्यो । त्यही विषयलाई लिएर...
-
२०८० माघ ७, आइतबार
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी
सुर्खेत- १५ वर्ष अघि भएको हत्या घटनामा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट सिंहसहित छ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको खुकुरी प्रहार गरि...
-
२०८० माघ ७, आइतबार
मधेस सरकारले बनायो हिन्दी भाषामा मधेस गान
काठमाडौं- बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेस सरकारले मधेस गान सार्वजनिक गरेको छ । मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट सरकारले मधेस गान भन्दै सार्वजनिक गरिएको हो । ‘मधेस है अपनी आनबान, जीवनधारा है मधेस, मधेस मे बस्ती जान हमारी, प्राण से प्यारा मधेस, मधेस हमारा जिने का मक्सद, रगरग बसा मधेस,...
-
२०८० माघ ७, आइतबार
‘अखण्ड भारत’ नक्सामा नेपाली भूभाग समेटिएको विषयमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
काठमाडौं- भारतीय संसद्को नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भूभाग समेटिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले पुस २६ गते सरकारको धारणा किन सार्वजनिक नगरेको र भारतलाई औपचारिक रुपमा किन पत्राचार नगरेको भन्दै १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ । भारतको संसद् भवनमा टाँसिएको ‘अखण्ड भारत’ नाम दिइएको नक्सामा नेपालको...
-
२०८० माघ ४, बिहिबार
प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गरेका छन्। असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज (बिहीबार) बिहान युगान्डा प्रस्थान गरेका हुन्। सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल,...
-
२०८० माघ ४, बिहिबार
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले...
-
२०८० माघ ३, बुधबार
जिबी राई र रवि लामिछानेविरुद्ध युवराज सफलले दिए उजुरी
काठमाडौँ - ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । टेलिभिजनका अध्यक्ष राई र तत्कालीन एमडी तथा रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता गराएका हुन् । ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका...
-
२०८० पौष २९, आइतबार
राष्ट्रियसभाका उम्मेदवारले चुनाव प्रयोजनका लागि ३ लाख ५० हजार खर्च गर्न पाउने
काठमाडौँ - निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची-१ ले तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकिको हो । उक्त खर्च मतदाता...
-
२०८० पौष २७, शुक्रबार
नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत भएका छन् । यसअघि उनी पार्टीको संरक्षक मात्र थिए । निर्वाचन कार्यतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् । टीकापुर घटनामा जेल परेपछि पार्टीको अध्यक्षमा उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष भएकी थिइन् । चौधरीलाई अध्यक्षको लागि रोशन थापा प्रस्ताव बस्दा सानु शाक्यले समर्थन गरेका थिए । ...
-
२०८० पौष २३, सोमबार
राष्ट्रियसभा निर्वाचनका लागि ५२ जनाको उम्मेदवारी
काठमाडौं - राष्ट्रियसभा निर्वाचनका लागि ५२ जनाले उम्मेदवारी दिएका छन्। सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८ र अन्य समूहतर्फ २१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार कोशीमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन...


