राष्ट्रिय
-
२०७८ बैशाख १७, शुक्रबार
सीसीएमसी निर्णय : निषेधाज्ञामा थप कडाइ, २२ नाका पूर्णरूपमा बन्दको सिफारिस
कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरूमध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले बाँकी २२ वटा नाका पूर्ण रूपमा बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगमनी,...
-
२०७८ बैशाख १७, शुक्रबार
अनिश्चितकालका लागि सूचना विभाग बन्द
काठमाडौं - सूचना विभागले पत्रकारलाई प्रेस पास वितरणलगायतका सबै काम अनिश्चितकालका लागि बन्द गरेको छ । विभागका कर्मचारीलाई कोरोना देखिएपछि विभागले दिँदै आएको सेवा बन्द गरेको हो । विभागका सँगै काम गर्ने अन्य कर्मचारीलाई समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले सबै सेवा स्थगित गरिएको विभागले जनाएको छ । सूचना विभागले आजदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म प्रसारण संस्थासँग सम्बन्धित इजाजत,...
-
२०७८ बैशाख १७, शुक्रबार
सूचना विभागको सेवा प्रवाह स्थगित
सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि विभागले आज विज्ञप्तिी जारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो । कर्मचारीलाई कोरोना पुष्टि भएको तथा निजसँग निकट सम्पर्कमा रहेका केही कर्मचारीलाई...
-
२०७८ बैशाख १७, शुक्रबार
निषेधाज्ञाको उल्लंघन गर्ने तीनजना जेल चलान
रूपन्देहीमा निषेधाज्ञाको उल्लंघन गर्ने तीन जना कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले निषेधाज्ञाको उल्लंघन गर्ने आठ जनालाई कैद सजायको माग गरेकोमा पाँच जना भने जरिवाना रकम बुझाएर छुटेका छन् । निषेधाज्ञाको अवज्ञा गर्ने ती आठ जनालाई सम्झाई बुझाई गर्दा पनि नमानी काममा बाधा पुर्याएको भन्दै प्रहरीले कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको थियो । उनीहरूलाई...
-
२०७८ बैशाख १७, शुक्रबार
आजदेखि निषेधाज्ञामा थप कडाइ
निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले...
-
२०७८ बैशाख १६, बिहिबार
चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द
काठमाडौँ - यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ । विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो । विभागले गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेदेखि गत पुससम्म...
-
२०७८ बैशाख १५, बुधबार
सर्वोच्चको सेवामा आजदेखि कटौती
काठमाडौं - सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा कटौती गर्ने भएको छ । सर्वोच्च अदालतको हिजो बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले आजदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो । यस्तै सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको...
-
२०७८ बैशाख १४, मंगलबार
तत्कालको लागि आन्तरिक उडान नरोकिने
काठमाण्डौ - सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ‘एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने भन्ने निर्णय हुनेछ’ मन्त्री ज्ञवालीले बताए । यसैबीच...
-
२०७८ बैशाख १३, सोमबार
बर्दियामा एक साता लकडाउन
बर्दियामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार लकडाउन गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार...
-
२०७८ बैशाख १२, आइतबार
विनाशकारी भूकम्पपछिका ६ वर्ष : कति सकिए पुनर्निर्माण
विस. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्किएको धरहराको ६ वर्ष पुग्न एक दिन बाँकी छँदा प्रधानमन्त्री केपी ओलीले शनिबार यसको उद्घाटन गरे । रानीपोखरीको निर्माण सम्पन्न भइसकेको छ । रानीपोखरीको निर्माण सम्पन्न र धरहराको उद्घाटन गरिएको कामलाई सरकारले मुख्य उपलब्धिका रूपमा लिएको छ । भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण र नवनिर्माणमा जुट्ने अभियान सरकारले २०७२ सालबाटै अघि बढाएको थियो ।...
-
२०७८ बैशाख ९, बिहिबार
पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन आग्रह
नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग मागसमेत गरेको छ । समाचारकक्षमा सामाजिक...
-
२०७८ बैशाख ६, सोमबार
संक्रमण बढेसँगै सरकारले लियाे यस्ता निर्णय
काठमाडाैं - कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । सरकारले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिका, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान,...


