STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ बैशाख २०, सोमबार

    चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छः प्रम(सम्बोधनको पूर्ण पाठसहित)

    प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैंmँ आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरु...

  • २०७८ बैशाख २०, सोमबार

    जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित

    कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै राष्ट्रिय जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोनाका कारण अवस्था प्रतिकूल रहेकाले मन्त्रिपरिषद्ले राष्ट्रिय जनगणना कार्यक्रम स्थगित गरेको  जनाइएको छ । सरकारले अवस्था सहज भएपछि जनगणना कार्यक्रमबारे नयाँ मिति तोक्ने बताइएको छ । केन्द्रीय...

  • २०७८ बैशाख २०, सोमबार

    ४१ जिल्लामा निषेधाज्ञा आदेश जारी

    सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ जिल्लामा निषेधको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा आज रातिदेखि आदेश...

  • २०७८ बैशाख १९, आइतबार

    आन्तरिक तथा बाह्य उडान बन्द

    सरकारले आन्तरिक तथा बाह्य उडान बन्द गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको कृषि मन्त्रि पद्मा अर्यालले बताइन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ गतेदेखि अन्तराष्ट्रिय उडान समेत बन्द गर्ने निर्णय गरेको छ । कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस...

  • २०७८ बैशाख १९, आइतबार

    सूचना प्रविधिको प्रयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउनुपर्छ : प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने बताउनुभएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा  आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बालुवाटारबाट भर्चुअल रुपमा उद्घाटन गर्दै भन्नुभयो, “आम नागरिकलाई कम समय र कम लागतमा विना झन्झट र विना हैरानी सहज, सरल र सुलभ रुपमा सेवा प्रदान गर्न ...

  • २०७८ बैशाख १९, आइतबार

    सात हजार नयाँ सङ्क्रमित थप

    देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित् फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार १६ हजार १४७  पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित...

  • २०७८ बैशाख १९, आइतबार

    कोभिडविरुद्ध लड्न अमेरिकाले नेपाललाई थप ८५ लाख डलर दिने

    काठमाडौं -कोभिडविरुद्ध लड्नका लागि नेपाललाई अमेरिकाले थप ८५ लाख डलर सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ विरुद्धको लडाईका लागि सो सहयोग प्रदान गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत् सो सहयोग प्रदान गरिएको दूतावासले विज्ञप्ती निकालेर जानकारी दिएको छ । ‘नेपालमा कोभिड–१९ को केसको संख्या बढेर फेरि असहज परिस्थिती सृजना हुन लागेको पृष्ठभूमिमा अमेरिकी...

  • २०७८ बैशाख १८, शनिबार

    अझै मास्क नलगाई हिँड्छन् मानिस

    नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् ।नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ ।...

  • २०७८ बैशाख १८, शनिबार

    श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाउनेछु : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाइने घोषणा गरेका छन् । मे दिवसको अवसरमा सम्वोधन गर्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले दैनिक ज्याला पनि वृद्दिको घोषणा गरे । हालसम्म दैनिक ज्याला ५ सय १७ रहँदै आएकोमा आगामी आर्थिक वर्ष देखि ५ सय ७७ बनाइने उनले बताए । गत वर्ष श्रमिकले समझदारी देखाएको भन्दै यस वर्ष रोजगारदाताले समझदारी देखाउनु पर्ने ओलीको...

  • २०७८ बैशाख १८, शनिबार

    शहरभन्दा गाउँमा कोरोनाको चिन्ता

    डोटी जिल्लामा पछिल्लो केही सातायतादेखि कोरोना सङ्क्रमणदर निकै बढ्दै गएको छ । यहाँका प्रमुख शहरबजारभन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी सङ्क्रमण हुने दर देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक सिधैँ गाउँघरमा जाने तथा त्यहाँ उनीहरुले समुदायमा घुलमिल गर्ने क्रम बढेका कारण कोरोना सङ्क्रमित दर बढ्दै गएको पाइएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला...

  • २०७८ बैशाख १८, शनिबार

    आज विश्व श्रमिक दिवस मनाइँदै

    नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल...

  • २०७८ बैशाख १७, शुक्रबार

    स्वास्थ्यमापदण्ड उल्लङ्घन गर्ने आठ हजारलाई कारवाही

    नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ ।  उनीहरुलाई उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका  अनुसार पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६६४ जनालाई निःशुल्क वितरण गरिएको र  नलगाई हिँडडुल गर्ने ४५ हजार ७७७ जनालाई होल्डिङ...

Pages