राजनीति
-
२०७९ कार्तिक १८, शुक्रबार
एमालेले आज दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै
काठमाडौं - नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै छ । अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बिहान ११ बजे उहाँले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिए। कार्यक्रममा सहभागी हुन ओली...
-
२०७९ कार्तिक १८, शुक्रबार
गृहजिल्लामा देउवाले आज चुनावी सभालाई सम्बाेधन गर्दै
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै छन् । सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन् । उनले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसेका छन् । प्रधानमन्त्री...
-
२०७९ कार्तिक १७, बिहिबार
स्वतन्त्र पार्टीकाे घोषणापत्र सार्वजनिक
काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ । वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ ।
-
२०७९ कार्तिक १७, बिहिबार
आचारसंहिता उल्लंघन गरेपछि कारबाहीमा काठमाडौं–१६ का वडाध्यक्ष
निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना लगाएकाे छ । आचारसंहिता विपरीत उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै आयोगले उनलाई जरिवाना तिराउने निर्णय गरेकाे हाे । निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (३) बमोजिम आयोगले जरिवाना लगाइएको हो । आफ्नो क्षेत्रमा जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ । आयोगले सोधेको...
-
२०७९ कार्तिक १७, बिहिबार
आजदेखि चुनावी सभा र जुलुस गर्न पाउने
काठमाडाैं- प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले आजदेखि चुनावी सभा, जुलुस लगायतका ठूला कार्यक्रम गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आजदेखि मंसीर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलुस, कोणसभा जस्ता कार्यक्रम गर्न पाउने व्यवस्था गरेको हाे। यस्ता कार्यक्रम गर्दा पनि निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्ड पालना गर्नुपर्ने आयोगले जनाएको छ। एकभन्दा बढी राजनीतिक दल,...
-
२०७९ कार्तिक १६, बुधबार
काठमाडौँ क्षेत्र नं ६ः पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा ९एमाले०बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुनुहुन्छ । खनाल भने पहिलोपटक उक्त...
-
२०७९ कार्तिक १६, बुधबार
चुनाव प्रचारमा सरकारी साधन प्रयोगमा राेक
काठमाडौं - नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको...
-
२०७९ कार्तिक १६, बुधबार
चुनावमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति खटिने
काठमाडौँ - मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षाकर्मी बाहेक झण्डै दुई लाख ४६ हजार जनशक्ति परिचालन हुँदैछन् । आवश्यक कर्मचारी तथा चुनावको तयारी निरन्तर भैरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक...
-
२०७९ कार्तिक १५, मंगलबार
‘राइजिङ स्टार’ मुलुक बनाउने योजना भएको एमालेको घोषणापत्र सार्वजनिक
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक कार्यक्रममा ‘लाइभ डिबेट’ कार्यक्रममा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल सङ्कल्प लिएर अगाडि बढेको हुँदा पाँच वर्षभित्र मुलुकलाई समृद्ध मुलुक बनाउने बताए । “दीगो...
-
२०७९ कार्तिक १५, मंगलबार
तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश
काठमाडौं - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेशसँगै सर्वोच्चले आयोगसँग लिखित जवाफ पनि मागेको छ । आयोगले कार्की नेपाल मेडिकल...
-
२०७९ कार्तिक १४, सोमबार
एमालेले घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी...
-
२०७९ कार्तिक १४, सोमबार
एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीले आज सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ । समाजवादीको घोषणापत्रमा...


