STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ जेठ १४, शुक्रबार

    कतार, चीन र टर्कीका लागि उडान खुला गर्ने निर्णय

    काठमाडौं  -मन्त्रिपरिषद बैठकले तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । खासगरी स्वास्थ्य सामग्रीको ओसार पसारलाई लक्षित गरी उडान खुला गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसेको मन्त्रिपरिषद बैठकले कतार, चीन र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको हो । कति गतेदेखि उडान खोल्ने...

  • २०७८ जेठ १२, बुधबार

    १० लाख डोज खोप दिने चीनको घोषणा

    चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार चिनियाँ समकक्षी सी चिङफिङसँग फोन संवाद गर्दै खोप उपलब्ध गराउन आग्रह गरेपछि १० लाख डोज खोप दिने घोषणा गरेको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको जानकारी दिइन् । नेपालले चीनमा उत्पादित सिनोफार्मको खोपलाई आपत्कालीन प्रयोगका...

  • २०७८ जेठ १२, बुधबार

    मातृभाषा पत्रकारिताको अझ विकास गर्नुपर्नेमा जोड

    छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आज आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि   प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् भने  राज्यले विशेष प्याकेज नै ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले देशमा धेरै पल्ट राजनीतिक परिवर्तन भएपनि मातृभाषा...

  • २०७८ जेठ १२, बुधबार

    बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री ओलीले दुई हजार ५६५आँैं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिनुभएको सन्देशमा भन्नुभएको छ, ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता...

  • २०७८ जेठ १२, बुधबार

    गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छ : राष्ट्रपति

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि  शुभकामना व्यक्त गर्दछु । विश्विले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उहाँले...

  • २०७८ जेठ १२, बुधबार

    २५६५ औँ बुद्ध जयन्ती मनाइँदै

    काठमाडौँ - भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति...

  • २०७८ जेठ ९, आइतबार

    निषेधाज्ञा कडा गर्न सुरक्षा निकायलाई निर्देशन, जरिवानादेखि कैदसम्म सजाय ताेकियो

    काठमाडौं - गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी...

  • २०७८ जेठ ८, शनिबार

    सीसीएमसी खारेज, अध्यादेशबाट कोभिड–१९ निर्देशक समिति गठन, निर्देशन नमाने अब सीधै जरिवाना

    काठमाडौं - सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कोभिड–१९ निर्देशक समिति गठन गरेको छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति पनि खारेज भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले ल्याएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’ मा प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति बनाउने...

  • २०७८ जेठ ७, शुक्रबार

    कोरोना प्रभाव बुद्धजयन्तीमा सुनसान हुँदै लुम्बिनी

    हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडी देखि नै उपसमिति बनाएर तयारी शुरु गथ्र्यो ।   बौद्ध उपासक उपासिका, भिक्षु भिक्षुणी पनि उत्साहित हुन्थे । बुद्ध जयन्ती मनाउन कोष क्षेभित्रका बौद्ध गुम्बा तथा बिहार सजाएर आकर्षक बनाइन्थ्यो । आन्तरिक तथा बाह्य पर्यटकले यो पवित्र दिनमा लुम्बिनी घुम्न जाने...

  • २०७८ जेठ ६, बिहिबार

    अब गाउँमै भेरोसेल खोपको दोस्रो डोज

    काठमाडौं - कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएर सहरबाट गाउँ पुगेकाले अब गाउँमै दोस्रो डोज लगाउन पाउने भएका छन् । विभिन्न कारणले काठमाण्डौ उपत्यका बाहिर गएकालाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरोसेल दोस्रो मात्रा खोप लगाउनुपर्ने व्यक्तिले आफ्नो पालिकाका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउन सक्ने...

  • २०७८ जेठ ५, बुधबार

    लमजुङ भूकम्प : केही घर भत्किए, तीन जना घाइते

    बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पका कारण लमजुङमा केही घर भत्किएको र तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदिश मिश्रले जानकारी गराए । भुकम्प लमजुङको मर्स्याङ्दी गाउँपालिकाको भुलभुले केन्द्रबिन्दु बनाएर ५ दशमलब ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापान केन्द्र, लैनचौरले जनाएको छ । मिश्रका अनुसार लमजुङको बेशिसहर नगरपालिकामा एकजना घाइते भएका छन् । नगरपालिकाको...

  • २०७८ जेठ ५, बुधबार

    काठमाडौंमा दुईपटक भूकम्पको धक्का महसुस

    काठमाडौंमा आज बुधबार बिहान दुईपटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ५:४२ र ८ः२७ मा काठमाडौंमा भू-कम्पको धक्का महसुस गरिएको हो । पहिलाे धक्का महसुस गरिएको भूकम्प लमजुङलाई केन्द्रविन्दु बनाएर गएको थियो । रेक्टर स्केलमा भूकम्पको मापन ५.८ म्याग्नेच्युड मापन गरिएको छ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महिसुस गरिएको थियो । भूकम्पको धक्का लमजुङ,...

Pages