राष्ट्रिय
-
२०७८ आषाढ २२, मंगलबार
विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिताको आयोजना हुने
विश्वका हरेक कुनाकाप्चामा छरिएर रहेका नेवाः समुदायलाई संगठित बनाइ राख्ने उद्देश्यले आजभन्दा दश वर्ष अगाडि विश्व नेवाः संगठन ,वर्ल्ड नेवाः अर्गनाइजेसन यही ने.सं. ११४१ गुंलाथ्व चतुर्दशि ईश्वी संवत् अगस्त २१, २०२१ वि.सं. २०७८ साउन ५ गतेका दिन एक दशक पूरा हुँदैछ । यसै अवसरमा यस संगठनद्वारा पहिलो पटक ‘हलिं नेवाः न्ह्यसः लिसः कासा ११४१’ विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता २०७८ आयोजना गर्न लागेको छ ।...
-
२०७८ आषाढ २१, सोमबार
मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने...
-
२०७८ आषाढ १३, आइतबार
१७ गतेदेखि आन्तरिक उडान अनुमति
सरकारले १७ असारदेखि कोटा प्रणालीबाट आन्तरिक उडान खुला गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक घण्टामा टंक रुटमा उडान हुने ठूला जहाजका पाँचवटा र स्टलमा उडान हुने सानो जहाजको तीनवटा उडान गर्ने गरी कोटा प्रणाली लागू गरेको छ । विमानस्थल कार्यालयले बनाएको तालिकाअनुसार विमान कम्पनीहरूले तालिकाअनुसार उडान गर्नुपर्ने उल्लेख गरिएको छ । तालिकाअनुसार सबैभन्दा बढी बुद्धले ३१ वटा उडान...
-
२०७८ आषाढ १२, शनिबार
सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक
काठमाडौं - स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । व्यवसायी र अधिकारीहरूबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर, सवारी धनी मर्कामा परेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए...
-
२०७८ आषाढ ११, शुक्रबार
चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा
काठमाडौं- प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो । इहिमालय टाइम्स...
-
२०७८ आषाढ ८, मंगलबार
नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा (नामावलीसहित)
काठमाडौं - नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । आजै एसपीहरुको पनि सरुवा भएको थियो ।
-
२०७८ आषाढ ६, आइतबार
पत्रकारलाई कोरोनाविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप...
-
२०७८ आषाढ ५, शनिबार
महाकालीमा पानीको वहाब खतरानजिक
महाकाली नदीमा पानीको वहाव बढेर खतरा तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाकाले सूचना जारी गर्दै शनिबार साँझ ५:३० बजे डडेल्धुराको परीगाउँनजिक पानीको वहाब बढेर खतराको तहनजिक पुगेको जानकारी दिएको हो । बाढी पूर्वानुमान महाशाखाका अनुसार ५:३० बजे महाकालीमा पानी वहाब ६.२ मिटर पुगेको छ । महाशाखाले महाकाली नदीको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले भोलि...
-
२०७८ जेठ ३१, सोमबार
जनगणना साउनदेखि सुरु
काठमाडौं - कोरोना भाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था असारसम्ममा कम भए सरकारसँग अनुमति लिएर साउनदेखि शुरु गरेर भदौ वा असोज भित्रमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई हेर्ने र...
-
२०७८ जेठ २८, शुक्रबार
लक्षित समूहले खोप नपाएको गुनासो
तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ । बैसठ्ठी देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयवासीले गुनासो गरेका हुन् । स्थानीयवासी रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताउनुभयो । “बुबा ६४ वर्षको हुनुभयो, खोप लगाउन जाँदा त खोप छैन भनेर फिर्ता...
-
२०७८ जेठ २०, बिहिबार
प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।
-
२०७८ जेठ १५, शनिबार
स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि, कोभिड–१९ को नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड विनियोजन
सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले सरकारले कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत...


