STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ चैत्र २४, शुक्रबार

    मिटरब्याजपीडितका माग समेट्न वार्ता समिति गठन

    काठमाडौं - सरकारले मिटरब्याजपीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अघिल्लो साता नै सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति’ नामक पीडितको सङ्गठनले आन्दोलन जारी राखेकामा उनीहरुको मागलाई समेट्ने गरी...

  • २०७९ चैत्र २४, शुक्रबार

    आजदेखि उपनिर्वाचनको आचारसंहिता लागु

    काठमाडौँ - बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज (शुक्रबार)देखि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले उपचुनावका लागि आचारसंहिता लागु गरेको हो । चितवन निर्वाचन क्षेत्र नम्बर २, बारा निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार आजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुनेछ । आचारसंहिता लागू भएपछि चुनावमा के...

  • २०७९ चैत्र २३, बिहिबार

    सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सार्वजनिक सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा चित्रण गरेका छन्। संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसमा सरकारमा रहेका पूर्ववर्ती दल र अन्यको समेत धारणा...

  • २०७९ चैत्र २३, बिहिबार

    उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली निकाली चुनाव चिन्ह दिइने

    काठमाडौं - आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आजअन्तिम नामवली प्रकाशन गरिँदै छ । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ । त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ । नामावली प्रकाशन भएपछि उम्मेदवारले आजै चुनाव चिह्न पाउनेछन् । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो । गत...

  • २०७९ चैत्र २३, बिहिबार

    सरकारको न्यूनतम साझा कार्यक्रम आज ५ बजे सार्वजनिक हुँदै

    काठमाडौं-  सत्तारुढ दलहरुले आज बेलुका ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको १० दल सम्मेलित बैठकले आज बेलुका सरसकारको न्यूनतम साझा कार्यक्रम कार्यक्रम सार्वजनि गर्ने निर्णय गरेको हो । गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटिसकेको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।...

  • २०७९ चैत्र २२, बुधबार

    रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण माग

    काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण माग गरेकाे छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार  लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण माग गरेकाे हाे । महान्यायाधिवक्ता दिनमणि पोखरेलको उक्त निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश...

  • २०७९ चैत्र २२, बुधबार

    कोशी प्रदेश नामाकरण पार्टीबाट कमजोरी : माओवादी केन्द्र

    काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ । पार्टी निर्णयबारे जानकारी दिनुहुँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु...

  • २०७९ चैत्र २१, मंगलबार

    रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

    काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।अधिवक्ता युवराज पौडेल सफलले लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयले दोहोरो राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने निर्णय...

  • २०७९ चैत्र २१, मंगलबार

    मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

    काठमाडौँ - मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत...

  • २०७९ चैत्र २१, मंगलबार

    चितवनमा रवि लामिछानेको उम्मेदवारीविरुद्ध ४ उजुरी

    चितवन । चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका छन् । मंगलबार चारवटा उजुरीमध्ये तीन वटा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गराएका हुन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले लामिछानेविरुद्ध मुख्य निर्वचन अधिकृतको...

  • २०७९ चैत्र २१, मंगलबार

    पोखरा–१८ को मतगणना पुनः गर्न अदालतको आदेश

      पोखरा - उच्च अदालत पोखराले गएको वैशाख ३० गते सम्पन्न भएको पोखरा महानगरपालिका–१८ को मतगणना पुनः गर्न आदेश दिएको छ । अदालतले वडाध्यक्ष पदको पुनः मतगणना आगामी वैशाख २० गते गर्न आदेश दिएको छ । गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसका शिव प्रसाद तिमल्सिना विजयी बनेका थिए । उनले एमालेबाट उम्मेदवार बनेका पुस्कल थापालाई ३ मतले हराएका थिए । तर, एमालेका उम्मेदवार थापाले मतगणनामा खसेको...

  • २०७९ चैत्र २१, मंगलबार

    लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

    काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ ।  अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य...

Pages