राजनीति
-
२०७९ आश्विन २, आइतबार
जबरालाई सर्वाेच्च प्रवेशमा रोक
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभाकाे कार्यकाल सकिएसँगै आफू माथिको महाअभियोग पनि निष्कृय भएकाे भन्दै नियमित काममा फर्किने बताएपछि सुरक्षा सतर्कता बढाइएकाे हाे ।सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । सर्वाेच्च...
-
२०७९ आश्विन २, आइतबार
प्रचण्डको अभिव्यक्तिप्रति विश्व हिन्दू परिषद्को ध्यानाकर्षण
काठमाडौं - विश्व हिन्दू परिषद्, नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष प्रचण्डले शनिबार विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दू धर्मलाई आघात पुग्नेगरी अराजक टिप्पणी गरेको भन्दै हिन्दू परिषदले उक्त टिप्पणी अक्षम्य, निन्दनीय र दूर्भाग्य भएको ध्यानाकर्षण गराएको छ । ‘...
-
२०७९ आश्विन १, शनिबार
महाभियोग सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउनका लागि तयार पारिएको प्रतिवेदन सभामुखलाई बुझाइएको छ। महाभियोग सिफारिस समितिले शनिबार सभामुख अग्नीप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो। समितिले शनिबार नै निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेको थियो। नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको असहमतिका बीच समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको हो...
-
२०७९ आश्विन १, शनिबार
निलम्बित प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन सिफारिस
काठमाडौं - प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउन सिफारिस गरेकाे छ । ११ सदस्यीय समितिको बहुमत सदस्यले राणामाथि महाभियोग प्रस्ताव ९ बुँदामा आधार प्रस्तुत गरेका छन् । समितिकी सदस्य कल्याणी खड्काले केही आरोपहरुमा प्रमाण जुटाउन बाँकी रहे पनि जेजति विषय आएका छन् ती विषयहरु नै निलम्बित प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन पर्याप्त...
-
२०७९ आश्विन १, शनिबार
प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरात सकिँदै
काठमाडौं - प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यराति सकिँदै छ । मौजुदा प्रतिनिधिसभाको ११ औँ तथा अन्तिम अधिवेशन पनि शनिबारै मध्यराति सकिँदैछ । सरकारले अधिवेशन अन्तयका लागि राष्ट्रपति समक्ष सिफारिस गरे बमोजिम राष्ट्रपति विद्यादेवी भणडारीले अधिवेशन अन्त्यको सूचना जारी गरिसकेकी छन् । यो अधिवेशनका क्रममा ६८ वटा बैठक बसेको संसद सचिवालयले जनाएको छ । एघारौं अधिवेशनको पहिलो बैठक २०७९ जेठ ३ गते मंगलबार...
-
२०७९ आश्विन १, शनिबार
गृह मन्त्रालय र मिटर ब्याज पीडितबीच सहमति
काठमाडौं - गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो । सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका सबै कार्यक्रम स्थगित हुने भएका छन् । सहमतिमा मन्त्रालयका तर्फबाट मीटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका...
-
२०७९ भाद्र ३१, शुक्रबार
संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं - मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री जीवनराम श्रेष्ठले शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गते शनिबार मध्यरातदेखि संसदको ११ औँ...
-
२०७९ भाद्र ३१, शुक्रबार
बालेन र सुनितालाई कमल थापाकाे स्याबासी
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता ढंगोललाई स्याबासी दिएका छन् । उनले ट्वीट गर्दै टुकुचा खोला पत्तो लगाएको भन्दै स्याबासी दिएका हुन् । अध्यक्ष थापाले काठमाडौं महानगरले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको समेत बताएका छन् । उनले सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा...
-
२०७९ भाद्र ३०, बिहिबार
औपचारिक भ्रमण पूरा चिनियाँ नेता ली स्वदेश फिर्ता
काठमाडौं - नेपालको चार दिने औपचारिक भ्रमण पूरा गरी जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वकाे टाेली आज स्वदेश फिर्ता भएका छन् । चीनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्नीप्रसाद सापकोटाले विदाई गरेका थिए। सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित...
-
२०७९ भाद्र ३०, बिहिबार
महाभियोग समितिकाे बैठक दिउँसाे १ बस्ने
काठमाडौं - आज (बिहीबार) बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो । समितिले दिउँसो १ बजे चार पूर्व न्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले...
-
२०७९ भाद्र २९, बुधबार
राष्ट्रपति भण्डारी र चिनियाँ नेता चान्सुबीच शिष्टाचार भेट
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपतिको कार्यालयमा बुधबार अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता...
-
२०७९ भाद्र २९, बुधबार
सर्वोच्चका बहालवाला न्यायाधीशहरू सिफारिस समितिमा बयान दिन नजाने
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा नजाने भएका छन्। सर्वोच्चमा बुधबार बसेको फुलकोर्टको बैठकले महाभियोग समितिले बोलाए पनि बयानका लागि न्यायाधीशहरु नजाने निर्णय गरेका हुन्। महाभियोग समितिले जबराले नाम मुछेका न्यायाधीशहरुलाई भोलि (बिहीबार) ८:३० बजे बस्ने बैठक उपस्थिति हुन भनेको थियो। सोही...


