राजनीति
-
२०८० पौष २२, आइतबार
राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र माओवादीले लगायो उम्मेदवारको टुङ्गो
काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले र माओवादीले उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमालेले १९ वटै सिटमा उम्मेदवारीको टुङ्गो लगाएको छ। यद्यपि एमालेको केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्न भने बाँकी रहेको छ। नामहरूको अन्तिम रुजु गरेर केही बेरमा सार्वजनिक गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।एमालेका एक नेताले जानकारी दिएअनुसार एमालेले सात प्रदेशका १९ सिटमै...
-
२०८० पौष २२, आइतबार
राष्ट्रिय सभा निर्वाचन : आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै
काठमाडौं - राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते, आइतबार) अन्तिम मतदाता प्रकाशन हुन लागेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत...
-
२०८० पौष २१, शनिबार
माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ
काठमाडौं- निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् । डा. केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको 'कथित' निषेधाज्ञा तोड्ने बताएका थिए । सोही...
-
२०८० पौष २१, शनिबार
राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न कांग्रेस बैठक बस्दै
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए । उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको पनि बताए ।
-
२०८० पौष १९, बिहिबार
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिए
काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि फेरिएका हुन् । निर्वाचन आयोगले पुस १२ गते कोशी प्रदेशका लागि दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद...
-
२०८० पौष १९, बिहिबार
भारतीय विदेशमन्त्री जयशङ्कर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं- परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशङ्करले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशङ्कर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
-
२०८० पौष १८, बुधबार
भारतीय विदेशमन्त्री भोलि नेपाल आउँदै, यस्तो छ उच्चस्तरीय भेटघाटको तालिका
भारतीय विदेशमन्त्री एस. जयशंकर दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुग्ने भएका छन्। विदेशमन्त्री जयशंकर समकक्षी एनपी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन्। विशेष विमानमार्फत आउन लागेका जयशंकर बिहीबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ।उनलाई त्रिभुवन विमानस्थलमा नेपालकी परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने छिन्। जयशंकरले बिहीबारदेखि नै राजनीतिक...
-
२०८० पौष १७, मंगलबार
कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले गाली बेइज्जती मुद्दा
काठमाडौं- चरित्र हत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । लामिछानेले मंगलबार अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत रविले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गर्दै भ्रामक...
-
२०८० पौष १७, मंगलबार
सिंहदरबारभित्र अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ
काठमाडौं- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि तीन जना युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । प्रदर्शन उत्रिएका उनीहरुलाई लगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा क्रान्तिकारी माओवादी निकट उनीहरु जाजरकोटका आकाश कार्की र पदम हमाल तथा कञ्चनपुरका दीपेन्द्र ऐरी हुन् । पक्राउ गरिएकालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्त पठाइएको डीएसपी सन्तोष...
-
२०८० पौष १५, आइतबार
प्रधानमन्त्रीले भेटे बालकुमारी घटनाका पीडित परिवारसँग, मृतकका परिवारलाई दश लाख राहत
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा...
-
२०८० पौष १३, शुक्रबार
बालकुमारी घटनाको छानबिन गर्न समिति गठन
काठमाडौँ - कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका...
-
२०८० पौष १३, शुक्रबार
जनयुद्ध दिवसमा सार्वजनिक बिदा नहुने
काठमाडौं- फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको हो । न्यायाधीश आनन्दमोहन...


