STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ चैत्र ३, शुक्रबार

    उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

    काठमाडौं - जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन्। उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य...

  • २०७९ चैत्र ३, शुक्रबार

    उपराष्ट्रपति पदको लागि आज मतदान हुँदै

    काठमाडौं - मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने...

  • २०७९ चैत्र १, बुधबार

    उपराष्ट्रपतिको साझा उम्मेदवारको टुंगो लाग्न सकेन, भोलि पुनः बैठक बस्ने

    काठमाडौं - १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निस्कर्षबिहीन भएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए । उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र भोलि यो विषयमा बैठक बसेर थप निर्णय गर्ने बताए। नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि...

  • २०७९ चैत्र १, बुधबार

    उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

    काठमाडाैँ - नेपाली कांग्रेसले मौन अवधि सुरु भइसकेपछि उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति...

  • २०७९ चैत्र १, बुधबार

    प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको...

  • २०७९ चैत्र १, बुधबार

    सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’ गठन

    काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’गठन भएको छ। बालाजु बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुख/उपाध्यक्षहरुको पहिलो बैठकले सञ्जाल गठन गरेको हो।  ‘कानुनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    उपराष्ट्रपति निर्वाचन : आज रातिदेखि प्रचारप्रसार गर्न निषेध

    काठमाडाैं - निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    जनमोर्चाले गर्‌याे संघीयताविरुद्ध आन्दोलन घोषणा

    काठमाडौं - सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताको विरुद्धमा आन्दोलनको घोषणा गरेको छ । बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । सो पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ बैठकले सङ्घीयताकाविरुद्ध यही...

  • २०७९ फाल्गुण २९, सोमबार

    नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारत, चीन र अमेरिकाले दिए बधाई

    काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत, चीन र अमेरिकाले बधाई दिएको छ । राष्ट्रपति पौडेललले शपथ लिएर कार्यभार सम्हालेपछि ती देशका राष्ट्र प्रमुखहरुले बधाई सन्देश पठाएका हुन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले पठाएको बधाई सन्देशमा पौडेलको सक्षम मार्गदर्शनमा दुई देशको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ । यस्तै, नवनिर्वाचित राष्ट्रपति पौडेललाई संयुक्त राज्य अमेरिकाले...

  • २०७९ फाल्गुण २९, सोमबार

    सपथ ग्रहणसँगै राष्ट्रपतिबाट पदभार ग्रहण

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत...

  • २०७९ फाल्गुण २९, सोमबार

    राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदै

    काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्दैछ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले...

  • २०७९ फाल्गुण २९, सोमबार

    रास्वपा तत्काल सरकारमा नजाने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको छ,’ उनले भने, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए...

Pages