राजनीति
-
२०७९ कार्तिक १४, सोमबार
माओवादीको प्रतिबद्धतापत्र सार्वजनिक : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था
काठमाडौं - नेकपा माओवादी केन्द्रले चुनावकेन्द्रित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमा संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्तावदेखि स्थिरता, शान्ति र समृद्धिका...
-
२०७९ कार्तिक १४, सोमबार
राप्रपाकाे घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीदेखि अभिभावकीय राजसंस्थासम्म
काठमाडौं - राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । सोमबार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचति कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको हो । राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहनुपर्ने पनि बताएको छ । उसले संसद पूर्ण समानुपातिक हुनुपर्ने र प्रदेश खारेज...
-
२०७९ कार्तिक १४, सोमबार
आज एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले आज (सोमबार) निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै छ । समाजवादीका महासचिव डा. वेदुराम भुषालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का सन्दर्भमा पार्टीको नीतिगत प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक हुने जानकारी दिए । समाजवादीले काठमाडौंको मीनभवनस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुनेछ । एकीकृत...
-
२०७९ कार्तिक १३, आइतबार
प्रचण्डलाई गोरखा पुग्दा ‘रिल्याक्स’ महसुस
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन् । शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए । गोरखा हरेक दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएको उनले बताए । दाहालले भने, ‘सायद अहिलेसम्मका निर्वाचनमध्ये यसपटक मेरो लागि सबैभन्दा सहज...
-
२०७९ कार्तिक १२, शनिबार
ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज
ललितपुर - ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । डा. कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् । आयोगले अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेपछि उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा...
-
२०७९ कार्तिक १२, शनिबार
कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर चार गते हुने ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो । शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा...
-
२०७९ कार्तिक १२, शनिबार
गगन थापासँग आयाेगले माग्याे स्पष्टीकरण
काठमाडाैं- निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाईकासाथ अनुगमन गर्दै आएकाे आयाेगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग पुनः स्पष्टीकरण साेधेकाे छ । प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगद्वारा मिति २०७९ कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको...
-
२०७९ कार्तिक १२, शनिबार
आज कांग्रेसकाे घाेषणापत्र सार्वजनिक हुने
काठमाडौं - नेपाली कांग्रेसले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
-
२०७९ कार्तिक ४, शुक्रबार
बालेनकाे तस्बिर दुरूपयाेग गरी मत माग्दै साहका समर्थक
काठमाडौं - नेकपा एमालेको टिकट त्यागेर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहका समर्थकहरुले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ को तस्विरको दुरुपयोग गर्दै मत मागिरहेका छन् । निर्वाचन आयोगको कार्यालयमा आफ्नो चुनाव चिन्हको तस्विर दुबै हातले समातेर खिचेको तस्विरमा साहका समर्थकहरुले सम्पादन गर्दै प्रभु साहको तस्बिर र चुनाव चिन्ह राखेर सामाजिक संजालहरुमा...
-
२०७९ आश्विन २७, बिहिबार
कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित
काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएर फिर्ता नलिनेहरुलाई एकमुष्ट कारवाही गरेको छ । बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टी विधानको धारा ३४ (४) (क) बमोजिम पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेकाे हाे। गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारवाही गरिएको...
-
२०७९ आश्विन २६, बुधबार
दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध
काठमाडौं - मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए । नेकपा...
-
२०७९ आश्विन २६, बुधबार
आजै उम्मेदवारलाई चुनाव चिह्न दिइने
काठमाडौं - निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने आम निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज (बुधबार) दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो म्उमेदवारी फिर्ता लिन पाउने छन् । आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ ।...


