राष्ट्रिय
-
२०७८ आश्विन ११, सोमबार
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु
जलेश्वर, ११ असोज (रासस) : नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) तथा पिना प्रसादका रुपमा ...
-
२०७८ आश्विन ११, सोमबार
दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो, ११ काउण्टर थप
दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ । एक निजी कलेजमा अध्ययनरत धनगढीका निशान खड्का आज बिहानै दसैँमा घर जाने टिकट लिन नयाँ बसपार्क...
-
२०७८ आश्विन ९, शनिबार
श्रुति श्रेष्ठको अध्यक्षतामा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन
छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लबले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार काठमाडौंमा भएको क्लबको ११ औं साधारणसभाले १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चुनिएकी छन् भने उपाध्यक्षमा दिपेश श्रेष्ठ र महासचिवमा प्रकाशचन्द्र तिमिल्सेनालाई चयन गरेको छ । यस्तै सचिवमा अमूल थापा र कोषाध्यक्षमा द्वारिकाप्रसाद काफ्ले निर्विरोध...
-
२०७८ आश्विन ९, शनिबार
द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा
काठमाडौँ -सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त ती देशका नागरिकलाई कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ । विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्याण्ड, क्यामरुन, समोलिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र...
-
२०७८ आश्विन ७, बिहिबार
सरकारलाई ध्यानाकर्षण : नेवाः लहना विश्व सरसफाई अभियान सिसडोल र बञ्चरे डाँडा अवलोकन
विगत १३ वर्ष अगाडि नै निर्माण गर्ने भनी सरकारले घोषणा गरेको बञ्चरे डाँडा ल्याण्ड फिल साइट हालसम्म पनि निर्माण कार्य सम्पन्न भईनसकेको अवस्था छ । हाल करिव ४५ प्रतिशतमात्र काम सकिएको बञ्चरे डाँडा ल्याण्ड फिल साइटमा सरकारले उपत्यकाको फोहोर फाल्न मिल्ने बताउँदै उपत्यकाबासीलाई झूठो आश्वासन दिदै आइरहेको छ । सरकारले जति सक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्नुपर्नेतिर ध्यान दिनु त कता कता, जनताहरुसंग...
-
२०७८ आश्विन ५, मंगलबार
काठमाडौँ उपत्यकाको प्रहरीलाई प्रदेशमातहत ल्याउन पहल
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइँदा जटिलता आउने बताउनुभएको छ । मन्त्री शाक्यले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र सोको नियमावलीसमेत बनिसकेको र प्रदेशमा पनि प्रदेश प्रहरी ऐन बनिसकेको अवस्थामा प्रहरी कर्मचारी समायोजन कार्यलाई सङ्घीय सरकारले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।...
-
२०७८ आश्विन ४, सोमबार
दलित पत्रकार सङ्घद्वारा पत्रकारिता पुरस्कार स्थापना
चितवन - राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि रु १५ हजार र रु पाँच ÷ पाँच हजार छ । भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार र नीता रसाइलीको आर्थिक सहयोगमा सङ्घले ती पुरस्कार स्थापना गरेको हो । यसका लागि द्विपक्षीय...
-
२०७८ आश्विन ३, आइतबार
देशभर संविधान दिवस मनाइँदै
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम...
-
२०७८ भाद्र ३०, बुधबार
पाथीभरा मन्दिर असोज १ देखि खुल्ने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी...
-
२०७८ भाद्र ३०, बुधबार
वीरगञ्जमा पहिलोपटकआइपुग्यो निजी क्षेत्रको रेल
वीरगञ्ज - नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलोपटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ। बुधबार हिन्द टर्मिनल प्रालिको भारतीय रेल ९० वटा कन्टेनर बोकेर सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। उनले भने, ‘हल्दियाबाट एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको छ । खाद्यान्नको २० फिट अग्लो ९०...
-
२०७८ भाद्र २६, शनिबार
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने...
-
२०७८ भाद्र २४, बिहिबार
महालेखाले रोक्यो तलब-भत्ताबाहेकका सबै बजेट निकासा
काठमाडौं - महालेखा नियन्त्रक कार्यालयले तलब, भत्ता, निवृत्तभरण बाहेकका सबै बजेट निकासा ३ दिनका लागि रोकेको छ । कार्यालयले मातहतका निकायमा पत्राचार गर्दै भदौ २४ देखि २६ गतेसम्म सबै मतहतका कार्यालयमा बजेट निकासा नगर्न निर्देशन दिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेखेर मातहतका कार्यालयलाई निकासा नदिन भनेका छ । पत्रमा भनिएको छ, ‘...


