STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ चैत्र २०, सोमबार

    सरकारद्वारा मिटरब्याजबारे छानबिन गर्न आयोग गठन

    काठमाडौं - सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए। शनिबार गृह मन्त्रालयमा सरकार र आन्दोलनरत मिटरब्याज...

  • २०७९ चैत्र २०, सोमबार

    रवि लामिछानेले चितवन-२ मा गराए उम्मेदवारी दर्ता

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन— २ बाट उम्मेदवारी दर्ता गरेका छन्। लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय चितवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएका थिए। तर तनहुँ जाने भएपछि उनले लिएको समयभन्दा अगावै उम्मेदवारी दर्ता गराएका हुन्। लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि...

  • २०७९ चैत्र २०, सोमबार

    रास्वपाबाट डा. स्वर्णिम वाग्लेको तनहुँ – १ मा उम्मेदवारी दर्ता

    काठमाडौँ – आगामी वैशाख १० गते तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका सभापति रवि लामिछाने पनि डा. वाग्लेको मनोनयन दर्ताका क्रममा उपस्थित थिए । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । केही दिनअघिमात्र कांग्रेस छाडेका डा. वाग्लेले तनहुँ १ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएका हुन्...

  • २०७९ चैत्र २०, सोमबार

    राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या आएपपछि शनिबार राति राष्ट्रपति पौडेल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी...

  • २०७९ चैत्र १९, आइतबार

    रवि लामिछानेमाथि कारबाहीको माग गर्दै पुनः सर्वाेच्चमा रिट

    काठमाडौं - रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल ‘सफल’ पुनः सर्वाेच्च अदालत पुगेका छन् । लामिछानेमाथि राहदानी विवादमा मुद्धा नचलाउने महान्यायाधिवक्ताको उक्त निर्णयविरूद्ध आइतबार युवराज रिट दायर गर्न सर्वाेच्च पुगेका हुन् । उनले लामिछाने अमेरिकी नागरिक नै भएको अवस्थामा नेपालको राहदानी लिएको विषयमा कानुनबमोजिम छानविन गरि कडा कारबाहीको माग गरेका...

  • २०७९ चैत्र १९, आइतबार

    बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेस निर्णय

    काठमाडौं - नेपाली कांग्रेसले १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ । आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको निर्णयअनुसार बारा २ मा यादवलाई सघाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए । कांग्रेसले उम्मेदवार नउठाउने भएपछि अब बारा–२ मा सत्ता गठबन्धनबाट यादव, रास्वपाबाट रमेश खरेल र जनमत...

  • २०७९ चैत्र १८, शनिबार

    प्रधानमन्त्रीसँग मिटरब्याज पीडतको भेटवार्ता

      काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए। उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको उनको...

  • २०७९ चैत्र १७, शुक्रबार

    अब विकासले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गरिने विश्वास दिलाउका छन्। शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु, सरकारलाई पूर्णता दिएको छु, मूलभूत रूपमा सरकारले पूर्णता पाएको छ, अब विकासका कामले गति लिनुपर्छ...

  • २०७९ चैत्र १७, शुक्रबार

    भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

    काठमाडौं - नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताएकी छन्। पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि समिति बनाएर काम गर्ने निर्णयमा हस्ताक्षर गरिन्। मन्त्री श्रेष्ठले भनिन्, “देशमा भूमिहीनका लागि भूमिव्यवस्थापन गर्ने काम मेरो पहिलो प्राथमिकता रहनेछ ।” उनले पार्टीका...

  • २०७९ चैत्र १७, शुक्रबार

    शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : शिक्षामन्त्री राई

    काठमाडौं - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्ययोजना पेश गर्ने निर्णय गरे। उनले भने, “शिक्षामा हाम्रो धेरै लगानी छ । प्रतिफल नआएको हैन, आइरहेको छ । तर लगानीअनुसारको प्रतिफल देखिँदैन । अब प्रतिफलको विस्तार, सुधार र...

  • २०७९ चैत्र १७, शुक्रबार

    प्रधानन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ?

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्रीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितका दलहरूलाई समावेश गरेर मन्त्रिपरिषद्‌ विस्तार गरेका हुन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रतिनिधिसभामा फेरि...

  • २०७९ चैत्र १७, शुक्रबार

    कांग्रेस छाडेका स्वर्णिम वाग्लेलाई रास्वपाबाट चुनाव लड्दै

    काठमाडौं - नेपाली कांग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले आगामी वैशाख १० गते हुने उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले उपचुनावमा टिकट नदिएपछि पार्टी परित्याग गरेका वाग्ले रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् । रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरेका छन् । उनले सामाजिक...

Pages