STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ आश्विन ९, आइतबार

    निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७...

  • २०७९ आश्विन ९, आइतबार

    संस्थापन पक्षले एकलौटी गरेको भन्दै शेखर पक्षको आपत्ति

      काठमाडौं - पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । सभाका बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको...

  • २०७९ आश्विन ७, शुक्रबार

    राष्ट्रपतिविरुद्ध परेको रिटमाथि आजै सुनुवाइ

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबारसम्ममा झण्डै एक दर्जन रिट परेका थिए । उक्त रिटमाथि रिटमाथि आजै सुनुवाइ हुने सर्वोच्च स्रोतले जनाएको छ । ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध बिहीबार कानुन...

  • २०७९ आश्विन ६, बिहिबार

    राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता

    काठमाडौं - संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै त्यसविरुद्ध पाँचवटा रिट दर्ता भएको बताइएको छ । अधिवक्ता सुनिलरञ्जन सिंहसहितले दर्ता गराएका रिटको पेसी शुक्रबार एकैपटकका लागि पेसीमा...

  • २०७९ आश्विन ६, बिहिबार

    आईजीपी खनाल एमाले प्रवेश

    काठमाडौं - नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनालले अध्यक्ष केपी शर्मा ओलीजत्तिको नेपालमा अर्को कुनै राजनेता नभएको बताए । उनले प्रहरी जागिर खाँदादेखि आईजीपी हुँदासम्म...

  • २०७९ आश्विन ६, बिहिबार

    माेहन वैद्यलगायत चार पार्टीले चुनाव बहिष्कार गर्ने घाेषणा

    काठमाडौं - निर्वाचन आयाेगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचनकाे तयारीलाइ तिब्रता दिइरहँदा मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले भने निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।चुनाव बहिष्कारबारे जानकारी...

  • २०७९ आश्विन ५, बुधबार

    राष्ट्रपतिको पुत्ला दहन

    काठमाडौं - नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ । गठबन्धन आवद्ध पार्टीका विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।

  • २०७९ आश्विन ५, बुधबार

    संविधानको संरक्षकले दायरा नाघेको उपराष्ट्रपतिको टिप्पणी

    काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेकी हुन् । २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले...

  • २०७९ आश्विन ५, बुधबार

    राष्ट्रपतिबाट दोस्रो पटक संविधान उलंघन भयो : पूर्वराष्ट्रपति यादव

    काठमाडौं - पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको आरोप लगाएका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो । बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै...

  • २०७९ आश्विन ५, बुधबार

    राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको ठहर

    काठमाडौं - सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान भएको निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारसँग बाेल्दै कांग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिको यो कदमलाई गम्भीर रूपमा लिइएको बताए । राष्ट्रपतिले आफूसँग...

  • २०७९ आश्विन ४, मंगलबार

    डेंगु महामारी नियन्त्रण सरकारको प्राथमिकतामा परेन : गगन थापा

    काठमाडौं - सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरेका...

  • २०७९ आश्विन ४, मंगलबार

    समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए बन्दसूची

    काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ४८ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा र बहुजन एकता पार्टीले बन्दसूची बुझाएको आयोगले जनाएको छ । यस्तै राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन...

Pages