STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ आश्विन २५, मंगलबार

    रेशम चौधरीको उम्मेदवारी खारेज

    काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। फौजदारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन्। अघिल्लो निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नं १ बाट विजयी भएका थिए। सो क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ...

  • २०७९ आश्विन २५, मंगलबार

    सूर्य चिह्नबाट चुनाव लड्दै कमल थापा

    काठमाडौं - राप्रपा नेपाल अध्यक्ष कमल थापा एमालेकै सूर्य चिह्नबाट चुनाव लड्दैछन् । यसका लागि उनी टिकट लिएर शनिबार साँझ हेटौंडा पुगेका थिए । थापाआइतबार दिउँसो १ बजे सुटुक्क उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।  उनले भाइ गणेश थापा, श्रीमती प्रलिता थापा र नेता राजाराम बर्तौलालाई लिएर मनोनयन दर्ता गरे। कार्यकर्ता नलिई उनी गाडीमा गएका थिए। राष्ट्रिय राजनीतिमा छाइरहने...

  • २०७९ आश्विन २५, मंगलबार

    प्रधानमन्त्री देउवाले दिए आफूविरुद्ध परेको उजुरीको जवाफ

    काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ दिएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत मंगलबार उजुरीको जवाफ पठाएका हुन् ।निर्वाचन आयोगले आज २ बजेसम्म जवाफ दर्ता गराउने समय तय गरेको थियो ।  देउवाका विपक्षी नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले सोमबार जन्म मिति फरक भएको...

  • २०७९ आश्विन २५, मंगलबार

    बागी उम्मेदवारहरुलाई २० घण्टे अल्टिमेटम

    काठमाडौं - सत्तारुढ पाँच दलीय गठबन्धनले आफ्नै पार्टीका व्यक्तिहरुले आफ्नै गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन २० घन्टे अल्टिमेटमको समय दिएको छ । गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले मंगलबार...

  • २०७९ आश्विन २५, मंगलबार

    जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । जसको कारण प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई सरकारबाट हटाउने तयारी गरेका हुन् । जसपाका मन्त्रीहरुबारे छलफल गर्न प्रधानमन्त्री देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन् ।...

  • २०७९ आश्विन २५, मंगलबार

    देउवाको उम्मेदवारीविरूद्ध उजुरी

      काठमाडौं - मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक फरक भएको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । डडेलधुराबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका देउवाको नागरिकताको जन्ममिति ३१ जेठ २००३ र मतदाता नामावलीमा जन्म मिति ३१ जेठ २००२ उल्लेख भएको भन्दै उम्मेदवारी खारेज गर्न आयोगमा...

  • २०७९ आश्विन २३, आइतबार

    ओलीको झापा-५ बाट उम्मेदवारी दर्ता

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्री ओलीले आइतबार दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् ।  ओली यस अगाडिको निर्वाचनमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी डा....

  • २०७९ आश्विन २३, आइतबार

    प्रधानमन्त्री देउवाको डडेल्धुरामा उम्मेदवारी दर्ता

    काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका छन् । वारिसनामा मार्फत राणाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।  देउवाकाे उम्मेदवारीमा पार्टी जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहेकाे मुख्य...

  • २०७९ आश्विन २३, आइतबार

    भट्टराई प्रस्तावक राखी प्रचण्डद्वारा गोरखा–२ बाट उम्मेदवारी दर्ता

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। गोरखा नगरपालिका वडा नं ९ स्थित दलभन्ज्याङमा रहेको प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उनले सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।...

  • २०७९ आश्विन २३, आइतबार

    एमालेका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

    काठमाडौं - एमालेका नेता प्रभु साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले दिएको उम्मेदवारी त्याग्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। साहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्। साहले स्वतन्त्र रूपमा उम्मेदवारी दिएपछि त्यहाँ एमाले उम्मेदवार नहुने भएको छ। एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै...

  • २०७९ आश्विन २३, आइतबार

    पर्यटनमन्त्री श्रेष्ठद्वारा काठमाडौं क्षेत्र ८ मा उम्मेदवारी दर्ता

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन्। आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सचिव श्रेष्ठले उम्मेदवारी दर्ता गराएको उनको निजी सचिवालयले जनाएको छ । उनी २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए...

  • २०७९ आश्विन २३, आइतबार

    काठमाडौं-२ मा माओवादीबाट ओनसरी घर्ती उठ्ने

    काठमाडौं - माओवादी केन्द्रले काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उक्त क्षेत्रमा २०६४ को चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीले जितेका थिए । रोल्पाकी घर्तीलाई माओवादीले काठमाडौंबाट उठाउने निर्णय गरेको हो । 

Pages